समाचार

विषादी प्रयोगशालाका लागि डेढ करोड

वीरेन्द्रनगर। कर्णाली प्रदेशमा विषादी प्रयोगशाला केन्द्र स्थापनाका लागि रू डेढ करोड छुट्याइएको छ । कर्णालीलाई जैविक प्रदेशका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा उक्त प्रयोगशाला स्थापनाका लागि रु एक करोड ५० लाख बजेट छुट्याएको हो । दशैँ लगत्तै प्रयोगशाला स्थापनाको काम शुरु हुने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले […]

केराले बजार नपाएपछि भैँसीलाई कुँडो

खोटाङ। केरा पकेट क्षेत्रका किसान बजार नपाएपछि चिन्तित बनेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका किसान सडक असुविधाका कारण उत्पादन गरेको केरा बिक्री गर्नबाट वञ्चित छन् । विजयखर्कको बसेरी ढकालबेँसी क्षेत्रमा पर्याप्त मात्रामा केरा उत्पादन हुन्छ । केराले बजार पाउन सकेको छैन । केरा पकेट क्षेत्रमा नगरपालिको तीन लाख रुपैयाँ तथा स्थानीयवासीको पाँच लाख […]

बागलुङका किसान अलैंची खेतीमा आकर्षित

बागलुङ। बागलुङका ग्रामीण क्षेत्रका किसान पुरानो अन्नबाली मासेर अलैंची खेती गर्न थागेका छन् । खाली जमीन र खोल्साखोल्सीमा अलैंची खेती गर्दै आएका किसान पछिल्लो समय परम्परागत अन्नबाली कम गर्दै अलैंची खेतीतर्फ लागेका हुन् । बागलुङको ताराखोला गाउँपालिकाअन्तर्गत अमरभूमि, अर्गल, हिल र ताराखोलालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अलैंची पकेट क्षेत्र घोषणा गरेपछि किसानले खेतीयोग्य जमीनमा अलैंचीका […]

३ सूत्रीय माग राख्दै उखु किसान आन्दोलनमा

नवलपरासी। पश्चिम नवलपरासीका उखु किसान तीन सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका छन् । चिनी उद्योगबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानी लगायतका माग राख्दै उनीहरुले आन्दोलन थालेका हुन् । अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, उखुको मूल्य निर्धारण समयमै गरिनुपर्ने र उद्योगले शुरुमै भुक्तानी तालिका सार्वजनिक गर्नुपर्ने माग राख्दै आन्दोलन थालेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले […]

सुत्केरी गाईभैंसीलाई पोषण भत्ता वितरण शुरु

पर्वत। जिल्लाको जलजला गाउँपालिकाले गाईभैंसीलाई भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७५/७६ को स्वीकृत कार्यक्रमअनुसार पशुपालक कृषकलाई पोषण भत्ता उपलब्ध गराउन थालिएको हो । पशुपालनप्रति कृषकलाई आकर्षित गराउन र पशुको स्वास्थ्यमा सुधार ल्याउन पोषण भत्ता दिन थालिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए । गाउँपालिकाले पशुमा कृत्रिम गर्भाधान गराउने कृषकलाई मात्रै भत्ता दिने व्यवस्था […]

अदुवाको उचित मूल्य पाएपछि कृषक उत्साहित

पाँचथर। जिल्लाका किसान अदुवाको उचित मूल्य पाएपछि उत्साहित भएका छन् । सिकानले यसपालि अदुवाको बेचेर पोहोरभन्दा दोब्बर आम्दानी लिएका छन् । पोहोर यहाँका किसानले माउ अदुवा सरदर प्रतिकिलो रु २५ मा बेचेका थिए । यस वर्ष चरणचरण गरेर प्रतिकिलो रु ४० देखि रु ७५ सम्ममा बिक्री गरेका छन् । सरदर प्रतिकिलो रु ५० मा माउ […]

खाद्य स्वच्छता तथा गुणस्तर सचेतना अभियान सुरु

ललितपुर। सरकारले ‘खाद्य स्वच्छता तथा गुणस्तर अभियान’ सुरु गरेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले बिहिबार काठमाडौंमा एक कार्यक्रमका बीच सो अभियान शुभारम्भ गरेका हुन्। दूध, खानेपानी र खाने तेललगायतका वस्तुको स्वच्छता र गुणस्तरबारे व्यापक जनचेतना फैल्याउने उद्देश्यका साथ अभियान सुरु गरिएको मन्त्री खनालले स्पष्ट पारे। प्रदेश सरकार र आम उपभोक्तालाई समेत सरकारले […]

कृषि बीमा शुरु भएको पाँच वर्षमा आठ हजार किसानमात्रै सहभागी

काठमाडौं। सरकारले कृषि क्षेत्रलाई थप व्यावसायिक र मर्यादित बनाउने र बालीको समेत संरक्षण गर्ने भनेर कृषि बीमा कार्यक्रम लागू गरेको भए पनि प्रभावकारी बन्न सकेको छैन । केही टाठा बाठाले मात्रै कृषि बीमाबाट लाभ लिएका छन् । बीमा क्षेत्रमा कार्यरत कम्पनीसमेत शहरी क्षेत्रमा मात्रै केन्द्रित भएका छन् । जसका कारण लक्षित समुदायले उपयुक्त लाभ प्राप्त […]

तालिम चाहियो आवेदन दिनुहोस् !

बुटवल । प्रदेशको कृषि नीति ड्राफ्ट गरिरहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ बुटवल रूपन्देहीले विगतको परम्परागत तालिममुखी प्रणालीलाई परिवर्तन गरी किसानबाट नै पास्ताव आह्वान गरेको छ । विगतका बर्षहरूमा केन्द्रीय सरकारले तत्कालिन जिल्ला कृषि विकास कार्यालय मार्फत निश्चित कोटा निर्धारण गरी विभिन्न तालिममा सहभागी हुन किसानबाट प्रस्ताव आह्वान गर्दथ्यो । तर अहिलेको प्रदेश सरकारले […]

भुक्तानी नपाएपछि उखु किसान आन्दोलित

नवलपरासी। एक वर्ष बित्दा समेत भुक्तानी नपाएको उखु किसानहरुले आन्दोलनको चेतावनी दिएका छन्। चाडबाड नजिकिँदै जाँदा उखु बेचेको रकम चिनी मिल सञ्चालकहरुले भुक्तानी नगरेकाले आन्दोलनको बिकल्प नभएको उनीहरुले बताए। किसानहरुले प्रतापपुरको बेलाटारीमा उखु कृषकहरुको बृहत् भेला गरेर आन्दोलनमा जाने निर्णय गरेका हुन्। उनीहरुले माग पूरा नभए असोज १२ देखि त्यस क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालीन […]