ललितपुर। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा जारी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको चौथो दिन सम्म ९९ लाख बढीको कारोबार भएको छ । कार्तिक १२ गतेबाट सुरु भएको यो मेलाको चौथो दिन सम्म ३१ हजार बढीले अबलोकन गरेका छन् ।

प्रदर्शनीको प्रारम्भिक दिन अपेक्षाभन्दा राम्रो कारोबार भए पनि मौसममा आएको प्रतिकूलताका कारण शुक्रबार र शनिबार भएको अविरल वर्षाले प्रदर्शनी प्रभावित भएको थियो। लगातारको वर्षाका कारण मेला स्थल बन्द गर्नुपर्ने अवस्था सिर्जना भएपछि पुष्पप्रेमी तथा ग्राहकहरूले प्रदर्शनीको अवलोकन गर्न र फूल तथा पुष्पजन्य सामग्रीको खरिद–बिक्रीमा सहभागी हुन असुविधा भोग्नुपरेको थियो । अबलोकनकर्ताहरु र ब्यबशायीहरुको अनुरोधमा मेला अबधी दुइ दिन थप गरि कार्तिक १८ गते सम्म थप गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

आज मेलाको पाँचौ दिन नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष भवनी राणाज्यू ले पनि मेला अवलोकन गर्नुका साथै बिभिन्न प्रकारका फूल बिरुवाहरु खरिद गर्नु भएको थियो ।

प्रदर्शनीको अवधि थप भएसँगै अब इच्छुक सर्वसाधारणलाई कार्तिक १८ गते बुधबारसम्म जावलाखेलस्थित प्रदर्शनी स्थलमा पुगेर विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य सामग्रीको अवलोकन र खरिद गर्न एशोसिएसन नेपालले अनुरोध गरेको छ ।