बाँझो जमिन ब्युँझाउने शासकीय औजार: “भूमि बैंक”
एकातिर देशका लाखौँ हेक्टर उर्वर खेतीयोग्य जमिन दशकौँदेखि झाडीमा परिणत हुँदै छन्, अर्कोतिर देशभित्रै केही गर्छु भन्ने ऊर्जावान् युवाहरू खेतीका लागि एक टुक्रा जग्गा नपाएर भौँतारिरहेका छन्। यो गम्भीर राष्ट्रिय विरोधाभासलाई चिर्न सरकारले अघि सारेको ‘भूमि बैंक’ ले के साँच्चै नेपालको संकटमा परेको माटोलाई न्याय देला, या यो फेरि अर्को कानुनी दाउपेच मात्र बान्ला ? […]





