ललितपुर। प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको कृषि क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)की उपाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कार्यसमिति सदस्यस सुनिता न्हेम्हाफुकी पनि सहभागी हुने भएकी छन्।
प्रधानमन्त्रीको भ्रमणलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारसँगै आर्थिक सहकार्य र लगानीका नयाँ सम्भावना खोज्ने अवसरका रूपमा हेरिएका बेला महिला कृषि उद्यमी क्षेत्रकी नेतृत्वकर्ता न्हेम्हाफुकीको सहभागितालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।
यसपटकको भ्रमणमा ऊर्जा, निर्माण, सूचना प्रविधि, पर्यटन, अटोमोबाइल, औषधि उत्पादन, हस्तकला, निर्यात तथा उत्पादनमूलक उद्योगका प्रतिनिधिलाई पनि समेटिएको छ। आगामी नोभेम्बर २२–२३ मा हुने भारत भ्रमणलाई दुई देशबीचको आर्थिक र विकास साझेदारीलाई थप सुदृढ गर्ने अवसरका रूपमा लिएको उल्लेख छ ।








