समाचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

ललितपुर।  दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ । दसैँ र तिहारलाई लक्षित गरी नेपाली दुग्धजन्य उत्पादन दुबई पठाइएको हो । यसअघि परीक्षणका रूपमा पठाइएको एक हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि थप उत्पादन पठाइएको रातो […]

गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण

ललितपुर। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको हो । न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका, २०८२ का आधारमा सरकारले […]

बर्दिया र रौतहटका उखु किसानलाई १० करोड ४३ लाख अनुदान निकासा

ललितपुर। । कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र रौतहटका उखु किसानलाई अनुदान बापत १० करोड ४३ लाख रुपैयाँ भुक्तानीका लागि निकासा गरेको छ । गत आर्थिक वर्षको उखु उत्पादनमा आधारित अनुदान बापत पाउनुपर्ने उक्त रकम मन्त्रालयले सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा निकासा गरेको हो । मन्त्रालयका अनुसार उक्त रकम बर्दिया […]

कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग

काठमाडौं। नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदान र विद्युत् महसुलमा सहुलियत दिन सरकारसँग माग गरेको छ । कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राख्दै आयात, उत्पादन, बिक्री र प्रयोगलाई प्रोत्साहन गर्ने नीतिगत व्यवस्था गर्न संघले आग्रह गरेको हो । संघका अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा गएको […]

मुस्ताङबाट ३० प्रतिशत मात्र स्याउ निकासी

 मुस्ताङ। हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी-जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो । सडक अवरुद्ध भएपछि यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ । उक्त सडक सञ्चालन भएसँगै […]

अलैँचीको मूल्य प्रतिमन ८४ हजार !

ताप्लेजुङ। चालु सिजनको शुरूआतमा प्रतिमन ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ । एक साताअघि ८८ हजारका दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर ८४ हजारमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् । नयाँ उत्पादन आउन थालेसँगै मूल्य घट्न थालेको हो । सिजनको शुरूआती समयमा अलैँचीको मूल्य ९६ हजारमा कारोबार भएको थियो । अलैँची […]

सरकारले चालु आर्थिक वर्षमा ६७ करोडको धान खरिद गर्ने

ललितपुर। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा चालु आर्थिक वर्ष २०८३/८४ मा करिब ६७ करोड रुपैयाँको धान खरिद हुने भएको छ । मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम सर्मथन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँ रकम बराबरको धान खरिद गर्ने भएको हो । धानको न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान […]

चिनी उत्पादन बढाउन भारतबाट ल्याइयो उखुका ४ उन्नत जात

काठमाडौं। नेपालको उखु अनुसन्धान तथा विकास सुदृढीकरण गर्दै चिनी उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले भारतबाट उखुका चार उन्नत जात नेपाल ल्याइएको छ । सोमबार आयोजित एक औपचारिक कार्यक्रमबीच काठमाडौंस्थित भारतीय दूतावासकी प्रथम सचिव निशाले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई ती उन्नत जातका उखुका बिउ हस्तान्तरण गरिन् । नार्क अन्तर्गत बारा […]

‘ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्व’ बारे जनचेतना फैलाउँदै राष्ट्रिय कृषि कम्पनी

भक्तपुर। फलफूल तथा तरकारीको स्वच्छता, सन्तुलित आहार र स्वस्थ जीवनशैलीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय कृषि कम्पनी नेपाल लि. आयोजना गरेको ‘ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्व’ विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य प्रमुख अतिथि तथा समाजसेवी एवं व्यवसायी सुरबहादुर श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी भएका थिए । कम्पनीका […]

उखु किसानका लागि १ अर्ब ५० करोड अनुदान स्वीकृत

ललितपुर। सरकारले उखु किसानलाई रु. एक अर्ब ५० करोड अनुदान प्रदान गर्ने भएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेको उनको निजी सचिवालयले जनाएको छ । अनुदान रकम बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ । सरकारले वार्षिक रूपमा उखु […]