संस्कृति र पर्वभित्र लुकेको कृषि र पोषण विज्ञान
नेपालका पर्वलाई हामीले धेरैजसो धर्म, संस्कृति, परम्परा र मनोरञ्जनको आँखाले हेर्दै आएका छौँ। तर हाम्रो पर्वको थालीलाई अलि फरक आँखाले हेर्ने हो भने त्यहाँ एउटा अर्को संसार पनि देखिन्छ—कृषिको संसार, खाद्य प्रविधिको संसार र पोषण विज्ञानको संसार। क्वाँटीमा मिसिएका गेडागुडी, माघे सङ्क्रान्तिको तिल, चाकु र कन्दमूल, आषाढ १५ को दही–चिउरा, साउन १५ को खीर, मधेशको […]





