समाचार

पूर्वान्चल विश्वविद्यालयको पशु चिकित्सा स्नातक तहको मान्यता खारेज

ललितपुर। नेपाल पशु चिकित्सा परिषदले पूर्वान्चल विश्वविद्यालयको पशु चिकित्सा स्नातक तहको मान्यता खारेज गरेको छ । नेपाल पशु चिकित्सा परिषद भेटेनिनरी कम्पलेक्स त्रिपुरेश्वरद्धारा विज्ञप्ती जारी गरी पूर्वाञ्चल विश्वविद्यालयले निर्धारित मापदण्ड पुरा नगरेको बताउँदै खारेज गरेको हो । परिषदले पशु चिकित्सा स्नातक (B.Vsc & A.H. /पशु चिकित्सा कोष )  तहको गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने गराउनु लागि तोकिएको […]

१४ करोड लगानीमा बनेको नयाँ तरकारी बजार सुरु

चितवन। १४ करोडको लागतमा चितवनको नारायणगढमा व्यापारीहरुले नयाँ तरकारी तथा फलफुल बजार निर्माण गरेका छन् । सो तरकारी बजारको नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक समारोहका बीच आज (आईतबार) उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दे प्रचण्डले सरकारले कृषिमा ब्यवसायिकीकरण र आधुनिकिकरणको अवधारण प्रथामिकतामा राखेको भन्दै उनले कृषिका जोन र ब्लकहरुले कृषि बजारलाई सहयोग […]

शैक्षिक प्रमाण पत्र धितो कर्जा सुरु

ललितपुर। शैक्षिक प्रमाणपत्र भएर पनि बेरोजगार हुनुहुन्छ ? अब चिन्ता नगर्नुस् आज दृखि तपाईले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउनुहन्छ । सरकारले शैक्षिक प्रमाण पत्र राखेर धितो पाईने ब्यबस्था गरेपछि आर्थिक अभावमा उद्योग सुरु गर्न नपाएकालाई सजिलो हुने भएको छ । शैक्षिक प्रमाण पत्र राखेर धितो कर्जा आज (आइतबार)देखि लागू भएको छ । अर्थ […]

दक्षिण कोरियालाई किमको २ टन च्याउ उपहार

एजेन्सी/प्योङयाङ । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले शान्तिको प्रतीक स्वरुप दक्षिण कोरियालाई २ टन च्याउ उपहार दिएका छन् । कोरियाली शीखर सम्मेलनको समयमा किमले च्याउ उपहार दिने फैसला गरेका हुन् । दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियामै भएको समयमा यो उपहार दक्षिण कोरिया पठाइएको छ । उपहारमा दिइएको यो पाइन च्याउ विशेष मानिन्छ । दुई देशको […]

धनकुटामा जलवायु परिवर्तन अनुकूलित नमुना गाउँ कार्यक्रम सुरु

धनकुटा। धनकुटामा जलवायु परिवर्तन अनुकूलित नमुना गाउँ कार्यक्रम सुरु भएको छ । धनकुटा नगरपालिकाको वडा नम्बर १ निगालेमा यो कार्यक्रम सुरु भएको हो । यहाँका १४० घरमध्ये पहिलो चरणमा ५० घरमा यो कार्यक्रम लागू गरिएको छ । यी घरमा पूर्वाधार तयार पारी सुधारिएको चुलो, प्लास्टिक टनेल, प्लास्टिक पोखरी, गोठ सुधार, थोपा सिँचाइलगायतका कार्यक्रम सञ्चालन गरिएको […]

कैलालीमा पुष्पखेती सुरु

टीकापुर। कैलालीमा पहिलो पटक व्यावसायिक पुष्पखेती सुरु गरिएको छ । टीकापुरका सीताराम चौधरीले १० कट्ठा जमीनमा सयपत्री फूलको व्यावसायिक खेती थालेका हुन् । चौधरीले चितवनको पाख्रिन नर्सरीबाट ११ हजार बेर्ना ल्याई पुष्पखेती गरेका हुन् । उनले प्रतिबिरुवा पाँच रूपैयाँमा खरीद गरेका हुन् । “थप जग्गा भाडामा लिई अन्य जातका फूलको खेती गर्ने योजना छ,” उनले […]

दशैँमा टीकाको शुभ साइत ९ बजेर ५१ मिनेटमा

ललितपुर। नेपालीहरुको महान चार्ड दशैंका लागि विभिन्न साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिथी अनुसार दशैंमा गरिने सबै कार्यको साइत तय गरेर सार्वजनिक गरेको छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुनेछ । सो दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज […]

तनहुँमा व्यावसायिक कफी खेती शुरु

तनहुँ। तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका कृषकले व्यावसायिक रूपमा कफीखेती शुरु गरेका छन् । जिल्लाको अतिविकट कछार क्षेत्र मानिने छिपछिपेका कृषकले ५० रोपनी क्षेत्रफलमा कफीखेती शुरु गरेका हुन् । यस ठाउँका कृषकले सुन्तलाखेती समेत गर्दै आएका छन् । अन्य खेती नहुने भएपछि यहाँका कृषकले सुन्तलासँगै व्यावसायिक रूपमा कफीखेती शुरु गरेको स्थानीय कृषक मिनबहादुर रानाले जानकारी दिनुभयो […]

खसीबोकाको स्वास्थ्य परीक्षण गरिने

ललितपुर। नेपालीहरूको महान् चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौंलगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ। काठमाडौं महानगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशु–पक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको जनाएको छ। महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी, बोका, राँगा, भैंसीको […]

अब चियाखेतीको पनि बिमा

ललितपुर। बिमा समितिले चिया बिमालेख जारी गर्ने तयारी गरेको छ । कृषकहरूको मागलाई ध्यानमा राखी बिमालेख निर्माणको कार्य अन्तिम चरणमा पुगेको समितिले जनाएको छ  । तर, चियाखेतीको बिमा गर्न न्यूनतम ०.०५ हेक्टर क्षेत्रफलको जग्गामा खेती गरेको हुनुपर्ने समितिका उपनिर्देशक कुन्दन सापकोटाले जानकारी दिए । उनका अनुसार बिमा गर्ने चिया अधिकतम ७५० बोट (गाँज) सम्मको हुनुपर्नेछ । यस्तो भएमा […]