ललितपुर। इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेट कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई छिटो तथा प्रभावकारी प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित ‘आजको प्रोब्लम, आजै फिक्स’ नामक नयाँ योजना सुरु गरेको छ । इन्टरनेटमा आउने प्राविधिक समस्या समाधानका लागि ग्राहकहरूले लामो समय कुर्नुपर्ने बाध्यतालाई हटाएर छिटो, सहज र भरपर्दो सेवा अनुभव प्रदान गर्न कम्पनीले यो सुविधा सञ्चालनमा ल्याएको हो ।
यस सेवाअन्तर्गत ग्राहकले हरेक दिन अपरान्ह ५ बजेभन्दा अगाडि दर्ता गराएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरूलाई सोही दिन समाधान गर्ने लक्ष्यसहित उच्च प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ ।
समस्याको प्रकृतिअनुसार भायानेटले अनलाइन माध्यम (रिमोट सपोर्ट) बाट वा आवश्यक परेमा ग्राहकको घरमै प्राविधिक टोली खटाएर मर्मत तथा समाधान गर्ने व्यवस्था मिलाएको छ ।
ग्राहक सेवालाई केन्द्रमा राख्दै आएको उल्लेख गर्दै भायानेटले यस पहलले प्राविधिक सहायताका लागि लाग्ने प्रतीक्षा समय उल्लेख्य रूपमा घट्ने विश्वास लिएको छ ।








