समाचार

बारामा दुई अर्ब ६३ करोड भन्दा बढीको माछा उत्पादन

वीरगञ्ज। माछापालनका लागि उर्बरभूमि मानिएको बारामा वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन भए पनि ३० प्रतिशत माछा छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था छ । माछामा पर निर्भरता कायमै छ । प्रत्येक वर्ष बारामा १० हजार ३५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपर […]

दूध, पानी र तेलका धेरै उद्योग मापदण्डविपरीत

ललितपुर। कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले दूध, पानी र तेलका अधिकांश उद्योग मापदण्ड विपरीत सञ्चालन भइरहेको बताएका छन् । आइतबार संसदको कृषि समितिमा उनले मापदण्ड विपरीत सञ्चालित उद्योगलाई कानुनको दायरामा ल्याउन प्रयास भइरहेको दावी गरे । काठमाडौंमा पानीका करिब दुई सय उद्योग रहेको भन्दै मन्त्री खनालले त्यसमध्ये ५र६ वटामात्रै मापदण्डअनुसार सञ्चालन भएको पाइएको जानकारी […]

नयाँ प्रजातिको टिमुर फेला

ललितपुर। सुर्खेत, अछाम र सल्यानमा टिमुरको नयाँ प्रजाति फेला परेको छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजनामा कार्यरत वैज्ञानिकले टिमुरको नयाँ प्रजाति ज्यान्थोजाइलम हेट्सा (रक्सब) डीसी पत्ता लगाएका हुन् । आयोजनाका कृषि वनविज्ञ गिरीधर अमात्यले लामो अनुसन्धानपछि टिमुरको नयाँ प्रजाति फेला परेको बताए । उनका अनुसार यो प्रजातिको टिमुर सुर्खेतको चौकुने गाउँपालिकाअन्तर्गत साल्म, तल्लो बाँसपानी, अछामको तुर्माखाँदा गाउँपाकिलाको […]

सर्वोच्चले रोक्यो कृषिका निजी क्याम्पसलाई सम्बन्धन नदिने मन्त्रिपरिषद् निर्णय

ललितपुर। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले निजी कलेजहरुलाई दिएको सम्वन्धन मन्त्रिपरिषद्ले खारेज गरे पनि सर्वोच्च अदालतले तत्कालको लागि उल्ट्याइदिएको छ। सर्वोच्चको असोज ९ को अग्राधिकार आदेशसँगै निजी क्याम्पसहरुका सम्बन्धन यथावत रहेको छ। असार २० मा विश्वविद्यालय प्रशासनले आठवटा निजी कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो। निजी कलेजलाई दिएको सम्बन्धनको विरोध गर्दै प्राध्यापक र विद्यार्थी […]

कृषि तथा वनविज्ञान विश्वविद्यालयमा फेरि ताला

चितवन। आठ वटा निजी कलेजलाई सम्बन्धन दिने निर्णय सरकारले खारेज गरे पनि कृषि तथा वनविज्ञान विश्वविद्यालयमा आन्दोलन सकिएको छैन । बीचमा केही सुसुप्त बनेको आन्दोलन फेरि सुरू भएको छ । विश्वविद्यालयका विद्यार्थी संगठनहरुले चितवनको रामपुरमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले लगाएको तालाका कारण विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ । अखिल क्रान्तिकारीका […]

स्वरोजगार बन्दै मुक्त कमलहरी

बर्दिया। मधुवन नगरपालिका– ४ ढोढरीकी २६ वर्षीया मञ्जु थारुले तरकारीखेती, बाख्रा र बङ्गुरपालन गरी स्वरोजगार बन्ने प्रयास गर्नुभएको छ । पन्ध्र महिने कृषि प्राविधिक (जेटिए) अध्ययन गर्नुभएकी उहाँले जागिर खानुभन्दा केही लगानी गरेर स्वरोजगार बन्न सके आम्दानी गर्न सकिन्छ भन्ने आत्मविश्वासले यसतर्फ लागेको बताउनुभयो । मञ्जुले शुरुमा १० बाख्रा र चार बङ्गुर किन्नुका साथै तरकारी […]

युरिया मल नपाउँदा, कृषक समस्यामा

झापा। गौरादहका कृषक धान पोटाउने बेला भइसक्दा पनि युरिया मल नपाउँदा समस्यामा परेका छन् । धान रोप्ने समयमा डिएपी मल नपाएर समस्यामा परेका उनीहरु अहिले युरिया मल नपाउँदा थप मारमा परेका हुन् । गौरादह नगरपालिका–२ का कृषक मित्रबहादुर बस्नेतले युरिया मल नपाउँदा समस्या भएको गुनासो गर्दै भने्, ‘पहिलेदेखि नै रासायनिक मल प्रयोग गरियो अहिले अरु […]

किसान आन्दोलन स्थगित

नवलपरासी। किसान र स्थानीय प्रशासनबीच सहमति भएपछि पश्चिम नवलपरासीमा जारी उखु किसानको आन्दोलन स्थगित भएको छ । चिनी उद्योगबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानी गर्नुपर्नेलगायतका माग राखी पश्चिम नवलपरासीका उखु किसानले शुक्रबारदेखि बर्दघाट बजारमा राजमार्ग अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका थिए । स्थानीय प्रशासनले किसानले पाउनुपर्ने बक्यौता रकम भुक्तानी गराउन उद्योग पक्षसँग पहल गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन […]

खेती गर्ने किसानलाई जग्गा दिदैं सरकार

ललितपुर। प्रदेश नं ५ सरकारले खेती गर्ने किसानलाई जग्गा दिने भएको छ । प्रदेश नम्बर ५ कि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले खेती गर्ने किसानलाई १ वर्षका लागि प्रदेश सरकारले नै पैसा तिरेर जग्गा दिने बताएकी हुन् । उनले विगतको समयमा खेतीयोग्य जमिन नहुँदा व्यवसायिक खेती गर्न चाहानेहरुका लागि जग्गा पाउन गाह्रो […]

किसानका लागि सहुलियत नर्सरी सञ्चालन

पर्वत। पर्वतको कुश्मा नगरपालिकाले कृषकका लागि तरकारी र फलफुलका बिरुवा सहुलियत दरमा उपलब्ध गराउन नर्सरी स्थापना गरेको छ । कुस्मा नगरपालिका–७ खरेहामा सञ्चालन गरिएको तरकारी र फलफुल नर्सरीले शुक्रबार देखि औपचारिक रुपमा बिरुवा बितरण शुरु गरेको हो । एउटा हाईटेक टनेलभित्र २ रोपनी क्षेत्रमा फैलिएको नर्सरीमा अहिले तरकारीका विरुवा उत्पादन भैरहेको छ । नगरपालिकाभित्रको माटोको […]