समाचार

सिन्की र अचार पाइने कोसेली घर

तुलसीपुर। दाङ जिल्ला उद्योग वाणिज्य सङघले घोराहीमा कोसेली घर सञ्चालन गर्ने भएको छ । कोसेली घरमा जिल्लाको पहिचान झल्काउने वस्तु तथा सामग्री र जिल्लामा उत्पादन हुने च्याउ, मह, सिन्की, अचार, चिप्स, ढकीया, माटाका भाँडा, घ्यू तथा धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलको बारेमा जानकारी लिन सक्ने व्यवस्था गरिने छ । सङ्घका सचिव तथा कोसेली घर व्यवस्थापन समितिका […]

२३ वडामा अलैंची जोन कार्यक्रम

ताप्लेजुङ। ताप्लेजुङका तीन वटा स्थानीयतहका २३ वटा वडामा अलैंची जोन कार्यक्रम लागु हुने भएको छ। अलैंची जोनक्षेत्र निर्धारणका लागि शुक्रबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटार ललितपुरले आयोजना गरेको बैठकले फुङ्लिङ नगरपालिका र मैवाखोला गाउँपालिकाका सबैक्षेत्र तथा फक्ताङ्लुङ गाउँपालिकाका ७ वटा वडामध्ये एउटा बाहेक सबै वडामा अलैंची […]

तितेपातीबाट तेल उत्पादन शुरु

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालिएको छ । पाथेकाका नौ युवाको समूहले शेयर लगानीमा खेर गइरहेको तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालेको हो । करीब रु ३५ लाखको लगानीमा पाथेकाको तापखोलास्थित त्रिवेणीमा सो उद्योग स्थापना गरिएको हो । ‘समृद्धि पथ एग्रो कम्पनी प्रालि’द्वारा सञ्चालित सो […]

रामपुरमा हुने अन्तर्राष्ट्रिय पोल्ट्रीविज्ञ सम्मेलनको तयारी पुरा

चितवन। आगामी कार्तिक ११ देखि १३ गतेसम्म चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा हुने अन्तर्राष्ट्रिय पोल्ट्री विज्ञ सम्मेलनको तयारी तीव्र रुपमा अगाडी बढेको छ । विश्वविद्यालयले आज भरतपुरमा पत्रकार सम्मेलन गरी कार्यपत्रहरु आइसकेको र तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । सम्मेलनमा १० देशका ३ सयभन्दा बढी वैज्ञानिकहरु सहभागी हुने आयोजकको भनाइ छ । सम्मेलनमा […]

चिनीको खुद्रा मूल्य तोकियो

काठमाडौं। चाडबाडको मुखमा व्यवसायीले चिनीमा मनलाग्दी पैसा असुल्न थालेपछि सरकारले प्रतिकिलो ७० रुपैयाँ खुद्रा मूल्य तोकेर बढीमा बिक्री गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । आयातमा बन्देज लगाएको बहानामा व्यापारीले ‘स्टक’ चिनीमा आफूखुसी मूल्य बढाएर एक किलोको ८५ रुपैयाँसम्म लिन थालेका थिए । सरकारले वार्षिक करिब एक लाख टन मात्रै आयात गर्न पाउने निर्णय गर्नुअघि […]

खसीबोका, च्यांग्रामा कर नउठाऊ : संघीय मामिला मन्त्रालय

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौंको चन्द्रागिरी नगरपालिकालगायत देशैभरका ७ सय ५३ वटै स्थानीय तहलाई खसीबोकामा व्यवसायीसँग कर नउठाउन निर्देशन दिएको छ । स्थानीय तहको उक्त कार्यलाई गैरकानुनी भन्दै मन्त्रालयले तत्काल यस्ता कार्य बन्द गर्नसमेत भनेको छ । देशका विभिन्न जिल्लाहरुबाट खरिद गरी काठमाडौं ल्याइएका खसी, बोकामा बाटोमा पर्ने चन्द्रागिरी नगरपालिकाले राष्ट्रिय राजमार्गमा […]

कृषि पेशालाई वेवास्ता गरे देशको दुर्दशा शुरु हुन्छः कृषिमन्त्री

सिन्धुली। कृषि पेशा राष्ट्रको प्राथमिकतामा अहिलेसम्म नपरेको कृषिमन्त्री चक्रपाणि खनालले बताएका छन् । कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्रीसमेत रहेका मन्त्री खनालले नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले बिहीवार गरेको पत्रकार भेटघाट कार्यक्रममा कृषिलाई राष्ट्रको प्राथमिकतामा नराखे देशको दुर्दशा शुरु हुने भएकाले अब सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए । नेपालको सन्र्दभमा ६७ प्रतिशत किसान रहेको मुलुकमा […]

साङ्ला भेटिएपछि दुई मिष्ठान्न भण्डारमा शिलबन्दी

ललितपुर । गौशालामा रहेका ब्यञ्जन र अन्नपुर्ण मिष्ठान्न भण्डारमा सरकारी अनुगमन टोलीले शिलबन्दी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उपभोक्ताकर्मीको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा भण्डारमा साङ्ला र फोहोर अत्याधिक भेटिएपछि शिलबन्दी गरेको हो । दुवै मिष्ठान्न भण्डारबाट बर्पी १२.५ केजि , तेल ७ लिटर, घ्यू ४ केजि र तयारी मिठाई […]

चिनीको मूल्य किलोको ६३ रुपैयाँ निर्धारण गर्न संसदीय समितिको सरकारलाई निर्देशन

ललितपुर। प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठकले बजारमा देखिएको चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभावसम्बन्धी अध्ययन गर्न एक उपसमिति गठन गरेको छ । समितिको बिहीबार बसेको बैठकले सांसद लेखराज भट्टको संयोजकत्वमा गठित सो समितिमा सांसद प्रदीप यादव, पार्वता डिसी चौधरी, प्रेम आले र चन्दा चौधरी रहेका छन् । उपसमितिलाई सो विषयमा अध्ययन गरी समितिसमक्ष प्रतिवेदन […]

तिलोत्तमामा धानको एस आर आई प्रविधि सफल

बुटवल। तिलोत्तमा नगरपालिका कृषि विकास शाखाले नरमा पहिलो पटक धानमा अवलम्बन गरेको एस.आर.आई. प्रविधि सफल भएको छ । केहीसमय पहिला नगरपालिाकाले प्रदान गरको तालिममा आधरित रहेर तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का किसान चेत बहदुर डमामीले उक्त प्रविधि अनुसार धान रोपेका थिए । २५ सेन्टीमिटिर बोट देखि बोट सम्मको दुरी र २५ सेन्टीमिटर ड्यांङ्ग देखि […]