समाचार

मनसुन बाहिरिएसँगै चिसो बढ्यो

काठमाडौँ। बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट शुक्रबारदेखि बाहिरिएसँगै चिसो बढ्ने क्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यो समयमा पश्चिमीचिसो वायुको प्रभाव कायम रहन्छ । आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा […]

चाडबाडको मुखमा पनि सर्लाहीका उखु किसानले भुक्तानी पाएनन्

सर्लाही। सर्लाहीका,कृषकले अझै सम्म पनि उखुको भुक्तानी पाउँन सकेका छैनन् । आफ्नो वर्षे बाली बुझाएको अर्को एकवर्ष बितिसक्दा समेत उखु किसानले भुक्तानी पाउन नसकेपछि ,सर्लाहीका किसानले भुक्तानीको लागि आन्दोलनको बाटो रोज्न बाध्य भएको बताएका छन । किसानले पाउनु पर्ने रकम भुक्तानीमा सरकार नै बाधक देखिएको भन्दै , सरकारले तत्काल भुक्तानीको बातावरण नबनाए आन्दोलनमा उत्रने किसान […]

प्रदेश ५ मा करार खेती कार्यक्रम

बुटवल। प्रदेश ५ सरकारले भूमिहीन सुकुम्वासीहरुलाई निःशुल्क जग्गा दिएर खेती गराउने तयारी थालेको छ । कृषि पेशा अपनाउन इच्छुक तर आफ्नो जग्गा नभएका भूमिहीन नागरिकलाई लक्षित गरी प्रदेश सरकारले करार खेती कार्यक्रम ल्याएको हो । प्रदेश ५ सरकारको यो कार्यक्रम नौलो र भूमिहीनमैत्री भएकाले यसप्रति भूमिहीनहरु र भूमिहीन सम्वद्ध संघसंगठन सकारात्मक भई करार खेतीका लागि […]

इलाम किबी क्षेत्र घोषणा, करीब २३ हजार घरपरिवार संलग्न

मङ्गलबारे। किबी उत्पादनको राम्रो सम्भावना रहेको इलामलाई सरकारले किबी क्षेत्र (जोन) घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लालाई किबी जोन घोषणा गरिएको हो । इलाम नगरपालिकाका केही वडा र सन्दकपुर गाउँपालिकालाई किबी जोन कायम गरिएको हो । इलाम नगरपालिकाका– १, २, ३ र ४ नं वडा र सन्दकपुर गाउँपालिकाका पाँचौँ वडामा किबी क्षेत्र […]

आठ हजार मेट्रिक टन अन्न मदिरामा प्रयोग

तेह्रथुम । तेह्रथुममा उत्पादन भएको ठूलो परिमाणको खाद्यान्न घरेलु मदिरा बनाउन प्रयोग भैरहेको पाइएको छ। जिल्लामा उत्पादन हुने धान, मकै, कोदो, गहुँ, जौ लगायत ८ हजार मेट्रिकटन खाद्यान्न घरेलु मदिरा जाँड, रक्सी, निगार र तोङबा बनाउन प्रयोग हुने गरेको पाइएको हो। तत्कालिन जिल्ला कृषि विकास कार्यालयले गरेको अध्ययनले जिल्लामा उत्पादित खाद्यान्न ५७ हजार मेट्रिकटन मध्ये […]

सार्क राष्ट्रमा पाँच वर्षमा खाद्यान्न उत्पादनलाई दोब्बरले वृद्धि गर्ने प्रतिबद्धता

ललितपुर। दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का आठ राष्ट्रले आगामी पाँच वर्षमा खाद्यान्न उत्पादनलाई दोब्बरले वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँमा सम्पन्न सार्क राष्ट्रका कृषि वैज्ञानिक-विज्ञहरुको सम्मेलनबाट पारित धारणालाई कार्यान्वयन गर्न सो प्रतिबद्धता व्यक्त गरिएको थियो । सो सम्मेलन यही असोजको ४ देखि ७ गतेसम्म आयोजना भएको थियो । सार्क सदस्य राष्ट्रका […]

तरकारीमा हाइटेक प्रविधिले तेब्बर बढी आम्दानी

पर्वत। पर्वतको जलजला गाउँपालिका–८ का राजन सापकोटाले छ वर्षअघिसम्म खुला आकाशमुनि तरकारी लगाउनुहुन्थ्यो । वर्षभरि दुःख गर्दा पनि श्रमअनुसारको आम्दानी लिन नसक्दा निराश हुनुभएका उहाँ जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको एक हप्ते उन्नत तरकारी खेती तालीमपछि नयाँ उत्साह जागृत भयो । लगानी थपेर प्लास्टिकका दुई अस्थायी टनेल बनाउनुभयो । एउटा तालीम लिँदाकै बेला पाएको […]

सल्यानमा ३५ करोडको आलु उत्पादन

सल्यान। गत आर्थिक वर्षमा सल्यानमा ३५ करोड ३९ लाख २५ हजार रुपैयाँ बराबरको आलु उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र सल्यानका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ हेक्टर क्षेत्रफलमा हिँउदे र ४०३ हेक्टर क्षेत्रफलमा वर्षे आलु खेती गरिएको थियो। उक्त क्षेत्रमा हिउँदे १६ हजार ३१५ मेट्रिक टन र वर्षे तीन हजार ६४० मेट्रिक टन […]

कृषकको पहिचानका लागि वर्गीकरण

पोखरा। गण्डकी प्रदेश सरकारले वास्तविक कृषकको पहिचानका लागि वर्गीकरण शुरु गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक पहिचान तथा वर्गीकरण कार्यविधि–२०७५ तयार गरी त्यसैका माध्यमबाट यहाँका ११ वटै जिल्लाका प्रत्येक वडामा कृषक वर्गीकरण गर्न लागेको हो । मन्त्रालयका सचिव शरद्चन्द्र श्रेष्ठका अनुसार मन्त्रालयले पर्वतको कुष्मा नगरपालिका–१२ बाट वर्गीकरणको काम थालेको हो […]

टनेल बनाउने कृषकलाई निस्शुल्क प्लाष्टिक

पर्वत । पर्वतको फलेबास नगरपालिकाले बेमौसमी तरकारी खेती गर्ने कृषकलाई प्रोत्साहन गर्नको लागी प्लाष्टिक टनेल बनाउने कृषकलाई निःशुल्क प्लाष्टिक बितरण गरेको छ । कार्यक्रमको लागी टनेल तयार भएपछि मात्रै आवश्यक पर्ने प्लाष्टिक निःशुल्क दिन थालेको हो । प्लाष्टिक बितरणले ब्यबसायिक रुपमा तरकारी खेती गर्न चाहने कृषकहरु अनुदानबाट सबैभन्दा बढी लाभान्वित भएको फलेबास नगरपालिका प्रमुख पदमपाणी […]