समाचार

३० क्वीन्टल उन्नत जातको तोरीको बीउ अनुदान दिईने

दाङ । तोरीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष यहाँका किसानलाई ३० क्वीन्टल उन्नत जातको तोरीको बीउ अनुदानमा उपलब्ध गराएको छ । उपमहानगरपालिका भित्रका १९ वटै वडाका ६९५ किसान, १३ कृषक समूह र तीन सहकारीलाई सो बीउ वितरण गरिएको उपमहानगरपालिकाका कृषि अधिकृत तिलक केसीले जानकारी दिनुभयो । सबैभन्दा बढी अनुदानको बीउ वडा नं १ र […]

डिकी वा छतभित्र पशुपक्षी ढुवानी गरे कारवाही

ललितपुर। पशुसेवा विभागले पशुसेवा ऐन २०५५, नियमावली २०५६ तथा पशु ढुवानी मापदण्ड २०६४ पालना गर्न व्यवसायीसँग आग्रह गरेको छ । सो मापदण्डमा पशुपक्षी ढुवानी गर्दा उनीहरुलाई याताना हुनेगरी नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाध्ने, क्षमताभन्दा बढी पशु राख्ने, साना तथा ठूला पशुलाई एकै ठाउँमा राखी ढुवानी गर्ने जस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ । रोगी […]

पाँच वर्ष भित्र कोही सुकुमबासी हुँदैन : मन्त्री अर्याल

ङ्जा। भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले पाँच वर्ष भित्र सुकुमबासी समास्याको समुल अन्त्य हुने बताएकी छन्। शुक्रबार मालपोत कार्यालय वालिङको भवन शिलान्यास तथा मालपोत कार्यालय अनलाइन सेवाको उद्घाटन गर्दै उनले भनिन्, ‘भूमि व्यवस्थापन ऐन छिट्टै संशोधन हुदैछ, ऐन निर्माणसँगै कोही सुकुमबासी हुनुपर्ने छैन।’सार्वजनिक जग्गा माथि कसैले कड्के नजर नलगाउन उनले चेतावनी […]

संस्थानद्वारा च्याङ्ग्रा र खसीबोका बिक्री शुरु

ललितपुर। नेपाल खाद्य संस्थानले आजदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु ७०० र खसीबोका रु ५०० मूल्यमा बिक्री हुन थालेको हो । दशैंका लागि मुस्ताङबाट एक हजार च्याङ्ग्रा र मकवानपुरबाट एक हजार खसीबोका ल्याउन लागिएकामा अहिले करीब ९०० च्याङ्ग्रा र ३०० खसीबोका बिक्री गर्न […]

तरकारीले मूल्य नपाउँदा किसान चिन्तित

लमही। उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका तरकारी सस्तोमा बेच्न उनीहरू बाध्य छन् । अहिले तीतेकरेला प्रतिकिलो रु पाँचदेखि १०, काँक्रा प्रतिकिलो रु १० देखि १५, लौका प्रतिकिलो रु ५ देखि १०, बोडी प्रतिकिलो रु १५ देखि २०मा बेच्नु परेको लमही नगरपालिका–७ घुम्नाकी […]

उखु कृषकलाई अनुदान बैङ्क खातामै

ललितपुर। चिनी उद्योगीहरूले स्टक रहेको चिनी विक्री नभएसम्म उखु किसानलाई भुक्तानी नदिने अडान लिइरहेको बेला किसानले अनुदानको रूपमा प्रतिक्वीण्टल ६५ रुपैयाँ २८ पैसा छिटै पाउने भएका छन् । सरकारले उखु किसानलाई दिँदै आएको भ्याट फिर्ता सुविधा बजेटबाटै हटाएपछि व्यवस्था गरेको ‘उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५’ कार्यान्वयनको चरणमा पुगेपछि किसानले उक्त अनुदान छिटै पाउने भएका […]

मनाङ पुगेर प्रधानमन्त्री ओलीले उद्घाटन गरे ३० करोडको स्याउ फार्म

मनाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गरे । सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताए । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि क्षेत्रबाट उद्योगतर्फ जान सकिने […]

खाद्य संस्थानले शुक्रबारदेखि खसी, बोका विक्री गर्ने

ललितपुर। नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरण सूरु गर्ने भएको छ । नेपाल खाद्य संस्थान, बागमती अंचल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरणको काम सुरु गर्ने जानकारी गराएको हो । संस्थानका लागि बागमती अंचल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बिक्रीका लागि बिहिबार बिहानसम्म ९० वटा […]

चिनी आयातमा लगाइएको कोटा प्रणाली खारेज गर्न निर्देशन

ललितपुर। वार्षिक एकलाख मेट्रीक टन मात्र चिनी आयात गर्न पाउने व्यबस्था खारेज गर्न संसदको उप–समितिले सरकारलाइ निर्देशन दिएको छ । संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उप–समितिले चिनी आयातमा सरकारले लागू गरेको सिमित कोटा प्रणाली खारेज गर्न सुझाव दिएको हो । लेखराज भट्टको संयोजकत्वमा बनेको उप–समितिले बिहीबार लेखा समितिका सभापति भरत शाहलाई अध्ययन प्रतिवेदन बुझाउँदै […]

रुकुम पूर्वको चुनवाङलाई लसुन पकेट क्षेत्र घोषणा

रुकुम पूर्व। रुकुम पूर्वको चुनवाङमा कृषि उत्पादन क्षेत्रलाई व्यावसायिक रूपमा अघि बढाउन पहल गरिएको छ । स्थानीय सरकारको पहलमा चुनवाङलाई लसुन, आलु र कागतीको पकेट क्षेत्र बनाउने तयारी थालिएको हो । यो वर्ष लसुन उत्पादन वृद्धि गर्न बीउमा अनुदान दिने तयारी गरिएको छ । वडा सरकारको निर्णयअनुसार करीब पचास क्विण्टल बीउ अनुदानमा दिने तयारी गरिएको […]