काठमाडौं। नेपाल औषधी लिमिटेडले पेन किलर उत्पादन थाल्ने भएको छ । सिटा प्लस नाम दिईएको पेन किलरले दुखाई कम गर्नेछ । यस अघि नेपाल औषधि लिमिटेडले सिटामोल, जीवनजल र ग्लिसिरिन उत्पादन गर्दै आइरहेको थियो ।

यही महिनादेखि बजारमा उपलब्ध हुने औषधि ज्वरो, दुखाई र सुन्निएको अवस्थामा प्रयोग गर्न सकिन्छ । ‘सिटा प्लस’ उत्पादनका लागि मूल्य निर्धारण बाहेक सबै काम सम्पन्न भइसकेको कम्पनीका महाप्रबन्धक डा. रोमसकुसुम सुवेदीले जानकारी दिए ।

पहिलो चरणमा ‘सिटा प्लस’ १ लाख ट्याबलेट बजारमा आउने तयारी भैरहेको छ । सरकारी कम्पनीले उत्पादन गर्ने सिटा प्सल निजी कम्पनीको भन्दा प्रति पत्ता २ रुपैंयाँ सस्तो हुने सुवेदीले दावी गरे । हाल निजी कम्पनीहरुले उत्पादन गरेको सोही प्रकृतिको औषधिको मूल्य बजारमा प्रति पत्ता २० रुपैँया छ ।

औषधी लिमिटेडले उत्पादन उत्पादन गर्दै आएको सिटामोल, जीवनजल र ग्लिसिरिन जस्ता उत्पादनहरु समेत निजी कम्पनीको भन्दा सस्तोमा बजारमा बिक्री भैरहेको छ ।

तत्कालिन उद्योग मन्त्री नवीन्द्रराज जोशीले औषधि उद्योगबाट पुनर्उत्पादन सुरु गरी सिटामोल, आइरन चक्की, जीवनजल, अल्वाजोल, एमोक्सोसिलिन, कफनास, एमजीट र कफहिस समेत ८ प्रकारका औषधीहरु उत्पादन गरेका थिए ।

२०६० सालतिर ५५० जनासम्म कर्मचारी भएको र १२० प्रकारका औषधी उत्पादन गरेको कम्पनीको पुनर्उत्थानसँगै हाल कम्पनीले औषधि उत्पादनको संख्या बढाउँदै लगेको छ ।