अर्थ/बजार

जलस्रोत नीति ल्याउने सरकारी तयारी

काठमाडौं । सरकारले एकीकृत राष्ट्रिय जलस्रोत नीति ल्याउने तयारी गरेको छ । लामो समयदेखि सो नीति ल्याउने तयारी गरेको बताउँदै आए पनि काम भने हुन नसकेको सन्दर्भमा वर्तमान सरकारले त्यसलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको अवसरमा जल तथा ऊर्जा आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा […]

मौरीपालन व्यवसायबाट मनग्गे आम्दानी

बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका ४ पिपलकोटका किसान मौरीपालन व्यवसायबाट मनग्गे आम्दानी गर्न सफल भएका छन् । पहिला पहिला परम्परागत रुपमा मौरीपालन गर्ने सो ठाउँका किसान मौरीपालन व्यवसायबाट आम्दानी गर्न थालेका जिल्ला लघु उद्यमी समूह संघ डिमेगा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताउनुभयो । वि स २०५९ सालदेखि आधुनिक मौरीपालन व्यवसायमा लागेका भट्टले आफूले मौरीपालनबाटै बार्षिक ७ […]

चिनीमा लफडा:सेतो चिनी कालो खेल

काठमाडौं । पछिल्लो समयमा तेस्रो मुलुकबाट हुने चिनी आयात रोकिने भएको छ । भन्सार मूल्यांकनमा आएको विवादका कारण वीरगञ्ज र बिराटनगर नाकामा आएका चिनी पनि भन्सार पास नभएको ब्यापारीहरुले बताएका छन् । पाकिस्तानबाट सस्तो चिनी आउन थालको भन्दै आयातकर्ताहरु ब्यापारीहरुले चिनीको मूल्य सूचना घटाउन दबाव दिइरहेका छन् । स्वदेशी चिनी उत्पादक भने सस्तो विदेशी चिनीले नेपाली उत्पादनलाई […]

कृषि उपज भण्डारणको रसिद धितो राखी प्रभूले किसानलाई ऋण दिने

बाँके।  बाँकेको कोहलपुर क्षेत्रमा संचालनमा रहेको भेरी शीत भण्डार सहकारी संस्था लिमीटेडमा आबद्ध कृषकलाई कृषि उपज भण्डारण गरेको रसिद धितोमा राखी कृषि भण्डारण कर्जा प्रदान गर्न थालिएको छ । प्रभु बैंक लिमिटेडको कोहलपुर शाखा, भेरी शीत भण्डार सहकारी संस्था लिमीटेड र यु.के.एड सक्षमको सहकार्यमा कृषि भण्डारण कर्जा प्रवाहको एक समारोहका बीच  उद्घाटन गरिएको छ । […]

खेतीयोग्य जमीन बाँझो राख्न नपाइने

पोखरा। प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सुक्खा जमिनमा सिँचाइको व्यवस्था गर्दै कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाइने बताउनुभएको छ । प्रदेश र नेपाल सरकारअन्तर्गतका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमद्वारा यहाँ आज आयोजित ‘संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप)’ विषयको अन्तक्र्रियामा उहाँले गाउँ तथा शहरका […]

हेलम्बुलाई स्याउको सहर बनाउने तयारी

हेलम्बु।  हेलम्बुका किसानले आफ्नो ठाउँलाई स्याउको सहर बनाउने तयारी गरेका छन्। प्राविधिक सहयोग बिना आफै उत्साही भएर हेलम्बुलाई स्याउको सहरका रूपमा स्थापित गर्न व्यावसायिक खेतीमा जुटेका स्थानीय स्याउका बोटमा फूल खेल्न थालेपछि खुसी भएका छन्। गाउँमा कृषि प्राविधिक नहुँदा रोग र कीराकोबाट स्याउका बोटलाई जोगाउन हम्मेहम्मे परेको नाखोतेकी पेमालामु शेर्पा बताउँछिन्। उनले भारतको हिमाञ्चल प्रदेशबाट […]

तीन करोडमा चिया प्रशोधन उद्योग

तेह्रथुम । तेह्रथुमको सोल्मामा आधुनिक प्रविधिजडित उच्च उत्पादन क्षमताको अर्थोडक्स चिया प्रशोधन उद्योग स्थापना हुने भएको छ । लालीगुराँस नगरपालिका–९, सोल्मास्थित सिंहदेवी चिया उत्पादक सहकारी संस्थामार्फत स्थानीय चिया उत्पादक किसान आफैँले उद्योग स्थापना गर्न लागेका हुन् । उन्नति परियोजनाको सहयोगमा सोल्माका किसान सेयर सदस्य रहेको सहकारीले चिया प्रशोधन उद्योग स्थापना गर्न लागेको हो । तीन […]

बोइलर कुखुराको मासु अभाव

खोटाङ। खोटाङ सदरमुकाम दिक्तेलबजारमा ब्रोइलर कुखुराको अभाव भएको छ । सदरमुकामका करिब २२ वटा फ्रेस हाउसबाट दैनिक रुपमा औसत दुई सय किलो ब्रोइलर कुखुराको मासु खपत हुने बजारमा अहिले मासु अभाव रहेको हो । ब्रोइलर कुखुरा पालन व्यवसायमा जिल्लामा आईपर्ने प्राविधिक समस्याका साथै केही व्यवसायीले असन्तुलित रुपमा मूल्य घटाएर बिक्री गरेको कारण हाल कुखुराको मासु […]

पाँच करोडको लागतमा खानेपानी आयोजना

बेदकोट। बेदकोट नगरपालिका–९ को सुन्दरपुरमा रु पाँच करोड ६८ लाखको लागतमा खानेपानी आयोजना निर्माण थालिएको छ । बैजनाथ मन्दिरले उपलब्ध गराएको छ कट्टा जग्गामा खानेपानी आयोजना निर्माण शुरु गरिएको हो । आयोजनाका लागि दुई लाख २५ हजार लिटर क्षमताको ट्यांकी निर्माण र दुई वटा बोरिङ गाड्ने कार्य पूरा भएको बैजनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष नरेश […]

लमजुङबाट पाँच करोडको अलैंची बिक्री

लमजुङ। लमजुङका अलैँची कृषकले यस वर्ष अलैँची दाना बिक्रीबाट साढे ५ करोड रुपैयाँ आम्दानी गरेका छन् । जिल्लामा ७ सय १२ क्विन्टल अलैँची उत्पादन भएको र सो बिक्री भइसकेको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले जनाएको छ । यस वर्ष किसानले अलैँची प्रतिकिलो ६ सयदेखि ८ सय रुपैयाँमा बिक्री गरेका छन् । गत वर्ष भने प्रतिकिलो […]