अर्थ/बजार

एकै जिल्लाबाट १० हजार ६६८ किलो जडिबुटि बिक्री

म्याग्दी। आव २०७२/७३ मा विभिन्न १५ प्रजातिका १० हजार ६६८ किलो जडीबुटी जिल्ला बाहिर निकासी भएको छ । जिल्ला वन कार्यालयका अनुसार सतुवा ६१४ किलो, साधारण च्याउ २१२, नागबेली ६००, निरमसी २७७, बिगजरा ४००, कुट्की दुई हजार ९५३, चिराइतो ६००, जटामसी एक हजार, अमलदेव ७००, भिरमह एक हजार १५३, सुगन्धवाल ८०, वनलसुन १० र यार्सागुम्बा […]

भ्याटको कारण देखांउदै अनुदान रकम फिर्ता

ओखलढुंगा। भूकम्प पीडित किसानहरुका लागि छुट्याएको बजेट गैर भूकम्प पीडितहरुको पोल्टामा परेको कुरा सन्दै आएका ओखलढुंगाका किसानहरुले आफनै नामा आएको रकम समेत पाउन सकेनन् । ओखलढुंगामा भूकम्प पीडित किसानलाई जिल्ला पशु सेवा कार्यालयबाट दिइने २३ लाख अनुदान भूकम्प पीडितका नाममा खर्च नगरी फिर्ता भएको छ । भूकम्प प्रभावित जिल्लाका पशु पालक किसानलाई बोका पालनमा दिइने […]

वनपाखामा कुहिएर जाने विषालु अल्लो बन्यो आम्दानीको स्रोत

डडेल्धुरा। खोला तथा वनपाखामा कुहिएर जाने विषालु अल्लो आम्दानी स्रोत बनेको छ । हातखुट्टाले छुँदा पोल्ने विषालु अल्लो प्रशोधन गर्ने सीप सिकेपछि यो कृषकको आम्दानीको स्रोत बनेको हो । घना जङ्गल वा खोल्सामा ठूलोपात भएको लामो रेसादार विषालु काँडा भएको ‘सिस्नो’ प्रजातिको बिरुवाका रुपमा अल्लोलाई लिने गरिन्छ । पशु चौपायाले खान नसक्ने हुँदा यो प्राजाति […]

कागती खेतीबाट वार्षिक २५ लाख आम्दानी

मोरङ। मोरङ डंग्राहाका ढालुराम माझीले कागती खेती गरेर विगत चार वर्ष देखि वार्षिक २५ लाख रुपैयाँ कमाउँदै आएका छन्। विसं २०३६ सालमा नेपाली काँग्रेसको क्षेत्र नं ६ का सभापति हुनुभएका माझीले पार्टीहरु देश बनाउने भन्दा बढी आन्तरिक झगडामा लागेको देखेपछि राजनीतिबाट खिन्न भएर २०६४ सालदेखि डंग्राहा–३ मा दुई बोट कागतीको विरुवा रोपेर कागती खेती सुरु गरेका […]

आयातित आँप सस्तो हुँदा स्थानीय आँपले बजार पाएनन्

उदयपुर। स्थानीय उत्पादित आँपले उचित मूल्य नपाएको जिल्लाका किसानले गुनासो गर्न थालेका छन् । व्यापारीले बाहिर जिल्लाबाट आँप ल्याएर सस्तो मूल्यमा बिक्री गर्न थालेका कारण स्थानीयले उत्पादन गरेको आँपले उचित मूल्य पाउन नसकेको त्रियुगा नगरपालिका–८ बगाहाका किसान श्रवणदेव चौधरीले बताए । सदरमुकाम गाईघाट बजारमा स्थानीय आँपको मूल्य प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्म रहेको छ । […]