अर्थ/बजार

एकै वर्षमा ४५ करोडको आलु निकासी

म्याग्दी । पहाडी जिल्ला म्याग्दीबाट एक वर्षमा रु ४५ करोडको आलु निकासी भएको छ । आव २०७२÷७३ मा जिल्लामा उत्पादन भएको आलुमध्ये ११ हजार ७६१ मेट्रिक टन आलु जिल्ला बाहिर निकासी गरी कृषकले रु ४५ करोड आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न गाविसमा उत्पादन भएको आलु कृषकले पोखरा, काठमाडौँ, कुश्मा, […]

व्यावसायिक कृषिलाई प्रवर्द्धन गर्दै पैंचो पसल

रूपन्देही । गुल्मी बलेटक्सार–५ का नरबहादुर पाण्डेले २ वर्ष अगाडिसम्म आफ्नो बारीमा मकै लगाउँथे, कोदो रोप्थे । त्यहीँ बारीबाट उत्पादित अन्नले परिवारको गुजारा चलाउँथे । तर, अहिले उनी पुरानो खेती छाडेर व्यावसायिक तरकारी खेती गर्न थालेका छन् । उनले आफ्नो ८ रोपनी बारीमा टमाटर, काउली, बन्दा र खुर्सानी लगाएका छन् । १०/१२ वर्ष अगाडिदेखि व्यावसायिक […]

नेपाली चियाको निर्यातमा सुधार

काठमाडौं । सरकारले नेपाली उत्पादनको प्रवर्द्धनका लागि निर्यातमा नगद प्रोत्साहनको कार्यक्रम सञ्चालन गरेसँगै नेपाली चियाको निर्यातमा सुधार देखिएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष (आव) २०७२/७३ मा चिया निर्यात करीब २० प्रतिशतले वृद्धि भएको छ । आव २०७१/७२ मा रू. २ अर्ब १ करोडको चिया निर्यात भएकोमा आव २०७२/७३ मा रू. […]

तीन महिनामा ६५ करोडका खसी–बोका भित्रिए

नेपालगन्ज। भारतबाट रुपैडिया नाका हुँदै तीन महिनाभित्र ५० हजारभन्दा बढी खसी–बोका नेपाल भित्रिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जले जनाएको छ । गत साउनयता मुस्लिमहरूको पर्व बकर इद र दसैंलाई लक्षित गरेर ठूलो संख्यामा खसी–बोका नेपाल भित्र्याइएका हुन् । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख शंकर पाण्डेले दसैंका बेला एक साताभित्रै ५ हजारभन्दा बढी खसी–बोका भित्रिएको बताए । […]

घरेलु उद्योगमार्फत उत्पादित गुणस्तरीय चियाको माग बढ्यो

   इलाम । घरेलु उद्योगमार्फत यहाँका किसानले उत्पादन गरेको गुणस्तरीय चियाको माग अन्तर्राष्ट्रियस्तरमा बढ्दै गएको छ । अन्तर्राष्ट्रियस्तरमा चियाको माग बढेसँगै घरेलु उद्योगसमेत बढ्दै गएका छन् । यहाँ उत्पादित अर्गानिक चिया अन्य कारखानाको चियाभन्दा महँगो मूल्यमा बिक्री हुने गरेको किसान बताउँछन् । मङ्गलबारेस्थित गुफाथुम्की अर्गानिक टी म्यानुफ्याक्चरका प्रोप्राइटर अम्बरबहादुर राईले आफ्नो उद्योगले हरियो चिया नै […]

मासुमा परनिर्भरता, यो वर्ष मात्र ३ अर्बभन्दा बढीको आयात

काठमाडौं । यस वर्ष नेपालमा तीन अर्ब तीन करोड ९० लाख ८७ हजार रुपैयाँ बराबरको राँगा, भैँसी, खसीबोका र बाख्रा आयात भएको छ ।भन्सार विभागले (आव ०७२/७३) मा प्रकाशित गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा विश्वका दुई देश भारत र अस्ट्रेलियाबाट उक्त चौपाय मासुका लागि आयात भएको उल्लेख छ । भारतबाट राँगा र भैँसी दुई लाख […]

खाद्य संस्थानले आइतबारदेखि च्याङ्ग्राको बिक्री सुरु गर्ने

काठमाडौं । दसैंका लागि मुस्ताङबाट सात सय पचास च्याङ्ग्रा खाद्य संस्थानको वाग्मति अञ्चल कार्यालयमा ल्याई पुर्यााइएको छ । शनिबार बिहान आइपुगेको च्यांग्राको संस्थानले मुल्य तय गरी आइतबारदेखि बिक्री सुरु गर्ने भएको छ ।संस्थानले मुस्ताङमा एक हजार पाँच सय वटा च्याङ्ग्रा खरीद गरेको थियो । जसमध्य शनिबार काठमाडौं साढे सात सय च्यांग्रा ल्याएको हो । संस्थानले […]

सुर्खेतमा खसीबोकाबाट वार्षिक ३० करोडभन्दा बढी कमाइ

सुर्खेत । सुर्खेत जिल्लाले खसीबोका निर्यात गरी वार्षिक ३० करोडभन्दा बढी आम्दानी गरेको छ । गतआवमा सुर्खेतबाट ३० हजारदेखि ३५ हजार खसीबोका निर्यात भएका थिए । सुर्खेतलगायत यस क्षेत्रका खसीबोका प्रायः पोखरा र काठमाडौं निर्यात हुने गर्दछ । जिल्ला पशु सेवा कार्यालय सुर्खेतका अनुसार गत आर्थिक वर्षमा खसीबोकाबाट मात्रै ३० करोड बढी आम्दानी गर्न सफल […]

विदेशबाट छुर्पीको माग बढेपछि मूल्य पनि बढ्यो

ताप्लेजुङ। युरोप, अमेरिकाबाट छुर्पीको माग उच्च भएपछि मूल्य पनि बढेको छ। दुईचार वर्षअघिसम्म मुस्किलले प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री हुने गरेको चौंरीको दूधबाट उत्पादित छुर्पीको मूल्य अहिले एक हजार रुपैयाँ पुगेको छ । दुईचार वर्षको अन्तरालमै छुर्पीको मूल्य झन्डै तेब्बरले बढेपछि यसका पारखी चकित छन् । हिमाली भेगका घाँसे मैदानमा चर्ने चौंरीको शुद्ध दूधबाट बनाइने […]

नेपालगन्ज नाकाबाट खसीबोका भित्रिने क्रम बढ्यो

नेपालगन्ज। दसै नजिकिँदै गर्दा नेपालगन्ज नाकाबाट खसीबोका भित्रिने क्रम बढेको छ। व्यापारीले भारतीय बजारमा खरिद गरेर ल्याएको खसी बोका नेपालगन्ज नाका हुँदै काठमाडौं, पोखरा लगायत ठाउँसम्म पठाउने गरेका छन्। नेपालगन्ज, जैसपुरका पुराना व्यापारी सरिफ कुरैसीले दसैं लक्षित खसीबोका आयात गर्ने क्रम सुरु भइसकेको बताए। उनले बुधबारमात्र ६ सय २० वटा खसीबोका राजधानी पठाएका छन्। ‘असोज […]