काठमाडौं। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ आयोजना गर्ने भएको छ । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानले गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्न लागेको जनाएको छ ।
‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०८३ कार्तिक १२ देखि १६ गतेसम्म (पाँच दिन) जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना हुने उल्लेख गरिएको छ।
फ्यानले पुष्प व्यवसायको व्यवसायीक बिकास विस्तार तथा प्रबर्द्धन गर्ने उद्धेश्यले बि.सं.२०५१ साल देखि लगातार रुपमा पुष्प मेलारप्रदर्शनीको आयोजना गर्दै आएको छ।
नेपालीहरूको महान चाड तिहार पर्व नजिकीदै गर्दा घर आँगन बगैचा सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुऱ्याउनका लागि प्रदर्शनी गर्दै आएको छ ।
नेपालको एक मात्र बृहत गोदावरी गोदावरी फूल प्रदर्शनी रहेको यस मेलमा व्यवसायिक स्टल ७८, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ४, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल १ गरी जम्मा ८६ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।
बिशेष गरि यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी रहेकोले गोदावरी फूलको बिबिध बिधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने जनाएको छ।
यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरीरफर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ। प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १० मिनियचर, २० स्पाईडर, ३० रिफ्लेक्स, ४० ईन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाती रहने छ।
मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने आयोजकले जनाएको छ।
साथै यस बर्ष कट-फ्लावर तर्फ उत्कृष्ट पुष्प सजावट बिधा पनि थप गरिएको जानकारी दिएको छ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा बिधागत उत्कृष्ट हुने नर्सरीरफर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ।
आयोजकका अनुसार यस मेलामा नेपालमा व्यवसायीक रुपमा उत्पादन हुदै आएको बिबिध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस बर्ष भित्रिएका नयाँ गोदावरी फूलको केहि प्रजातीका फूल बिरुवाहरुको सहित ४५० भन्दा बढि प्रकारको फूल बिरुवाहरु यस मेलामा प्रदर्शीत तथा बिक्री बितरण हुनेछन्।
पाँच दिनसम्म संचालन हुने गोदावरी फूलको प्रदर्शनीमा ३९ हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड तीस लाख भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ।









