समाचार

चामल खरिदमा १७ अर्ब बाहिरियो , किन बढ्दैछ चामल आयात ?

काठमाडौँ। कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा १७ अर्ब रुपैया बराबरको चामल आयत गरेको छ ।स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयातको ग्राफ बढ्दै गएको हो । यद्यपी, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रुपमा नेपाल भित्रिने गरेको जानकारहरु बताउँछन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङकअनुसार चालू आर्थिक वर्षको […]

माछामा आत्मनिर्भर बन्दै लमजुङ

लमजुङ। कुखुराको मासु र अन्डामा आत्मनिर्भर बनेको लमजुङ अबदेखि माछामा समेत आत्मनिर्भर हुने भएको छ । पछिल्लो समय ५ युवाले संयुक्त रूपमा २ सय १० रोपनी क्षेत्रफलमा माछापालन व्यवसाय सुरु गरेसँगै जिल्ला माछाको मासुमा आत्मनिर्भर हुने भएको हो । ७० लाखका माछापालन : राईनास–५ कैनीटारमा सुरु गरिएको पौडेल एग्रो फार्ममा हाल ७० लाख माछा पालिएको […]

जडिबुटीको अवैध चोरी निकासी बढ्यो

जाजरकोट।  जाजरकोटको उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटीको अवैध चोरी निकासी बढ्दै गएको छ। सम्बन्धित निकायको उदासीनताका कारण चोरी निकासी बढेको हो। सप्लायर्सले राजस्व छल्न अवैध किसिमले निकासी गर्दै आएका छन्। तर नियामक निकायले बेवास्ता गर्दा लाखौं रुपैयाँको राजस्व घाटा लागेको हो। जिल्लाकोे उत्तरी क्षेत्र चाखुरे, देउराली, साइकुबारी, सागबारी, बुराउसे, ठाकुरजी, रोल्पापाटन तथा जिल्लाका उच्च […]

सामूहिक रुपमा गाईपालन

काठमाडौं । महोत्तरीको बर्दिवास–८ हाथीलेट लटियानीटोलमा ओम नुङ्गेली मगर, वीरेन्द्र महतो, सत्यनारायण महतो, राजनारायण महतो र दिलबहादुर किङ्रिङ मगरले सामूहिक रुपमा गाईपालन गर्नुभएको छ । उक्त समूहले प्याक्टको रु ३४ लाख ९९ हजार अनुदान तथा आफ्नो रु ३६ लाख ४४ हजारको लागतमा गाईपालन व्यवसायमा शुरु गरेको हुन् । समूहले हालेस्टेन र जर्सी जातका २० वटा […]

किसानहरु घिउ कम मूल्यमा बेच्न बाध्य

झापा । झापामा घिउको मूल्यमा कमी आएको छ । घिउको बिक्री कम हुन थालेपछि उत्पादकले मूल्य घटाउन थालेका छन् । जिल्लाको सबैभन्दा ठूलो डेरी उद्योग एनएमसीले चैत १० गतेदेखि लागू हुने गरी प्रतिकिलो घिउको मूल्यमा रु ५० घटाएको छ । अहिले घिउ प्रतिकिलो रु ६५० मा बिक्री भइरहेको छ । एनएमसीले संकलित दूध स्थानीय बजारमा […]

पाँचथरबाट १४ करोड रुपैयाँ बढीको अकबरे निर्यात

फिदिम । यो वर्ष पाँचथरबाट १४ करोड रुपैयाँभन्दा बढीको अकबरे खुर्सानी जिल्लाबाहिर निर्यात भएको छ । आर्थिक वर्ष ०७३ र ०७४ मा प्रतिकेजी २५० रुपैयाँका दरले बिक्री गर्दा १४ करोड ३४ लाख ५० हजार रुपैयाँको खुर्सानी जिल्लाबाहिर निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताए । १९७ हेक्टर क्षेत्रफलमा […]

धान उत्पादन क्षेत्र घडेरीमा परिणत

पाल्पा। एक दशक अगाडि चैत शुुरु भएपछि चैते धान रोप्न पाल्पाका कृषकलाई निकै चटारो हुन्थ्यो । गाउँघरमा पालैपालोसँग चैते धान रोप्न थाल्दा कृषकलाई दिन गएको पत्तो हुँदैनथ्यो । अहिले चैते धान रोप्न छाडिएपछि कृषक फुर्सदिला बनेका छन् । चैते धान खेती गर्ने परम्परा यहाँ वर्षेनी कम हुँदै गएको छ । युवा जनशक्ति विदेश पलायन हुनथालेपछि पछिल्लो […]

राजनीतिसँगै भैँसीपालन

स्याङ्जा। युवा अवस्था लडाइँमा खर्चनु भएका वालिङ नगरपालिका–९ का ताराप्रसाद भुसालले भैँसीपालनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । दुई वर्षदेखि वालिङ नगरपालिका–१ त्रियासीमा सञ्चालन गरेको भैँसी फार्मबाट मनग्य आम्दानी गर्नुभएको हो । २०४७ सालदेखि राजनीतिमा होमिनुभएका भुसालको राजनीतिसँगै गोबर फाल्ने, दाना खुवाउने, दूध दुहुने र दूध वितरण गर्ने दैनिकी बनेको हो । उहाँ अहिले नेकपा माओवादी […]

आलु खेतीबाट समृद्धि खोतल्दै जिमूहाका किसान

वालिङ । गल्याङ नगरपालिका–११ जिमूहाका किसानले सामूहिक आलु खेतीका माध्यमबाट आर्थिक समृद्धिको बाटो रोजेका छन् ।जिमूहा कृषि उपज कृषक सहकारी संस्थामा आवद्ध ५६ जना कृषकले दश रोपनी जग्गामा आलु खेती गरेका हुन् । “स्थानीय कृषकले निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आउनुभएको आलु खेतीलाई थप व्यवस्थित बनाउँदै ब्यवसायिकरुपमा अघि बढाउन संस्था दर्ता गरी समूहमार्फत खेती सुरु […]

भारतीय केराको आयात रोक्न माग

कैलाली। कञ्चनपुरका केरा उत्पादक किसानले भारतीय केराको आयात रोक्न माग गरेका छन् । भारतीय केरा आयातमा लगाइएको भन्सार शुल्क नियमअनुसार बढाएर आयातलाई निरुत्साहित गर्न माग गरेका हुन् । क्वारेन्टाईन चेकजाँचविना आयात हुने केरासंग प्रतिस्पर्धा गर्न नसक्दा नेपालको केरा व्यवसाय धरासायी हुने जोखिम बढेको छ । भारतीय उत्पादन सस्तो हुने भएकाले प्रतिस्पर्धा गर्न नसक्दा नेपाली उत्पादन […]