गण्डकी। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभाबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई प्रमाणीकरण गरेका छन्।

गत असार २५ गते प्रदेशसभा बैठकबाट पारित उक्त विधेयकलाई प्रदेश प्रमुखले सन्देशसहित पुनःविचारका लागि यही साउन ८ गते प्रदेशसभामा फिर्ता पठाएकामा प्रदेशसभाबाट गत शुक्रवार पुनःपारित भएको थियो।

सोही दिन प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको उक्त विधेयकलाई प्रदेश प्रमुखले  प्रमाणीकरण गरेका कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिए।

प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएसँगै गण्डकी प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजाखेतीले कानुनी मान्यता पाउने भएको छ।