समाचार

विषादी भेटिए पनि कारबाही भएन

काँकडभिट्टा।  तरकारी तथा फलफूलमा विषादी जाँच्ने प्रविधि भित्रिएपछि परीक्षणबाट अखाद्य र हानिकारक ठहरिएका वस्तुको पहिचान हुनथालेको छ । प्रयोगशालामा परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक ठहरिएका वस्तुको बिक्री रोक्नेतर्फ भने हालसम्म पहल हुनसकेको छैन । कृषि विभागको बाली संरक्षण निर्देशनालयले विर्तामोडको कृषि थोकमा ‘विषादी अवशेष द्रुत विश्लेषण एकाइ’ अन्तर्गत प्रयोगशाला स्थापना गरेपछि तरकारी तथा फलफूलको दैनिक नमूना […]

उखुको न्यूनतम समर्थन मूल्य सिफारिस

काठमाडौं । लामो विवादपछि कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य सिफारिस गरेको छ । कृषि सचिवको संयोकजत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको समितिले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो । स्रोतका अनुसार उक्त समितिले प्रतिक्वीन्टल उखुको मूल्य पाँच सय ३६ रुपैयाँ ५६ पैसा सिफारिस गरेको छ । गत मंसिरमै […]

एक छाक तरकारी किन्न झोला भरि नोट !

एजेन्सी । दुनियाँको यस्तो देश हो जहाको आधा अर्थव्यवस्था केवल पर्यटनमा टिकेको छ । उक्त देश उत्तरी अफ्रीका अदनको खाडी नजिक स्थित सोमालील्याण्ड हो । सोमालील्याण्ड १९९१ मा सोमालियाबाट अलग भएर नयाँ देश बनेको थियो । अहिलेसम्म यस देशलाई कुनैपनि देशले मान्यता दिएको छैन । एक रिपोर्टअनुसार यस देशमा करीब ४० लाख जनसंख्या रहेको छ […]

आम्दानीको भरपर्दो स्रोत बन्दै कफीखेती

काभ्रे। मण्डनदेउपुर नगरपालिका कृषकको भरपर्दो आम्दानीको स्रोत कफीखेती बन्दै गएको छ । एकपटक रोपेपछि पटक–पटक रोपी रहनु नपर्ने, नियमित सिँचाइ र मलको आवश्यकता नपर्ने जस्ता कारणले गर्दा कफीखेती गर्न किसानलाई सजिलो भएको छ । नगदे बाली कफी अहिले जिल्लाका सुख्खा डाँडामा लटरम्म हुने गरी फलेको देखिन्छ । वर्षमा २ पटक आम्दानी लिन सकिने कफीखेती गरिएको […]

प्रभावकारी बन्दै भूमिगत सिँचाइ

काठमाडौँ। भूमिगत सिँचाइका कार्यक्रम सञ्चालन भएपछि तराईका विभिन्न जिल्लामा खाद्यान्न, फलफूल र दलहनको पकेट क्षेत्र घोषणा गरिएका छन्। सतह सिँचाइ नहर, कुलोबाट सिँचाइ सुविधा पुग्न नसकेको क्षेत्रमा भूमिगत सिँचाइको विकासले गर्दा तराईका विभिन्न जिल्लालाई खेतीको सम्भाव्यताको अध्ययन गरी खाद्यान्न, फलफूल तथा दलहन उत्पादनको पकेट क्षेत्र घोषणा गर्न सहज भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ […]

कृषि तथा औद्यौगिक मेला चैत १५ देखि

विराटनगर। बूढीगंगाको पहिचान हाम्रा अभियान नाराका साथ स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई प्रचार प्रसार गरी उपभोक्तालाई आकर्षण गर्ने उद्देश्यका साथ मोरङको बूढीगंगा गाउँपालिकामा कृषि तथा औद्योगिक मेला आयोजना गरिने भएको छ । मेला आयोजक समाज विकास केन्द्र नेपालद्वारा शनिबार विराटनगर पत्रकार सम्मेलनमा यही चैत १५ देखि २५ गतेसम्म बूढीगंगा–३ गकुवा चौकमा आयोजना गरिने मेलामा ४९ वटा […]

उखुको भुक्तानी रोके कारबाही

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उखु किसानलाई तुरुन्त भुक्तानी नदिए चिनी उद्योगीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । कृषिमन्त्री चक्रपाणि खनालको समेत उपस्थितिमा उद्योग मन्त्रालयमा शनिबार भएको छलफलमा मन्त्री यादवले किसानको उखुको भुक्तानी रोके ठगी मुद्दामा उद्योगीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । छलफलमा दुवै मन्त्रालयका सचिव, चिनी उद्योगी, सर्लाहीका सांसद र […]

कृषि तथा पशुपालनका लागि विशेष योजना बनाइने

धनगढी । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले कृषिमा आधुनिकिकरण तथा कृषि र पशुपालन क्षेत्रका लागि विशेष योजना बनाउने बताएका छन् । पाराभेटेनरी एण्ड लाइभष्टक एसोसिएसनको प्रदेश नम्बर ७ को प्रथम भेलाको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले कृषि तथा पशुपालनका लागि पर्याप्त श्रोत भएकाले किसानलाई पशुपालन र कृषिमा आत्मनिर्भर बनाउन सरकारले विशेष योजना […]

हरीयाली बनाइँदै राजधानी

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरको सौन्दर्य कायम गर्न महानगर क्षेत्रका मुख्य सडकमार्गमा वृक्षरोपण गर्ने भएको छ । वनस्पति विभाग, वन कार्यालय र फ्लोरिकल्चर एसोसियसनको कहयोगमा १५ वटा सडकमार्गमा १५ हजार ६ सय ७६ वटा वृक्षरोपण गर्न लागिएको हो । काठमाडौं महानगरपालीका  विभागका प्रमुख हरि कुँवरले महानगर क्षेत्रको ४७ किलोमिटर क्षेत्रमा वृक्षरोपण गर्न लागिएको जानकारी दिए ।उनले […]

पर्यटन प्रवद्र्धनसँगै प्रांगारिक उत्पादन

नुवाकोट। स्थानीय पञ्चकन्या फार्म हाउसले कृषिजन्य वस्तुलाई रसायनमुक्त गरी प्रांगरिक उत्पादन गर्न थालेको छ । स्थानीय गाउँलाई ‘प्रांगरिक गाउँ’ रुपमा रुपान्तरण गरी पर्यटन क्षेत्रको विकास गर्न यस्तो अभियान अगाडि सारिएको हो । काठमाडौंबाट करिब ५० किलोमिटरको दूरीमा रहेको पञ्चकन्या गाउँपालिका–३ मा धान, कोदो, मकै, अदुवा, कफी, सागसब्जीलगायत तरकारीको प्रांगरिक उत्पादन गरिएको छ । खसी, बोका […]