समाचार

खोरमा चल्ला राख्नु अघि ध्यान दिनुपर्ने कुरा

चल्लाको स्वास्थ्य धेरै हदसम्म खोरको सर-सफाई र स्वच्छतामा निर्भर हुन्छ । ह्याचरीबाट भर्खरै मात्र खोरमा ल्याईएको चल्लाको रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ । यस्तो अवस्थामा किटाणुसँग सम्पर्कमा आउनसाथ रोग लाग्ने सम्भावना उच्च रहन्छ । अघिल्लो लटको वयस्क कुखुराले खोरमा अनेक संक्रमणका किटाणुहरु छोडेर गएको हुन्छ । तसर्थ खोरमा एक लट कुखुरा पलिसकेर नयाँ लट पाल्ने […]

श्रीखण्ड रोपेर बन्न सकिन्छ धनी, एउटा बोटको आम्दानी ३ लाखसम्म !

डडेल्धुरा। जिल्लामा पहिलो पटक बहुमूल्य जडीबुटी श्रीखण्डको व्यावसायिक खेती शुरु गरिएको छ। जिल्लाका विभिन्न गाउँपालिकाका कृषकले श्रीखण्डको बिरुवा उत्पादन गरेर खेती गर्न थालेका छन्। नर्सरी स्थापना गरी श्रीखण्डका बिरुवा उत्पादन गर्न थालेको भागेश्वर गाँउपालिका–४ का खेमराज जोशीले बताए। उनले बगरकोटमा नर्सरी स्थापना गरेका छन्। जीवन निर्वाह गर्न बिरुवा उत्पादन गर्न शुरु गरेको हुँ, उनले भने। […]

किसान चैते धानतर्फ आर्कषित

चितवन। चितवन जिल्लाको पूर्वी क्षेत्रमा यति बेला चैते धान लगाउने चटारो शुरु भएको छ । चैते धानको उत्पादन पर्याप्त हुनेभएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन थालेका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेकाअनुसार पूर्वी चितवनको रत्ननगरदेखि पिप्लेसम्म राप्ती नजिकका क्षेत्रमा चैते धान लगाउन शुरु गरिएको छ । चैतको पहिलो सातावाट चैते […]

कृषि संरचना स्थानीय तहलाई

पर्वत। जिल्ला कृषि विकास कार्यालयका नाउँमा रहेका मातहतका सबै संरचना स्थानीय तहमा धमाधम हस्तान्तरण गर्न थालिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०४ अनुसार जिल्लास्थित कार्यालय स्थानीय तहलाई हस्तान्तरण गरिएका हुन् । चैत मसान्तभित्र कार्यालय खारेज हुने भएपछि कार्यालय मातहतका सेवा केन्द्र र उपकेन्द्रलाई स्थानीय तहमा बुझाउँदै लगिएको कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत […]

दाङ अण्डामा आत्मनिर्भर

दाङ। दाङ अण्डामा आत्मनिर्भर बनेको छ । जिल्ला पशु विकास कार्यालय दाङका अनुसार जिल्लामा उत्पादित ९० प्रतिशत अण्डा निर्यात हुने गरेको छ । जिल्लामा ८४ जना कृषकले सञ्चालन गरेको कुखुरा फर्ममा सात लाखभन्दा बढी लेयर्स कुखुरा रहेको र तीबाट दैनिक साढे दुई लाख अण्डा उत्पादन हुने गरेको जानकारी कार्यालय प्रमुख चन्द्रबहादुर रानाले दिनुभयो । उहाँका […]

अष्ट्रिच पालन

  अष्ट्रिच पालन पशुपालन व्यवशायको परिपुरकको रुपमा वढी नाफा मुलुक पशुपंक्षि पालन व्यवशायको रुपमा निकट भविष्यमा स्थापीत हुने सम्भावना देखिन्छ । अष्ट्रिचको उत्पती अफ्रिकामा भएको हो तर उड्न नसकने चरा प्रजातीले आफ्नो पद चिन्ह भारत नेपालमापनिे यस चरा पालन व्यवशाय प्रति पशुपंक्षि व्यवशायीहरुको बढदो चासो ले पुष्टी गर्दछ । अष्ट्रिच पालनमा लगानीको धेरै नाफा प्राप्त […]

लाजवन्ति झार

एजेन्सी। लज्जाबति झारलाई लाजवंती वा लाजमान्ने झारको नामले पनि चिनिन्छ। यसको बानस्पतिक नाम भने माईमोसा पुदिका हो। हात वा अन्य कुनै बस्तुले छुने बित्तिकै यसको पात ओइलाएर बन्द हुने हुनाले यसलाई लाजवन्ति झार भनिएको हो। गाउँघरतिर यसलाई गाइबस्तुको घाँसको रुपमा पनि प्रयोग गरिन्छ।यस बाहेक यसलाई जडिबुटि वा औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ। अभुमका हर्बल […]

मौरी पालेर विद्यालय सञ्चालन

धादिङ। बेनीघाट रोराङ गाउँपालिका–२ मा रहेको रावलडाँडा आधारभूत विद्यालयमा मौरीपालन गरेर विद्यालयको स्रोत जुटाइएको छ । विद्यालय सञ्चालनका लागि आर्थिक अभाव भएपछि मौरीपालन शुरु गरिएको हो । सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्न तथा तह बढाउन अनुमति दिने तर शिक्षक दरबन्दी नपठाउने भएपछि सामुदायिक विद्यालय व्यवस्थापन समितिले नै शिक्षकलाई निजी स्रोतमा तलब खुवाउनका लागि मौरीपालन शुरु […]

विदेशको पसिनाले सिकाएको पाठ : भैंसीपालनबाटै मनग्य आम्दानी

दाङ। दाङको तुलसीपुर–६ गोलौराका ठगेन्द्र डाँगीको परदेशको पीडा भुलाउने माध्यम भैँसीपालन व्यवसाय बनेको छ । दुई दशकसम्म भारतका विभिन्न सहरमा मजदुरी गरेर फर्कनुभएका डाँगीको परदेशको पीडा भुलाउने मात्र नभई परिवार धान्ने माध्यम बनेको छ, भैँसीपालन व्यवसाय । दुईवटा भैँसीबाट व्यवसाय सुरु गर्नुभएका डाँगीको फर्ममा अहिले १० वटा भैँसी छन् । सबै भैँसीले दूध दिने गरेको […]

जलस्रोत नीति ल्याउने सरकारी तयारी

काठमाडौं । सरकारले एकीकृत राष्ट्रिय जलस्रोत नीति ल्याउने तयारी गरेको छ । लामो समयदेखि सो नीति ल्याउने तयारी गरेको बताउँदै आए पनि काम भने हुन नसकेको सन्दर्भमा वर्तमान सरकारले त्यसलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको अवसरमा जल तथा ऊर्जा आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा […]