काठमाण्डौ। प्रत्येक नेपालीको थाप्लोमा ऋणको भारी थपिएको छ । गत वर्ष भन्दा यो वर्ष नेपालीको थाप्लोमा २ हजार १ सय ४७ रुपैयाँ ३४ पैसाको दरले ऋणको भारि थप भएको हो ।

महालेखापरीक्षकको कार्यालयले बिहीबार ५५ औं लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।अब प्रत्येक नेपालीको थापलोमा २४ हजार २ सय ७६ रुपैयाँ ७५ पैसा ऋणको दायीत्व सिर्जना भएको छ ।

महालेखा नियन्त्रक कार्यालयले पेश गरेको विवरणमा २०७३/ ७४ सम्म नेपाल सरकारको कुल ऋण दायीत्व ६ अर्ब ९७ अर्ब ६९ करोड रहेको छ । जसमध्ये आन्तरिक ऋण रु.२ खर्बको ८३ अर्ब ७१ करोड र वैदेशिक ऋण रु.४ खर्ब १३ अर्ब ९८ करोड रुपैयाँ रहेको देखिएको छ । सो ऋण २०७३ /७४को कुल ग्राहस्थ उत्पादनको २६.८४ प्रतिशत रहेको छ ।

जसमा आन्तरिक ऋण १०.९१ प्रतिशत र वैदेशिक ऋण १५.९३ प्रतिशत रहेको छ । कुल जनसंख्या २ करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यो वर्षसम्म प्रतिव्यक्ति कुल दायीत्व बढेर २४ हजार माथि पुुगेको लेखा प्रतिवेदनले देखाएको छ ।