समाचार

प्रदेश २ लाई हरित प्रदेश बनाइने

काठमाडौं । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबावु राउतले उक्त प्रदेशलाई हरित गर्ने प्रतिवद्धता जनाएका छन् । मुख्यमन्त्री राउतले आफ्नो सरकारको सय दिने बिशेष कार्यक्रम सार्वजनिक गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् । प्रदेश नम्बर दुईलाई कृषिमा आत्मनिर्भर बनाउन अन्न उत्पादन, तरकारी खेती, माछा पालन, फलफूलखेतीलाई प्रोत्साहन गरी हरित प्रदेशको रुपमा विकाश गरिने मुख्यमन्त्री राउतले जानकारी दिए […]

मेल्लेख गाउँपालिका पशुपालनमा आत्मनिर्भर

अछाम। मेल्लेख गाउँपालिका पशुपालनमा करिब आत्मनिर्भर बनेको छ । यहाँ सबैजसो वडाका किसान पशुपालनका हिसाबले निकै अगाडि भएका कारण गाउँपालिका नै पशुपालन र मासुजन्य वस्तुमा करीवकरीव आत्मनिर्भर अवस्थामा देखिएको हो । मेल्लेख गाउँपालिकामा आवश्यक बाख्रा र भैँसी तथा त्यसबाट प्राप्त हुने मासु र दूधजन्य वस्तुको बाहिरबाट आयात बन्दजस्तै रहेको बताइएको छ । १० वटै स्थानीय […]

नेपालमा पहिलोपटक आयुर्वेद गोष्ठी हुने

काठमाडौं। नेपालमा पहिलोपटक राष्ट्रिय आयुर्वेद गोष्ठी तथा प्रदर्शनी हुन लागेको छ । आयुर्वेदमा पछिल्लो समयमा भएका खोजी अनुसन्धान र उपलब्धिबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले पहिलोपटक गोष्ठी आयोजना हुन लागेको हो । नेपाल विद्यार्थी समाजको आयोजनामा आगामी चैत २४ गतेबाट काठमाडौँको कीर्तिपुरमा हुने गोष्ठीमा देश विदेशबाट आएका विज्ञले आयुर्वेदको विकास र पछिल्ला उपलब्धिबारे जानकारी दिने बताइएको […]

१० वर्षयताकै ठूलो असिना–पानी, करोडौंको क्षति

रौतहट। रौतहटको दक्षिणी भेगमा असिना–पानीबाट किसानले लगाएका करोडौं मूल्य बराबरको बालीनाली नस्ट भएको छ । शुक्रबार परेको असिना–पानीले किसानले लगाएको हाइब्रिड मकै, मुसुरो, गहुँ, आँपलगायत विभिन्न तरकारी बालीमा क्षति पुर्‍याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको हो । क्षतिको यकिन तथ्यांक आउन नसकेपनि करोडौं रुपैयाँको क्षति भएको अनुमान कार्यालयको छ ।यो वर्ष आँपको उत्पादन वृद्धि हुने […]

लामो समय गोलभेडा ताजा राख्ने प्रविधि

सबैको भान्छाघरमा खानाको स्वाद बढाउने एउटा कमन तरकारी हो, गोलभेडा । यो गोलभेडाको स्वाद ताजा रहँदासम्म मात्रै मिठो हुन्छ । गोलभेडा पुरानो हुँदै गएपछि यसको स्वाद विग्रदै जान्छ । फ्रिजमा पनि तीन चार दिनसम्म मात्र यसको स्वादलाई मिलाएर राख्न सकिन्छ । तर चिन्ता मान्नु पर्दैन, अब गोलभेडालाई ३० दिनसम्म ताजा राख्न सकिन्छ । भारतको हैदरावादस्थित […]

आलुको बीउ बेचेरै वार्षिक नौ लाख भन्दा बढी आम्दानी

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४, उग्रचण्डी नालाका किरण श्रेष्ठले आलुको बीउ बेचेर वार्षिक रु नौ लाखको आम्दानी गरिरहेका छन् । विसं २०६६ बाट प्रगतिशील युवा कृषक समूह खोलेर आलुको बीउ उत्पादन गर्दै आउनुभएका श्रेष्ठले अहिले वार्षिक एक लाख १० हजारवटा आलुको बीउ बिक्री गर्दै आइरहनुभएको छ । शुरुमा सानो लगानीबाट बाँस र काठको ग्रिन […]

प्रदेश १ लाई कृषिमा आत्मनिर्भर बनाउने प्रतिबद्धता

विराटनगर। प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले एक नम्बर प्रदेशलाई दूध, फलफूल र मासुमा आत्मनिर्भर बनाउने बताएका छन् । मंगलबार विराटनगरमा रहेको दूग्ध विकास संस्थानको वितरण केन्द्र निरीक्षण गर्दै मन्त्री आङ्बोले कृषकले उत्पादन गरेको दूध संकलनलाई व्यवस्थित गरी प्रदेशलाई दूधसँगै फलफूल र मासुमा समेत आत्मनिर्भर बनाउने गरी सरकारले योजना बनाउने जानकारी […]

भैँसीपालनबाट मासिक डेढ लाख आम्दानी

रामपुर। विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक रु एक लाख ५० आम्दानी गर्न सफल भएका छन् ।उनले उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ८० देखि ९० लिटरसम्म दूध बिक्री गर्छन् । अर्याल करीव दश वर्षदेखि भैँसीपालन व्यवसायमा छन् । उनले उत्पादन गरेको दूध स्थानीय रामपुर बजारमा खपत हुन्छ । पैसा कमाउनका लागि विदेश चाहर्नेका लागि […]

उपत्यकामै ६० प्रतिशत किसानको पहुँचमा थोपा सिंचाई

ललितपुर। काठमाडौंँ उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइ गर्न थालेका छन् ।एक दशकयता तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो । थोपा सिँचाइका कारण जनशक्ति र पानी दुवैको बचत भएको छ । काठमाडौँ उपत्यकामा पानीको कमीका कारण थोपा सिँचाइ उपयुक्त […]

कृषकनै कृषि उपज खरिद गर्दै

दुधौली। दुई वर्ष अघिसम्म आफूले उत्पादन गरेको तोरी बेचेर घर खर्च जुटाउँदै आउनुभएका दुधौली नगरपालिका–२ निवासी कृषक रामहरि बराल अहिले भुटुनका रूपमा प्रयोग गर्ने तेल किन्नु हुन्छ । आफ्नो भएको चार कट्ठा जमिन कमला नदीले बगाएपछि तोरी खेती गर्ने जमिनको अभावमा उल्टै किनेर उपभोग गर्नु परेको उहाँको गुनासो छ । कृषकक बरालले भन्नुभयो, नत्र आफ्नै […]