समाचार

नुवाकोटमा यस बर्ष एक अर्ब ११ करोडको आलु उत्पादन

नुवाकोट । नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम आर्जन गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए । “अघिल्लो वर्षको भन्दा आलु लगाउने क्षेत्रफल र […]

नेपाली कफी विश्वबजारमै अब्बल

काठमाडौं। नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिश्पर्धामा अब्बल स्थापित भएको हो । दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० स्कोर (अंक) पाएको हो । अमेरिकामा रहेको कफी अन्सल्टिङ कम्पनीले विभिन्न मापदण्ड बनाएर कफी परीक्षण […]

प्रधानमन्त्रीको भारत भ्रमण कृषिका एजेण्डा के ?

काठमाडौं।  प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले प्राथमिकताका आधारमा एजेन्डा छनोट गरेको छ । मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी राष्ट्रिय महत्वका एजेन्डा परराष्ट्र मन्त्रालयलाई बुझाइएको हो । परराष्ट्रलाई बुझाइएका यस्ता एजेन्डाले प्रधानमन्त्री ओलीको भ्रमणमा प्रवेश पाउने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण चैत २३ गतेदेखि हुँदैछ […]

कृषि उद्यमशीलता विकास गर्दै ‘किसानको पोको’

काठमाडौं। बजारमा भेटिने मिसावटयुक्त र अखाद्य वस्तु छुट्याउन नसकेर हैरान हुनेलाई मिठो र अर्गानिक उत्पादन पस्कँदै आएको ‘किसानको पोको’ कार्यक्रमले कृषकहरुमा पनि कृषि उद्यमशीलता पनि बढाउँदै लगेको छ । सो कार्यक्रमले राजधानीमै बसेर दुर्गम र विकट क्षेत्रमा उत्पादित स्वच्छ कृषिजन्य वस्तु उपभोग गर्ने रहर पुरा गर्दै आएको छ । उपभोक्ताहरुको त्यही रहर पुरा गर्नका लागि […]

बढ्न थाल्यो तरकारीको भाउ

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजारमा चैत यता तरकारीहरुको भाउ बढेको देखिन्छ । कालिमाटी फलफूल तथा तरकारी बजार समितिको तथ्याङक अनुसार गोलभेडा, आलु, काउली, मुला, च्याउ, गान्टे मुला, काक्रो, लसुन, हरियो धनीया, ब्रोकाउली लगायतको भाउ बढेको हो । नेपालमा तरकारीको उत्पादन कम भएकाले आयात गरेर बिक्री गर्नुपर्ने अवस्थाका कारण मूल्य बढ्न गएको कालिमाटी फलफूल तथा […]

पशुपक्षी बीमा गराउने क्रम बढ्दै

दाङ। पछिल्लो समयमा जिल्लाका पशुपालक किसानमा पशुपक्षीको बीमा गराउने क्रम बढेको छ । बीमा गराउँदा सरकारले अनुदान दिन थालेपछि दाङ जिल्लामा पशुपछी बीमा गराउने क्रम बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । पशु बीमा गर्दा लाग्ने खर्चमध्ये ७५ प्रतिशत रकम सरकारले अनुदानबापत बीमा कम्पनीलाई भुक्तानी दिएसँगै पशुपक्षी बीमा गराउने क्रम बढेको कार्यालयका प्रमुख […]

बढेन लसुन र प्याजको उत्पादन

ललितपुर। उत्पादन लिनका लागि लामो समय लाग्ने हुँदा व्यावसायिक रूपले खेती गर्दै आएका किसान लसुन र प्याजखेतीमा आकर्षित छैनन् । नेपालमा अरु खालका तरकारीको उत्पादन बढे पनि लसुन र प्याजको उत्पादन भने नबढेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो । काठमाडौँ उपत्यका र त्यस आसपासमा […]

एकै पटक दुइ सिंचाई आयोजनाको निर्माण कार्य सुरु

कपिलवस्तु । सिंचाईको समस्याले समस्यामा परेका किसानहरुको लागी कपिलवस्तु नगरपालिकामै एकै पटक दुई वटा सिचाइ आयोजनाको काम सुरुवात भएको छ । सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु नगरपालिकामा एकै पटक दुई सिचाई आयोजनाको निर्माण सुरु भएको छ । कपिलवस्तु नगरपालिका– २ मा लम्तीय सिचाई आयोजना र नगरपलिको वडान नम्बर ८ मा दोहनी सिंचाई आयोजनाको निर्माण सुरु भएको […]

सरकारी जागिरभन्दा दूधको व्यापार राम्रो

सिरहा। सरकारी जागिर भनेपछि मान्छे हुरुक्क हुन्छन् तर निजामती सेवाको खरिदारमा कार्यरत लहान नगरपालिका–१४ का शिवकुमार कामतीलाई दूधको व्यापारमै सन्तुष्टि मिलेको छ । जिल्ला प्राविधिक कार्यालय सिरहामा खरिदार पदमा कार्यरत ४४ वर्षीय शिवकुमार कामतीले कार्यालयभन्दा बाहिरको समयमा दूध खरिद बिक्री गरेरै मासिक ३५ हजार रुपियाँभन्दा बढी आम्दानी गर्नुहुन्छ । दूधको व्यापार गरेको दुई वर्षमै उहाँले […]

कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नु आवश्यक : कृषिमन्त्री खनाल

कपिलवस्तु।खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिनुभएको छ । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका जिल्ला शाखाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति र भूउपयोग नीति आवश्यक रहेको बताउनुभयो । […]