समाचार

लिने हैन अनुदान !१५ दिनभित्र सम्झौता गर्नु पर्ने

काठमाडौं। पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयमा तपाईले प्रस्ताव हाल्नु भएको छ रु यदी छ भने तपाईलाई पनि २ लाख रुपैयाँ दिनका लागि सरकारले बलाएको छ । पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयले मुलुकभरका २५० पशुपन्छी सम्बन्धि उद्योगी व्यवसायीलाई २ लाखको दरले ५ करोड रूपैयाँ अनुदान दिने भएको छ । अनुदान लिनका लागि छनौट भएका संस्थालाई निर्देशनालयले बोलाएको हो […]

४० अर्ब १४ करोडको कृषि बजेट

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि कृषि क्षेत्रलाई ४० अर्ब १४ करोड ५ लाख रकम विनियोजन गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत् संघ, प्रदेश र स्थानीय तहका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरेको गरिएको छ । केपी शर्मा ओली सरकारले चार वटा मन्त्रालय गाभेर एउटै बनाएको नयाँ मन्त्रालयअन्तर्गत संघीय मन्त्रालयका लागि […]

कुखुरा पालक किसानलाई ७५ प्रतिशत अनुदान

काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत विगतमा दिंदै आईरहेको प्रस्तावमा आधारमा दिइने अनुदानलाई रोक्दै कुखुरा पालन गर्ने किसानहरुलाई उत्पादनका आधारमा अनुदना दिने घोषणा गरेका छन् । बजेटमा कृषि तथा पशुधन बीमाका विषयमा भने पुरानै ७५ प्रतिशत प्रिमियम अनुदान दिने घोषणा गरिएको छ । १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत हुँदा […]

किसानले लिएको सबै ऋण मिनाहा !

काठमाडौं। सरकारले किसानको सबै ऋण मिनाहाको घोषणा गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक बजेटमा साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने उल्लेख छ। त्यस्तै, सरकारले २५ हजार नागरिकलाई अनुदानमा गोबर ग्यास बनाइदिने भएको छ। संसदमा प्रस्तुत बजेटमा २५ हजार परिवारलाई गोबर ग्यास दिन ५० करोड अनुदान […]

मौरीपालनका लागि मौरी र घार वितरण

चितवन। मौरी पकेट क्षेत्रका रुपमा परिचित पहाडी क्षेत्र कोराक र लोथरका किसानलाई व्यावसायिक मौरीपालनका लागि मौरी र घार वितरण गरिएको छ । राप्ती नगरपालिकाको आयोजनामा यहाँको पहाडी क्षेत्रका ३० किसानलाई करीब रु १४ लाखको अनुदानमा मौरी र घार वितरण गरिएको हो । नगरपालिकाले किसानलाई मौरीसहितको ११५ घार र १५० खाली घार वितरण गरेको हो । प्रधानमन्त्री […]

खेतीयोग्य दुई करोड ६० लाख रोपनी जमीन बाँझैं

काठमाडौँ । आगामी पाँच वर्षभित्र कृषि क्षेत्रको परनिर्भरता घटाउन प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७५/७६ का लागि जारी गरिएको आर्थिक सर्वेक्षणमार्फत सो प्रक्षेपण गरिएको हो । दाल, तरकारी, चामल, मकै, मासु, फलफूललगातयका खाद्यन्न भारत र चीनबाट आयात गरिँदै आएको छ । हाल प्रतिमहिना रु एक अर्बको चामल आयात हुन्छ । सरकारले राज्यको आम्दानी र […]

विश्वकै अग्लो स्थानमा रोपियो धान

खलङ्गा। विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान जुम्लामा कालीमार्सी धान रोपिएको छ । हिमाली जिल्ला जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्युलोमा धान रोप्न सुरु गरिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा धान फलेको रेकर्ड गिनिजबुक अफ द वल्र्ड रेकर्डमा कायम छ । यससँगै छुमचौर ज्युलोमा कालीमार्सी धान रोप्न सुरु गरिएपछि सर्वत्र चासो बढेको […]

धानखेतीमा जलवायु परिवर्तनको असर

ललितपुर। सुनाकोठीका हरी महर्जनलाई गत चैतदेखि अर्थात् वर्षा पहिले नै पानी परिरहेकाले कतै असारमा सुक्खा भएर धान रोप्न नपाइने हो कि भन्ने चिन्ता छ। पहिले पहिले वैशाख– जेठमा गर्मी र असार लागेपछि वर्षा शुरु हुन्थ्यो । अहिले कुन महिनामा कस्तो मौसम हुन्छ भन्ने टुङ्गो छैन। त्यसैले असारमा पानी नै नपरेर सुक्खा हुँदा रोपाइँ गर्न नपाइने […]

कुल गार्हस्थ्य उत्पादनमा कृषिको हिस्सा घट्दो

काठमाडौं। मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गइरहेको छ । कुल गार्हस्थ्य उत्पादनमा एकतिहाइ हिस्सा रहेको भनिएको कृषि क्षेत्रको योगदान पछिल्लो समय घट्दै गएको हो । पछिल्लो समय मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ दशमलव ६ प्रतिशतमा झरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । गत आर्थिक वर्ष २०७३÷७४ मा मुलुकको कुल […]

च्याउको बीउ : माग धेरै उत्पादन थोरै

कञ्चनपुर। कन्ये च्याउको बीउको माग धेरै भए पनि उत्पादन थोरै हुँदा किसानले अन्यत्रबाट बीउ ल्याएर व्यावसायिक खेती गर्दै आएका छन् । पाँच वर्षयता थोरै समयमा धेरै आम्दानी दिने च्याउखेतीमा आकर्षण बढ्दै गए पनि सबै किसानले बीउ नपाउँदा अन्यत्र जिल्लाबाट च्याउको बीउ ल्याई व्यावसायिक खेतीलाई निरन्तरता दिँदै आएका छन् । बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली […]