ललितपुर। यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रम काठमाडौंको दक्षिणकाली नगरपालिकामा हुने भएको छ ।

काठमाडौंको दक्षिणकाली नगरपालिका स्थत वडा नम्बर ३ मा असार १५ गते धान दिवसको बिशेष कार्यक्रम गरिने कृषि विभागले जनाएको छ ।

असार १५ गते देशभरका कृषकले दहीच्युरा खाएर धान रोप्दै मनाउँदै आएका छन् । यो दिन हिलाम्य खेतमा जानुपर्ने पौराणिक मान्यता पनि छ । नेपालमा चामलको माग उच्च रहेकाले धान उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन भइरहेको कृषि विभागका महानिर्देशक सुर्यप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बुधबार ललितपुरस्थीत कृषि विभागमा आयोजित पत्रकार सम्मेलनमा उहाले धानमा मुलुकलाई आत्मनिर्भर बनाउन पनि दिवसले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका ३३ जिल्ला अझै पनि खाद्यान्न न्यूनमात्र उत्पादन हुने जिल्लामा पर्छन् । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ५५ प्रतिशत हिस्सा धान खेतीले ओगटेको छ ।

समुद्र सतहदेखि ६० देखि संसारकै सबैभन्दा उच्च स्थान जुम्लामा ३ हजार ५० मिटर उचाइसम्म धान उत्पादन हुन्छ । तर, कृषिमन्त्री खनाल कपिलवस्तुको तिलौैराकोटमा आयोजना हुने रोपाइँ महोत्सवमा सहभागी हुने निजी सचिव अर्जुन भण्डारीले जानकारी दिए ।

तिलौराकोट त्यो ऐतिहासिक ठाउँ हो, जहाँ राजा शुद्धोधनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन चलाएको किम्वदन्ती छ । यसपटक सोही स्थानमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री खनालले खेत जोत्ने र धान रोप्ने उनको सचिवालयले जनाएको छ ।

गृहजिल्ला कपिलवस्तुको धान रोपाइँमा सहभागी हुन कृषि मन्त्री खनाल बुधबार नै धादिङ हुँदै त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

निजी सचिव भण्डारीका अनुसार यसपटक राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई पर्यटन प्रवर्द्धनसँग जोडेर मनाइनेछ । यसका लागि लुुम्विनी विकास कोषसँग मिलेर तिलौराकोटमा भव्य कार्यक्रम आयोजना गरिन लागेको हो ।

कार्यक्रम तिलौराकोट दरवारको पूर्वी ढोकातर्फ आयोजना हुनेछ । त्यसलाई ‘धान रोपाइँ मंगलोत्सव कपिलवस्तु’ नाम दिइएको लुम्बिनी विकास कोष कार्यकारिणी सदस्य तथा कार्यक्रम संयोजक राजेश ज्ञवालीले जानकारी दिए ।