काठमाडौं। सरकारले आगामी तीन वर्ष भित्र धानमा नेपाललाई आत्मनिर्भर बनाउने घोषणा गरेको छ।
१५औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको अवसर पारेर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आगामी ३ वर्ष भित्र मुलुकलाई धानमा आत्मनिर्भर बनाउने घोषणा गरेको हो।
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा युवकध्वज जिसीले सरकारले धानको उत्पादन वृद्धि गर्न आवश्यक बजेट, नीति र त्यसको कार्यान्वयनमा जोड दिने प्रतिवद्धता पनि व्यक्त गरे।
उनले यस वर्षको धान दिवसका कार्यक्रम धान उत्पादनको वृद्धिमा केन्द्रित हुने पनि बताए। भोलि असार १५ गते सरकारले देशभर धान दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ।
कृषि सचिव जिसीले धान दिवसमा सहभागी हुन पनि सबै कृषकहरुलाई आह्वान गरे।
सरकारले राष्ट्रिय धान दिवसको अवसर पारेर भोलि शुक्रबार काठमाडौंको दक्षिणकालीमा विशेष कार्यक्रम आयोजना गर्दैछ। कृषि सचिव जिसीले कार्यक्रमले धान उत्पादन वृद्धिका लागि आवश्यक नीतिगत निर्णय लिन सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरे।