समाचार

भैंसी गोठ उद्घाटनमा युवा तथा खेलकुद मन्त्री

काठमाडौं। काम नभएर फुर्सदमा रहेका मन्त्रीहरु भैंसी गोठ उद्घाटन कार्यक्रममा समेत सहभागि हुन थालेका छन् । आफ्नो मन्त्रालय संग सरोकार नराख्ने कृृषि मन्त्रालयको कार्यक्रममा खेलकुद मन्त्रीको उपस्थिती हुँदा कस्तो भयो होला ? हो त्यस्तै भएको छ जव खेलकुद मन्त्री भैंसी गोठ उद्घाटन कार्यक्रमा पुगे । युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा सिम सिम्ले नेपाने […]

सामूहिक, करार र सहकारी खेतीमा जोड

काठमाडौँ। हरेक वर्ष जस्तै यसवर्ष पनि सरकारले नीति तथा कार्यक्रममार्फत कृषिको विकासलाई महत्व दिएको छ । सरकारले राज्यको आम्दानी र खर्चको विवरण (बजेट) पेश गर्नु पहिले एक वर्षमा सम्पन्न गर्ने वार्षिक योजना (नीति तथा कार्यक्रम) राष्ट्रपतिमार्फत संसद्मा प्रस्तुत गर्ने क्रममा सो कार्यक्रम पनि समावेश गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुबै सदन (प्रतिनिधिसभा […]

धानबालीमा मरुवा रोगको प्रकोप

ललितपुर। धानबालीमा लाग्ने मरुवा रोग नियन्त्रण हुन नसक्दा किसानले पर्याप्तमात्रामा उत्पादन लिन सकेका छैनन् । शुरुमा पातमा देखिने रोग फैलिएर पूरै बोट नष्ट गर्ने कृषि विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुलीले बताए । मरुवा (ब्राल्ट) अहिले धानबालीमा लाग्ने सबैभन्दा ठूलो समस्याका रुपमा देखिएको छ । ‘नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले पनि लामो समयदेखि मरुवा रोग […]

बासनादार धानको अध्ययन गर्दै नार्क

ललितपुर। नेपालमा बासना आउने चामलको माग बढेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले त्यसमा अध्ययन थालेको छ। नार्कअन्तर्गतको कृषि विज्ञान महाशाखाले नेपालमा अहिलेसम्म पहाडी क्षेत्रमा बासना आउने चामलका लागि धानको बीउ सिफारिस गरेको छैन। महाशाखाअन्तर्गतको धान शाखामा कार्यरत प्राविधिक अतित पराजुलीले अहिले सबैतिर बिहे, व्रतबन्ध, सम्मेलनलगायतमा भोजका लागि बासनादार चामलको प्रयोग बढेको बताए। “पहाडी क्षेत्रमा […]

उखुको भुक्तानी पाउँदै किसान

विराटनगर। किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन्। सुनसरी–मोरङ उखु संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५३१ रुपैयाँ २१ पैसाको दरले उखुको भुक्तानी गर्नुपर्ने सम्झौता भएपनि ५०१ का दरले भुक्तानी गरिरहेका छन्। “लगभग ५० प्रतिशत किसानले उखुको भुक्तानी प्राप्त गरिसकेका छन्,” उनले भने। आउने असारसम्ममा सबै किसानले […]

प्रशोधन केन्द्र नहुँदा पचास करोडको जैतुन खेर

बाजुरा। जिल्लाका अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ । जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेशिन नहुँदा जैतुन खेर जान लागेकोप्रति स्थानीयवासी चिन्तित बनेका छन् । जंगलमा पाइने स्थानीय जातको जैतुन वर्षभरिमा करिब रु ५० […]

काठमाडौंमा वर्डफ्लू भेटियो, किसानको लाखौं लगानी डुब्दै

काठमाडौं। केही दिन अगाडि चितवनमा देखिएको वर्डफ्लु सरोकारवाला निकायले सर्तकता नअपनाउँदा काठमाडौंमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । काठमाडौंको उत्तरी क्षेत्र धर्मस्थलीमा वर्डफ्लु देखिएको हो ।उपत्यकामा वर्डफ्लु देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएकोे छ । बर्डफलु देखिएपछि राजधानीमा सर्तकता अपनाउन आग्रह गरिएको छ । राजधानी बाहिरबाट काठमाडौ भित्रने र राजधानीका वरिपरि पालिएका कुखुरा फर्मबाट […]

थप दुई ठाउँमा बर्डफ्लू प्रमाणित, पक्षी नष्ट गरिँदै

चितवन। जिल्लाका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा बर्डफ्लू देखिएको छ। जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका – ६ देवनगर नजिकै मयूर कटेज एन्ड रेस्टुरेन्टमा पालिएका कुखुरामा बर्डफ्लू देखिएको हो। सो रेस्टुरेन्टमा स्थानीय जातका कुखुरा र हाँस खोरमा राखेर पालिएको […]

भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात

विराटनगर । खाद्यान्नमा आत्मनिर्भर हुन नसकेपछि भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ । चालू आर्थिक वर्षको आठ महीनामा विराटनगर नाका भएर एक लाख ३८ हजार ६७ मेट्रिक टन खाद्यान्न भारतबाट आयात भएको छ । सोमध्ये सबैभन्दा बढी मकै आयात भएको छ । चालू आवको फागुनसम्म ५३ हजार ४३ मेट्रिक टन मकै आयात भएको […]

बोटल र जारका पानीमा जीवाणु

काठमाडौँ। शुद्ध पिउने पानी भनेर बिक्री गरिने बोटल तथा जारको पानीमा कोलिफम र इकोली नामक जिवाणु भेटिएको छ । यी जीवाणु मानव मलमुत्रमा मात्रै पाइन्छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तरगतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा विक्री गरिएका वोटल तथा जारका पानीको नमूनाको परीक्षण गर्दा यस्तो पाइएको हो । केयुकेएल पानी गुणस्तर महाशाखाका […]