ललितपुर। कालीमाटी फलफूल तथा तरकारी बजार बोर्डले कालीमाटी बजारभित्र नियमविपरीत व्यापारी गर्ने ९८ जना व्यापारीको छानबिन सोमबारदेखि सुरु गर्ने भएको छ ।

बोर्डले मागेको लिखित स्पष्टीकरण पेस गरेका ९४ जना व्यापारीको सोमबारदेखि छानबिन सुरु गर्ने भएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिचौलियाको सूचीमा परेका ९८ जना व्यापारीलाई यसअघि ९ गतेसम्म लिखित स्पष्टीकरण दिने समय तोकेको भए पनि ९ गते शनिबार परेकाले १० गतेसम्म लिखित जवाफ दिनसक्ने व्यवस्था गरिएको छ ।

समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले आइतबारसम्म ९४ जना बिचौलियाको सूचीमा परेका व्यापारीले लिखित स्पष्टीकरण पेस गरिसकेका र चार जना व्यापारीको बाँकी रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, स्पष्टीकरण पेस गरेका व्यापारीको छानबिन भोलिबाटै सुरु गर्छौँ, लिखित स्पष्टीकरण पेस नगरेका व्यापारीको इजाजत खारेज गरी सम्झौता रद्द गर्ने प्रक्रिया सुरु हुन्छ ।

बोर्डका सदस्यसचिवसमेत रहनुभका पौडेलले बजारमा नियमविपरीत व्यापार गर्ने व्यापारीलाई लिखित स्पष्टीकरण पेस गर्न दिएको समय अघिल्लो आइतबार नै सकिए पनि व्यापारीले समयमै पत्र बुभ्mन नआएकाले एक साता समय थप गरिएको जानकारी दिनुभयो ।

बोर्डका अनुसार गएको जेठ २५ गते बिचौलिया व्यापारीको सूची सार्वजानिक गरी तुरुन्त पत्र बुझेर एक साताभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको थियो तर व्यापारीहरू तोकेको समयमा पत्र बुझन आएनन् ।

कालीमाटी बजार विकास तथा सञ्चालन नियमावली–२०६० अनुसार बजार नियमविपरीत व्यापार गर्ने व्यापारीको इजाजत खारेजीदेखि सम्झौता रद्द गर्नेसम्मको कारबाही गर्न सकिने व्यवस्था छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चत्रपाणि खनाल नेतृत्वको टोलीले कालीमाटी फलफूल तथा तरकारी बजारमा छापा मारेपछि जेठ २५ गते बसेको बोर्ड बैठकले कालीमाटी र बालाजुका व्यवसायीहरूलाई चार भागमा वर्गीकरण गरेर सूची सार्वजनिक गरेको थियो ।

गएको जेठको तेस्रो साता कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल, राज्यमन्त्री रामकुमारी चौधरीसहित मन्त्रालयका सो बजारको छड्के अनुगमन गरेर कडा निर्देशन दिएपछि बोर्डले उक्त सूची सार्वजनिक गर्न बाध्य भएको हो ।

बोर्डका अनुसार कालीमाटी र बालाजु बजारका सबै व्यापारीको विस्तृत छानबिन गरेर व्यापारीलाई चार तह ९रातो, नीलो, पहेँलो र सेतो०मा वर्गीकरण गरेको छ । जसअन्तर्गत पूर्ण रूपमा उल्लङ्घन गर्ने ९८ जनालाई रातो, अलि कम उल्लङ्घन गर्ने १३१ जनालाई नीलो, फाट्टफुट्ट नियम उल्लङ्घन गर्ने २०९ जनालाई पहेँलोमा वर्गीकरण गरेको थियो । पूर्ण रूपमा नियम पालना गर्ने व्यापारी १५९ जना कायम भएका छन् ।

कार्यकारी निर्देशक पौडेलले नीलो समूहमा परेका १३१ जना व्यापारीलाई सचेत गराउँदै नियमपूर्वक व्यापार गर्न निर्देशन दिएको र उनीहरूले नियमपूवर्क व्यापार गरे वा नगरेको विषयमा पनि समितिले छड्के अनुगमन गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार नीलो सूचीमा पर्ने व्यापारीको छड्के अनुगमन गर्ने क्रममा कुनै कैफियत भेटिएको छैनन् । ती व्यापारीको जुनसुकै बेला अनुगमन हुन्छ । नियमविपरीत काम गरेको भेटिएमा ऐन नियम अनुसार इजाजत खारेजी र सम्झौता रद्द गर्छौं ।