बुटवल।   प्रदेश ५ का भुमि व्यस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानको लागि भनेर आएको बजेट किसानकै घर आगानमा पुग्नुपर्ने बताएकी छिन् । उनले विभिन्न दाताबाट आएको रकम लाई कागज मा मात्रै पुरा गर्ने दिन गएको भन्दै उनले अव किसानको लागि आएको अनुदान किसानलाई नै प्रत्यक्ष रुपमा प्रदान गरिने बताएकी हुन ।

बुधवार किसानका लागि उन्नत विउ विजन कार्यक्रम बुटवलको आयोजनामा भएको ‘ कार्यक्रम कार्यान्वयनको अवस्था, अनुगमन, मुल्यांकन र पृष्ठपोशण गोष्ठी’ को बुटवलमा सुभारम्भ गर्दै मन्त्री पौडेलले पछिल्लो समयमा महिलाहरुको सहभागीता कृषिमा बढ्दो रहेको भन्दै महिला मैत्री कृषि नीतिको तयारी समेत गरिएको जानकारी दिइन् ।

प्रदेश ५ कृषिको विकासबाट समृद्ध प्रदेशको परिकल्पना गरिएको भन्दै उनले उक्त लक्ष्य पुरा गर्नको लागि सबैको सहयोग र साथ आवश्यक रहेको बताईन् । उनले भनिन्–‘प्रदेश समृद्धिको आधार मध्ये एउटा कृषि हो, कृषि बाट नै प्रदेशमा समृद्धिका ढोकाहरु खुल्नेमा हामी विश्वस्त छौ ।’ प्रदेश सरकारले अहिले नेपालमै नमुनाको रुपमा एनीमल एम्बुलेन्स सञ्चालन देखि लिएर एउटा निर्वाचन क्षेत्रमा एउटा नमुना कृषि गाँऊ निर्माण लगायतका योजना अगाडी बढाएको जानकारी दिदै मन्त्रीले किसानले चाहेको विकास अवको सरकारले गर्नेमा विश्वस्त हुन आग्रह गरिन् ।

कार्यक्रममा किसानका लागि उन्नत विउ विजन कार्यक्रमको हाल सम्मको प्रगति विरणको बारेमा कार्यक्रम मेनेजर कौशलराज पौडेल ले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै कार्यक्रममा प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी सचिव यम नारायण देवकोटा, ६ नम्बर (कर्णली) प्रदेशका का सचिव शिवनारायण चौधरी, विउ विजन गुणस्तर केन्द्रका मदन थापा, पशु सेवा विभागका निर्देशक रुद्र प्रसदा पौडेल, केयुविकेका डेपुटी प्रोग्राम मेनेजर तुलसी राम भण्डारी लगायतले बोलेका थिए ।