कर्णाली प्रदेश अर्गानिक प्रदेश !

सुर्खेत। कर्णाली प्रदेशलाईलाई अर्गानिक प्रदेश गराउनका लागि आधार तयार गर्न छलफल सुरु भएको छ ।  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशलाई अगार्निक बनाउनका लागि आधार तयार गर्न विज्ञ र सरोकारवालाहरुसंग सुझाव संकलन गर्न सुरु गरेको हो । कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले प्रदेशलाई अर्गानिक प्रदेश बनाउने निर्णयलाई कार्यान्वयन गर्नका लागि आधार तयार गर्न बिहीबार राजधानी […]

मनसुन सुरु, पहाडी भेगमा पानी पर्ने सम्भावना

काठमाडौं। प्रिमनसुन सुरु भएको छ । बिहीबारदेखि प्रिमनसुन सुरु भएको हो । प्रिमनसुनमा बिहान मौसम खुलेपनि दिउँसोपछि हावाहुरी चलेर बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना धेरै हुने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो समयमा चट्याङ र असिना पनि पर्ने संभावना धेरै हुन्छ । आज पनि देशभरीकै मौसम सामान्यतया बदली भई केहि ठाउँमा फाट्टफुट्ट […]

सिंगो देश होलीमा रमाउँदा सिन्धुपाल्चोक ढोटारका कृषकहरु तालिममै व्यस्त

सिन्दुपाल्चोक । काम गर्ने हातहरु चाड पर्व मनाउने भन्दा काममा विश्वास गर्छन भन्ने पछिल्लो उदाहरण बनेको छ सिन्दुपाल्चोक ढोटारका कृषकहरु । उनीहरु सिंगै देश होलिमा व्यस्त रहँदा कृषि उत्पादन कसरि बढाउन सकिन्छ भन्ने तालिममा व्यस्त देखिन्थे । सिंचाई विभागले आयोजना गरेको कृषि तालिममा उल्लेख्य कृषकहरुको सहभागिता रहेको थियो ।सो अवशरमा नेपाल एग्रो लाईभका कार्यकारी निर्देशक राजन गैरेले […]

यसरी गरौं, बाख्रा पालन

बाख्रा पालन व्यवसायमा अत्यन्त लाभदायक साना कृषकहरूले समेत सिमित पूँजिमा पाल्न सक्ने हँदाहुँदै पनि यसलाई व्यवसायीकरण गर्न सकिएको छैन । फलस्वरुप नेपालमा वर्षेनी २० लाखको हाराहारीमा खसीबाख्राहरू विदेशबाट मासु आपूर्तिको लागी भित्रिएको पाईन्छ । तसर्थ व्यवसायिक रुपमा बाख्रा पालन गरी विद्यमान आयतको संख्या न्यून गर्न बाख्रा पालनका विभिन्न पक्षहरू जस्तै गोठ-खोर व्यवस्थापन, आहारा, प्रजनन र स्वास्थ्य […]

प्लाष्टिक घरमा तरकारी उत्पादन गर्दा फाईदा कसरि लिने

यो प्रविधिले प्रतिकूल मौसममा पनि अनुकूल वातावरण सृजना गरी तरकारी उत्पादन गर्न प्लाष्टिक घर बनाइन्छ । नेपालमा जेठदेखि भदौसम्म वर्षाबाट जोगाउन र हिउँदमा मङ्सिरदेखि फागुनसम्म चिसोबाट बिरुवा जोगाउन प्लाष्टिक घर निर्माण गरी तरकारीखेती गरिँदै आएको छ । विविधीकरण : लगातार बाह्रै महीना एउटै तरकारीको खेती प्लाष्टिक घरभित्र गर्नु राम्रो मानिँदैन । त्यसले रोग तथा कीराको प्रकोप […]

मूला कसरी धेरै फलाउने ?

मूला मुख्यतयाः हिउँदेबाली हो ।  मध्य पहाडको माथिल्लो भाग र उच्च पहाडको तल्लो क्षेत्रमा वर्षैभरि मूला खेती गर्न सकिन्छ ।नेपालमा सेता र राता दुवै प्रकारका मूलाहरु पाईन्छन् । कार्वोहाईड्रेट तथा खनिज तत्व सेतो मूलामा भन्दा रातो मूलामा वढी पाइन्छ । हावापानी : मुलाले केही गर्मी सहन त सक्छ तर यसको वासमा, बनोट र आकारको पूर्ण […]

सिँचाइ नहुँदा तरकारी उत्पादन घट्यो

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा तरकारी उत्पादनमा गत वर्षको तुलनामा यसवर्ष ७० प्रतिशतले कमी आएको छ । जलवायु परिवर्तन र सिँचाइको अभावका कारण तरकारी उत्पादनमा कमी आएको हो । तरकारीको उत्पादनमा कमी आएपछि बजारमा व्यापारीले हारालुछ गर्न लागेको बनेपा नगरपालिका– ४ की अम्बिका दाहालले बताइन् । “गत वर्षसम्म तरकारी लिन व्यापारीलाई अनुरोध नै गर्नुपथ्र्यो, यस वर्ष […]

गहुँ लगाउने क्षेत्रफल वर्सेनि घट्दै

चितवन । जिल्लामा गहुँखेती गरिँदै आएको क्षेत्रफल वर्सेनि घट्दै गएको छ । विगत पाँच वर्षमा गहुँखेती लगाइएको क्षेत्रफलमा ३० प्रतिशतले कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार यसवर्ष पाँच हजार ५२० हेक्टरमा गहुँ लगाइएको छ । आव २०७०र७१ मा सात हजार ८८५ हेक्टर क्षेत्रफलमा गहुँ लगाइएको थियो । गत वर्षको तुलनामा […]

पोखरीमा जाल हान्दै कृषिमन्त्रीले थाले काम

जनकपुरधाम । प्रदेश २ का कृषिमन्त्री शैलेन्द्र साहले पोखरीमा जाल हान्दै आफ्नो विभागीय जिम्मेवारी सुरु गरेका छन् । प्रदेश सरकारको मन्त्रिपरिषद् बुधबार विस्तार भएको थियो । फोरम सांसद साह कृषिमन्त्री बने । उनले जनकपुरको पोखरीबाट माछा बाहिर ल्याउन जाल हानेका हुन् । मिथिला क्षेत्रमा माछालाई सगुनको रुपमा लिने भएको र माछा कृषिसँग समेत जुडिएकाले पोखरीमा […]

प्राविधिक ज्ञानको कमीले च्याउखेती गर्न समस्या

ललितपुर । च्याउखेतीबाट मनग्य आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै ज्ञान र प्रविधिको कमीले किसानले पर्याप्त फाइदा लिन सकेका छैनन् । किसानसँग पर्याप्त स्रोत नभएको र भएकाले पनि ज्ञानको उपयोग गर्न नसकेको कृषि विभाग अन्तर्गतको किट विकास निर्देशनालयका सूचना अधिकारी जगन्नाथ शर्माले बताए । च्याउमा सबैभन्दा बढी भुसुनाको समस्या देखिने गरेको छ । पराल पाक्ने गरेर हाल्दा […]