गहुँ लगाउने क्षेत्रफल वर्सेनि घट्दै

चितवन । जिल्लामा गहुँखेती गरिँदै आएको क्षेत्रफल वर्सेनि घट्दै गएको छ । विगत पाँच वर्षमा गहुँखेती लगाइएको क्षेत्रफलमा ३० प्रतिशतले कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार यसवर्ष पाँच हजार ५२० हेक्टरमा गहुँ लगाइएको छ । आव २०७०र७१ मा सात हजार ८८५ हेक्टर क्षेत्रफलमा गहुँ लगाइएको थियो । गत वर्षको तुलनामा […]

पोखरीमा जाल हान्दै कृषिमन्त्रीले थाले काम

जनकपुरधाम । प्रदेश २ का कृषिमन्त्री शैलेन्द्र साहले पोखरीमा जाल हान्दै आफ्नो विभागीय जिम्मेवारी सुरु गरेका छन् । प्रदेश सरकारको मन्त्रिपरिषद् बुधबार विस्तार भएको थियो । फोरम सांसद साह कृषिमन्त्री बने । उनले जनकपुरको पोखरीबाट माछा बाहिर ल्याउन जाल हानेका हुन् । मिथिला क्षेत्रमा माछालाई सगुनको रुपमा लिने भएको र माछा कृषिसँग समेत जुडिएकाले पोखरीमा […]

प्राविधिक ज्ञानको कमीले च्याउखेती गर्न समस्या

ललितपुर । च्याउखेतीबाट मनग्य आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै ज्ञान र प्रविधिको कमीले किसानले पर्याप्त फाइदा लिन सकेका छैनन् । किसानसँग पर्याप्त स्रोत नभएको र भएकाले पनि ज्ञानको उपयोग गर्न नसकेको कृषि विभाग अन्तर्गतको किट विकास निर्देशनालयका सूचना अधिकारी जगन्नाथ शर्माले बताए । च्याउमा सबैभन्दा बढी भुसुनाको समस्या देखिने गरेको छ । पराल पाक्ने गरेर हाल्दा […]

अब गाईले बाच्छीमात्रै जन्माउने

चितवन। धेरै दूध दिने ठूला गाईका बाच्छा व्यवस्थापन गर्न समस्या भइरहेको बेला अमेरिकाबाट भित्राइएको बाच्छी मात्रै जन्माउने वीर्य नेपालमा प्रभावकारी भएको पाइएको छ । नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा र राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरसहित केही व्यावसायिक फार्मले सो वीर्य प्रयोग गरिरहेका छन् । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा माधव आचार्यका अनुसार […]

बन्दुक समाउने हातले खुर्सानीको बोट समाएपछि मालामाल

धनकुटा। दश वर्षको जनयुद्धमा बन्दुक बोकेर मुलुकको शासन व्यवस्था परिवर्तन गर्न हिँडेका भिम विक्रम लिम्बु कागती खेतीबाट आर्थिक व्यवस्था परिवर्तन गर्ने अभियानमा छन् । धनकुटाको साँगुरीगढी गाँउपालिका – ५ बेगनाका लिम्बुले ४० रोपनी जग्गामा क्षेत्रफलमा कागती र अकबरे खेती सुरु गरेका छन् । राजनितिमा निष्क्रिय बसेका लिम्बुले बर्षौँ अघिदेखि बाँझो रहेको जमिनमा कागतीको विरुवा हुर्काउन […]

आलिताल र परशुराम दूधमा आत्मनिर्भर

डडेल्धुरा।परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । कृषकले उन्नत जातका गाईभैंसी पाल्न थालेपछि परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको हो । कृषकले पछिल्लो समय दूधलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । उत्पादन भएको दूध चिस्यान गरी सदरमुकाम र कैलालीका विभिन्न बजारमा बिक्रीका लागि पठाउने गरिएको छ । व्यावसायिक […]

थोपा सिंचाइ के हो ?

थोपा सिंचाई प्रविधि भन्ने बित्तिकै इजरायलको नाम लिने गरिन्छ । तर नेपाल आफैंले पनि थोपा सिंचाई प्रविधि विकास गरेको छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ । विदेशी प्रविधि भित्रिनु अघिदेखि नेपालले थोपा सिंचाई प्रविधिको विकास र विस्तार गरेको थियो । थोपा सिंचाईका अनुसन्धानकर्ता राजन गैरे नेपाली थोपा सिंचाई प्रविधिका जन्मदाता हुन् । लामो सयमसम्म आइडिई […]

यसरी गरौं आधुनिक तबरबाट गाई पालन

नेपालमा पछिल्लो समयमा गाई पालन व्यवसायिक रुपमा फैलिदै गएको छ । नेपालमा परम्परागत जातका गाईदेखि जर्सिगाईको व्यवसायिक रुपमा पालन सुरु भएको छ । योसँगै दूध उत्पादनको क्षेत्र पनि फराकिलो भएको छ । यहाँ हामीले गाई पालनका लागि आवश्यक पर्ने अत्यावश्यक सम्पूर्ण जानकारी उपलब्ध गराउने जमर्को गरेका छौं । यो जानकारीबाट आधुनिक तथा व्यवसायिक रुपमा गाई […]

लामो समय खडेरी पर्दा खेतीयोग्य जमिन बाँझै

ओखलढुंगा। ओखलढुङ्गामा यो वर्ष सयौ रोपनी खेतीयोग्य जमिन बाँझै रहेको छ । लामो समय खडेरी परेर सिंचाई नहुँदा खेतबारी बाँझै रहेका हुन् । फागुनमा गहुँ, आलुलगायतका तरकारी खेतीले हरियाली देखिने खेतबारी यो वर्ष बाँझै रहेका छन् । ओखलढुंगाको लिखु गाउँपालिका ठूला टारी तथा बेँसी खेतहरु पानी नपरेपछि बाँझै रहेको स्थानीय कृषकहरुले जानकारी दिए । स्थानीय […]

सीमामै विषादी जाँच्न निर्देशन

काँकडभिट्टा। मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पूर्वी नाका काँकडभिट्टाबाट विषादीयुक्त र प्रतिबन्धित खाद्य वस्तुको आयात कडाइका साथ रोक्न सीमाका सरकारी कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मेची भन्सार तथा प्लान्ट, खाद्य र पशु क्वारेन्टाइन कार्यालयका अधिकारीलाई नगरपालिकाको कार्यालयमै सोमबार बोलाएर उनले निर्देशन दिएका हुन् । मानव स्वास्थ्यमा घातक असर पुर्याइरहेको गुणस्तरहीन आयातित खाद्य […]