समाचार

तेस्रो पटक ‘आँप सम्बन्धि विचार गोष्ठी’ आयोजना हुँदैं

ललितपुर। ललितपुरको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) मा एक दिने ‘आँप सम्बन्धि विचार गोष्ठी’ आयोजना हुने भएको छ । उक्त गोष्ठी आँप सुपर जोनको अवधारणाको अन्वेषण गर्ने उद्देश्यले आयोजना गरिएको एक प्रमुख भेला हो । नेपालमा आँप क्षेत्रको चुनौती र अवसर पहिचान गर्न तेस्रो पटक उक्त गोष्ठी आयोजना हुँदै छ । आर एण्ड डी […]

राष्ट्रिय कृषि नीति-२०८३ जारी

ललितपुर।  कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति-२०८३ सार्वजनिक गरेको छ । सङ्घीय शासन प्रणालीअनुसार तयार गरिएको यस नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय वृद्धि, कृषि उत्पादन विस्तार, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्द्धनलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेको मन्त्रालयले जनाएको छ । […]

प्रदेश प्रमुखले गरे गाँजासम्बन्धी विधेयक प्रमाणीकरण

गण्डकी। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभाबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई प्रमाणीकरण गरेका छन्। गत असार २५ गते प्रदेशसभा बैठकबाट पारित उक्त विधेयकलाई प्रदेश प्रमुखले सन्देशसहित पुनःविचारका लागि यही साउन ८ गते प्रदेशसभामा फिर्ता पठाएकामा प्रदेशसभाबाट गत शुक्रवार पुनःपारित भएको थियो। सोही दिन प्रमाणीकरणका […]

काँकडभिट्टा नाकाबाट चिया निकासी घट्दो

झापा। पूर्वी नाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यात गत आर्थिक वर्षमा उल्लेख्य रूपमा घटेको छ । निर्यातको परिमाणसँगै आम्दानी पनि घट्दा चिया क्षेत्रका किसान, उद्योगी तथा वैदेशिक व्यापारमा प्रत्यक्ष असर पर्ने देखिएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा रु. ३ अर्ब ५२ करोड ९६ लाख ६९ हजार बराबरको १३ […]

दोस्रो राष्ट्रिय कोदो दिवस : उत्पादन बढाउने र आयात घटाउने लक्ष्य

सिन्धुपाल्चोक। रैथाने बाली कोदोको संरक्षण, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र बजारीकरणलाई प्रभावकारी बनाउन मूल्य शृङ्खला सुदृढ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । दोस्रो राष्ट्रिय कोदो दिवस-२०८३ को अवसरमा शनिबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२, ठोकर्पामा आयोजित कार्यक्रममा वक्ताहरूले कोदोको बढ्दो महत्वसँगै यसको उत्पादन, प्रशोधन र बजार विस्तारमा राज्य, निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक रहेको बताएका हुन् […]

ढिकीदेखि मेसिनसम्म : प्रविधिसँग जोडिँदै कोदोको नयाँ भविष्य

कुनै समय नेपालको पहाडी गाउँको बिहान ढिकीको लयसँगै सुरु हुन्थ्यो।घर–आँगनमा कोदो कुट्ने त्यो आवाज केवल अन्न प्रशोधनको संकेत थिएनस त्यो हाम्रो कृषि संस्कृति, आत्मनिर्भरता र स्थानीय ज्ञानको जीवन्त प्रतीक थियो। आज ती ढिकीहरू विस्तारै मौन बन्दै गएका छन्। गाउँमा श्रमशक्ति घटेको छ, युवाहरू वैदेशिक रोजगारीमा छन्, खेती गर्ने हात कम भएका छन्। तर, एउटा कुरा […]

इन्जिनियर्स सोसाइटी र नामियाले कृषि यान्त्रिकीकरणको दिगो विकासमा सहकार्य गर्ने

ललितपुर।  नेपालको कृषि यान्त्रिकीकरण क्षेत्रको दिगो विकास तथा प्रवर्द्धनका लागि नेपाल कृषि इन्जिनियर्स सोसाइटी र नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार कृषि इन्जिनियरिङ अध्ययन पूरा गरेका जनशक्तिका लागि प्रयोगात्मक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ। कृषि यान्त्रिकीकरणसँग सम्बन्धित संयुक्त अनुसन्धान तथा अध्ययन, तालिम, प्राविधिक ज्ञान आदानप्रदान र क्षमता विकासका कार्यक्रम […]

व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु

ललितपुर।  कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले देशभर रहेका व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकहरूको विवरण संकलन अभियान सुरु गरेकी छिन् । नेपालमा प्राङ्गारिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादकहरूबिच सशक्त सञ्जाल निर्माण गर्ने उद्देश्यले यो अभियान सञ्चालन भएको हो । मन्त्री चौधरीले प्राङ्गारिक मल, भर्मी कम्पोस्ट […]

अन्तरराष्ट्रिय बजारमा नेपाली छुर्पीको माग उच्च

ललितपुर। मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रु. एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ। अन्तरराष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात करिब २७ प्रतिशतले वृद्धि भएको हो । मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा […]

अर्गानिक : जीवित माटोको विज्ञानमा आधारित नेपालको कृषि भविष्य

मानव सभ्यताको इतिहासमा कृषि केवल जीविकोपार्जनको माध्यम थिएन; यो समाज निर्माणको आधार, संस्कृति विकासको प्रेरणा र राष्ट्र निर्माणको मेरुदण्ड थियो। तर कृषिको वास्तविक आधार के हो भन्ने प्रश्नको उत्तर खोज्दा अन्ततः एउटै शब्दमा पुगिन्छ—माटो। माटो बिना खेती सम्भव छैन, खेती बिना खाद्य सुरक्षा सम्भव छैन, र खाद्य सुरक्षा बिना कुनै पनि राष्ट्रको दिगो विकास सम्भव […]