समाचार

“जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट”

काभ्रेपलाञ्चोक। महाभारत गाउँपालिका-६ का ७१ परिवारलाई ६ हजार ८०० वटा कफीका बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले “जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु. २० को नोट” भन्ने नारालाई निरन्तरता दिँदै कफी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाले गरेको फिल्ड अनुगमनमा ६ हजार ८०० खाडल तयार गरिएको पाइएपछि सोहीअनुसार […]

अनुदानको मलमा कालोबजारी गर्नेलाई कारबाही गरिने

ललितपुर। कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको ‘स्पेसिफिकेसन’ अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ । मन्त्रालयले आदेशको प्रावधानविपरीत गलत विवरण तथा लेवल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो । सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित […]

बर्डफ्लु नियन्त्रणका लागि लगाइएको प्रतिवन्ध फुकुवा

इलाम। इलाममा बर्डफ्लु नियन्त्रणका लागि लगाइएको प्रतिवन्ध फुकुवा भएको छ । जोखिम न्यून भएसँगै कुखुराजन्य पदार्थको ओसारपसार सम्बन्धी प्रतिबन्ध हटाइएको भेटेरेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका प्रमुख डाक्टर राघवेन्द्र तिवारीले जानकारी दिए। उनका अनुसार जिल्ला बर्ड फ्लु नियन्त्रण समिति इलामको बैठकले यसअघि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।  

कृषि समितिद्वारा सात सदस्यीय उपसमिति गठन

ललितपुर। प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विभिन्न विषयगत क्षेत्रको अध्ययन तथा प्रतिवेदन तयारीका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ । समितिका सभापति अशोक चौधरीले  प्रादेशिक प्रतिनिधित्व र विषयगत विशिष्टतालाई ध्यानमा राख्दै उक्त उपसमिति गठन गरेको जानकारी दिए । नवगठित उपसमितिमा डा. सुजता तामाङ, खगेन्द्र कर्ण, ज्ञानेन्द्र महत, गंगा लक्ष्मी अवाल, चन्देश्वर […]

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदको माग

ललितपुर।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । खेतीको मुख्य मौसम सुरु हुन लाग्दा पनि किसानले सहज रूपमा मल नपाएको भन्दै कृषिलाई व्यावसायिक र जिम्मेवार बनाउन आवश्यक कदम चाल्न उनीहरूले आग्रह गरेका हुन् । सांसद विक्रम खनालले किसानहरू मल खरिद गर्न साहुसँग ब्याजमा ऋण लिन […]

निर्णय रामनाथ अधिकारीको, चर्चा गीता चौधरीको

ललितपुर। दुग्ध विकास संस्थानका कर्मचारीलाई संस्थानबाट सित्तैँमा उपलब्ध गराइँदै आएको दूध–घिउ सुविधा रोक्ने विषय फेरि चर्चामा आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीको सचिवालयले “अब कर्मचारीले सित्तैँमा दूध–घिउ नपाउने” र यसबाट वार्षिक करिब ३ करोड रुपैयाँ जोगिने दाबी गर्दै प्रचार गरिरहेको छ। तर, उक्त निर्णय नयाँ नभई अघिल्लो नेतृत्वकै पालामा गरिएको पाइएको छ। […]

बढ्यो अण्डाको मूल्य

ललितपुर। बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको फार्म मूल्य (समर्थन मूल्य) मा प्रतिक्रेट ३५ रुपैयाँका दरले वृद्धि गरेको हो । संघले ४ दिन अवधिमा अन्डाको मूल्य फेरि बढाएको हो । संघ अध्यक्ष विनोद पोखरेलका अनुसार अब मिडियम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५ रुपैयाँ पुगेको […]

कृषिमा ‘एग्री–टेक’ र किसान क्रेडिट कार्ड: बाली लगाउनुअघि नै समर्थन मूल्य

ललितपुर। सरकारले कृषिलाई प्रविधिमैत्री र व्यावसायिक बनाउन ‘एग्री–टेक’ र किसान क्रेडिट कार्डको अवधारणा सार्वजनिक गरेको छ। सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तर्फबाट यस्तो घोषणा गरेका हुन्। परम्परागत कृषि प्रणालीलाई रूपान्तरण गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकारले प्रविधिको प्रयोगमा जोड दिएको […]

किसान सूचीकरण परिचयपत्र र क्रेडिट कार्डमार्फत सहुलियतपूर्ण ऋण दिइने

ललितपुर। सरकारले विषादीको प्रयोग न्यूनीकरणका लागि प्रदेशसँग समन्वय गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो महत्वकांक्षी योजना सार्वजनिक गरेका हुन्। सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । राष्ट्रपति पौडेलले कृषिमा आधुनिक क्रान्ति […]

वैदेशिक रोजगारीबाट फर्केकालाई कृषिमा जोड

ललितपुर। सरकारले ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानित उद्यमका रूपमा विकास गर्न बहुपक्षीय लगानी प्रवर्द्धन गर्ने नीति लिएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो महत्वकांक्षी योजना सार्वजनिक गरेका हुन्। उत्पादन वृद्धि र लागत न्यूनीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्न प्याकेजमा आधारित उत्पादन प्रणाली र कृषिको यान्त्रिकीकरणलाई तीव्रता […]