समाचार

नेपाल कृषि अनुसन्धान परिषद्को ३५ वर्ष, अनुसन्धानका लागि सधैं बजेट अभाव

ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आज ३५औँ स्थापना दिवस मनाएको छ। ‘उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन’ नाराका साथ नार्कले ललितपुरमा एक समारोह गर्दै स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा  बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने बताएका […]

‘जलवायु परिवर्तनका चुनौती समाधान गर्ने नीति आवश्यक’ : वन मन्त्री चौधरी

ललितपुर।  वन तथा वातावरण मन्त्री गीता चौधरीले अब बन्ने जलवायु परिवर्तन नीति यस क्षेत्रका चुनौती र समस्या समाधानका लागि मार्गचित्र बन्नुपर्नेमा जोड दिएकी छन् । मन्त्रालयद्वारा  आयोजित राष्ट्रिय जलवायु परिवर्तन नीति (२०८३) तर्जुमा राष्ट्रिय कार्यशाला गोष्ठीमा उनले उक्त नीति वैज्ञानिक, व्यवहारिक, समावेशी र कार्यान्वयनयोग्य बनाउन सुझावका लागि सबैको सक्रिय सहभागिताको अपेक्षा गरिन्। मन्त्री चौधरीले जलवायु […]

नेपाल कृषि अनुसन्धान परिषदको नवनियुक्त का.मु. कार्यकारी निर्देशकमा डा. श्रेष्ठ

ललितपुर। नेपाल कृषि अनुसन्धान परिषदको नवनियुक्त का.मु. कार्यकारी निर्देशकमा डा. श्रीमत श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ अनुसार १ सय १० वटा कानुनहरू परिमार्जन भई विभिन्न निकायका १ हजार ५ सय ३४ सार्वजनिक पदाधिकारीहरू पदमुक्त हुँदा का.नि. डा. कृष्ण प्रसाद तिम्सिना पनि पदमुक्त […]

सरकारले भारतसँग जिटुजीमार्फत रासायनिक मल किन्ने

ललितपुर। सरकारले मल आपूर्तिमा हुने ढिलाइ अन्त्य गर्न भारतसँग सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि सामग्री कम्पनी लिमिटेडलाई ६० हजार टन युरिया र २० हजार टन डीएपी मल ल्याउन सैद्धान्तिक सहमति दिएको हो । हाल ग्लोबल टेन्डर मार्फत मल खरिद गर्दा आपूर्तिमा देखिएको अवरोध चिर्न […]

खाद्य कम्पनीले सुरु गर्‍यो गहुँ खरिद गर्न

कैलाली। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले जिल्लाका दुई स्थानबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो । जिल्लाको मोहनपुर र टीकापुर गोदामबाट सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा गहुँ खरिद सुरु गरिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए । […]

आज ३० औं राष्ट्रिय चिया दिवस

ललितपुर। नेपालको आर्थिक समृद्धिको बलियो आधार मानिएको चिया क्षेत्रले आफ्नो ३० औं राष्ट्रिय चिया दिवस मनाउँदैछ । ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ यो वर्षको राष्ट्रिय चिया दिवस आज चियाको उद्गमस्थल इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा विशेष समारोहका बिच मनाइँदैछ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन […]

सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

ललितपुर।  सरकारी खर्चलाई थप मितव्ययी र नतिजामुखी बनाउने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई होटल तथा रिसोर्टमा कार्यक्रम नगर्न निर्देशन दिएको छ । मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले एक परिपत्र जारी गर्दै आगामी दिनमा हुने सबै प्रकारका औपचारिक कार्यक्रमहरू सरकारी संरचनाभित्रै सञ्चालन गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको हो । […]

यार्सा संकलन सुरु

मुस्ताङ। मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा संकलन सुरु भएको छ। यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा संकलन सुरु भएको हो। यार्सागुम्बा समून्द्री सहतको तीन हजारदेखि छ हजार मिटरको उचाइमा पाइने जडीबुटी हो। यहाँका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका आधा दर्जनभन्दा बढी स्थानमा हरेक वर्ष वैशाखदेखि […]

पशुपालन व्यवसाय तथा आहार सम्बन्धी एक दिने तालिम सम्पन्न

ललितपुर। ए. बि. पेलेट फिड प्रा. लि. को सहकार्यमा देवीचौर बहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी संस्था लि. तथा सचेतक दुग्ध उत्पादक सहकारी संस्था लि. द्वारा आयोजित पशुपालन व्यवसाय तथा आहार सम्बन्धी एक दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। किसानहरूको ज्ञान, सीप र उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय किसानहरूको उल्लेखनीय सहभागिता […]

चालू आर्थिक वर्षको ९ महिनामा भित्रियो साढे ३२ अर्बको धानचामल

ललितपुर। चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन-चैत)सम्म नेपालले ३२ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको धाचामल भित्रिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा मुलुकमा ६ लाख ३८ हजार ७८७ टन धान, चामल, कनिका र बिउ भित्रिएको हो। गत आव २०८१/८२ सोही अवधिमा ३२ अर्ब १२ करोड ९७ लाख बराबरको ६ लाख ५० […]