समाचार

लमजुङको भोर्लेटारमा ‘मध्यनेपाल रैथाने हाट बजार’ सुरु

लमजुङ। लमजुङको भोर्लेटारमा पहिलोपटक ‘मध्यनेपाल रैथाने हाट बजार’ सुरु भएको छ । मध्यनेपाल नगरपालिका वडा नेपाल -६ ,भोर्लेटारमा वडा कार्यलयको प्राङ्गणमा नगर प्रमुख रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा वडा नम्बर -६ को वडा अध्यक्ष विष्णु भक्त पौडेलको संयोजकत्वमा आजदेखि ‘मध्यनेपाल रैथाने हाट बजार’ औपचारिक रुपमा सुरु भएको छ । किसानहरुको घरबारीमा जेजति उत्पादन हुन्छ, त्यो […]

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

ललितपुर। सङ्क्रामक पशु तथा माछाजन्य रोगको रोकथाम र नियन्त्रणका लागि ल्याइएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रस्तुत गरेको उक्त विधेयक आइतबार राष्ट्रिय सभाबाट पारित भएको हो। सङ्घीय संसद्को अभिलेखमा यसअघि विधेयकमाथि राष्ट्रिय सभामा छलफल भएको तथा विधायन व्यवस्थापन समितिमा दफावार […]

नार्कको कार्यशैलीप्रति सांसदहरू असन्तुष्ट

ललितपुर। सांसदहरूले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यशैली र अनुसन्धानको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक कृषि मन्त्रालय र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) माथिको चर्को असन्तुष्टिको मञ्च बन्यो। विभिन्न दलका सांसदहरूले नार्कले गरिरहेको अनुसन्धान र किसानले भोगिरहेको मल, बीउ, रोग–किरा र बजारको […]

खाने तेलको गुणस्तरमा कडाइ गर्दै सरकार, तोक्यो नयाँ मापदण्ड

ललितपुर। सरकारले बजारमा धेरै बिक्री हुने तोरी, भटमास र सूर्यमुखी तेलको गुणस्तर, शुद्धता र प्याकेजिङमा कडाइ गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले तीनवटै तेलको नयाँ गुणस्तर मापदण्डको मस्यौदा तयार गरेको हो । नयाँ मापदण्डले सिधै खान मिल्ने र नमिल्ने तेल स्पष्ट रूपमा छुट्याएको छ । सिधै […]

मुक्तिनाथ कृषि कम्पनीद्वारा जापानी प्रविधियुक्त ‘सोलिस ट्र्याक्टर’ सार्वजनिक

ललितपुर। नेपाली कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई थप विस्तार गर्ने उद्देश्यले मुक्तिनाथ कृषि कम्पनीले जापानी प्रविधियुक्त ‘सोलिस ट्र्याक्टर’ नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले बिहीबार वीरगञ्जमा शोरुम उद्घाटनसहित आयोजित विशेष समारोहबीच जापानी प्रविधि र युरोपियन डिजाइनको संयोजन रहेको ५ विभिन्न मोडलका फार्म ट्र्याक्टर व्यवसायी तथा कृषकमाझ सार्वजनिक गरेको हो। कम्पनीका अनुसार सार्वजनिक गरिएका ट्र्याक्टरमा ४७२०, ५२२०, […]

अलैँचीको मूल्य निरन्तर ओरालो

ताप्लेजुङ। भदौ पहिलो सातादेखि कारोबार सुरु भएको अलैँचीको बजार मूल्य निरन्तर ओरालो लागेको छ । नयाँ उत्पादन बजारमा आउन थालेसँगै कारोबार सुरु भएको अलैँचीको मूल्य ह्वात्तै ओरालो लागेको हो । एकै दिनमा एक हजारका दरले मूल्य घटेको ताप्लेजुङका अलैँची व्यावसायी कमल बरालले जानकारी दिए । ताप्लेजुङमा प्रतिमन (४० किलोग्राम) ८३ हजार रुपैयाँमा कारोबार भएको थियो […]

कृषि र पशु बिमाको भुक्तानीलाई प्रभावकारी बनाइन्छ : कृषिमन्त्री

ललितपुर। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा देखिएका समस्याहरूको समाधान र किसानको हितका लागि मन्त्रालयले विभिन्न नीतिगत व्यवस्था गरिरहेको बताएकी छिन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले बिमा र राहत वितरणलाई थप व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरिन्। सांसदहरूले उठाएको राहत तथा क्षतिपूर्तिको विषयमा जवाफ दिँदै मन्त्री चौधरीले […]

अनुदानले बढायो कास्कीमा व्यावसायिक पशुपालन

कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर दूध पोखरा बजारमा भित्रिन्छ । पछिल्लो समय यो वडामा मात्र तीनवटा दूध सङ्कलन केन्द्र (डेरी) खुलेका छन् । यहाँ पाँच वर्षका अवधिमा व्यावसायिक पशुपालन फस्टाएको छ । प्रत्येक घरमा गाईपालन सुरु गरेर दूध बिक्री गर्ने किसान बढेका छन् । सरकारले दूध उत्पादनमा किसानलाई प्रोत्साहन दिएपछि […]

दूध उत्पादन बढाउन अनुदान

दमौली। तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुदान उपलब्ध गराएको छ । केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत रु. ८० लाख ११ हजार अनुदान वितरण गरेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार जिल्लाका […]

न बाँदरको डर, न बजारको समस्या, वालिङमा फस्टाउँदै अकबरे खुर्सानी

वालिङ। स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन्। तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ। वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत व्यावसायिक रूपमा खुर्सानी खेती गरिएको फार्मका सञ्चालक दयाराम […]