समाचार

स्याउ खेतीमा जम्दै जुम्ला, सात हजार रोपनीमा सामूहिक स्याउ खेती

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा सामूहिक रूपमा स्याउ खेती गरिएको छ । कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले तातोपानीको बाँजारावलमा रहेको स्याउ बगैँचा जिल्लाकै नमुना बगैँचा भएको बताए । यहाँका करिब ५२ किसान मिलेर सामूहिक रूपमा स्याउ खेती गरेका छन् । यो वर्ष मात्र छ हजार ५०० बिरुवाले फल […]

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड ९औँ वर्षमा प्रवेश

ललितपुर। मुक्तिनाथ कृषि कम्पनी लिमिटेड ९औँ वर्षमा प्रवेश गरेको छ । यसक्रममा निरन्तर साथ र विश्वास दिने सम्पूर्ण सेयरधनी, किसान दाजुभाइ तथा दिदीबहिनी, व्यावसायिक साझेदार र शुभचिन्तकहरूमा कम्पनीले आभार व्यक्त गरेको छ । कृषिको विविधिकरण, आधुनिक यान्त्रिकीकरण र औद्योगिक विकासमार्फत नेपाली कृषिलाई नयाँ उचाइमा पुर्‍याउन सदैव प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । २०७५ भदौ १४ […]

बाढी प्रभावितका लागि नामियाको पहिलो चरणमा ५ लाख बढी सहयोग, सदस्यहरुबाट थप योगदान जारी

ललितपुर।  नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले रसुवा बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख बढीको आर्थिक सहयोग प्रदान गरेको छ। संघका अध्यक्ष कृष्ण शर्माका अनुसार रसुवा बाढीपछि सरकारले गरेको सार्वजनिक आह्वानलाई सम्बोधन गर्दै संस्थागत सामाजिक दायित्व स्वरूप उक्त सहयोग रकम कोषमा दाखिला गरिएको हो। अध्यक्ष शर्माले बुधबार […]

प्रधानमन्त्री राहत कोषमार्फत सक्दो सहयोग गर्न सदस्यलाई नामियाको अपिल

ललितपुर। नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यका लागि प्रधानमन्त्री राहत कोष वा सरकारी आधिकारिक च्यानलमार्फत आर्थिक सहयोग गर्न सदस्यलाई अपिल गरेको छ। संघका अध्यक्ष कृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस विषम र अकल्पनीय घडीमा सबैले आफू सुरक्षित […]

नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री कोषमा १० लाख सहयोग

चितवन। नेपाल लेयर्स कुखुरा पालक संघले रसुवा बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार रसुवा बाढीपछि सरकारले गरेको सार्वजनिक आह्वानलाई सम्बोधन गर्दै संस्थागत सामाजिक दायित्व स्वरूप उक्त सहयोग रकम कोषमा दाखिला गरिएको हो। अध्यक्ष पोखरेलले बुधबार चीनको तिब्बततर्फबाट […]

भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिँदै

ललितपुर। सरकारले भारतसँग जिुटजी (सरकार सरकार) माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री लिमिटेडलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त परिमाणको मल खरिद गर्न लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । बाढी तथा विपद्बाट प्रभावितलाई राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने निर्णयसँगै सरकारले कृषि क्षेत्रका […]

बाढी प्रभावित पशुपन्छीको उपचारमा २४ सै घण्टा सेवा

ललितपुर। रसुवा, नुवाकोट, धादिङ लगायतका बाढी प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार, उपचार तथा सम्भावित रोग नियन्त्रणका लागि नेपाल भेटेरिनरी एसोसिएसन (NVA) ले निःशुल्क टेलिपरामर्श सेवा तथा हटलाइन सञ्चालनमा ल्याएको छ। एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेका अनुसार प्रभावित पशुपालक कृषकहरूले हटलाइन ११५९ मा सम्पर्क गरी पशुपन्छीको स्वास्थ्य अवस्था, उपचार तथा उद्धारसम्बन्धी आवश्यक प्राविधिक परामर्श निःशुल्क लिन सक्नेछन्। […]

बाढी प्रभावित क्षेत्रमा पुग्यो कृषि मन्त्रालयको प्राविधिक टोलि

ललितपुर। बाढीका कारण प्रभावित पशुचौपायामा हुन सक्ने रोगको जोखिमलाई मध्यनजर गर्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्राविधिक टोलि बाढी प्रभावित क्षेत्रमा पुगेको छ । बाढी प्रभावित क्षेत्रका पशु स्वास्थ्य तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले टोलिले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको पहल तथा उद्धार–राहतसम्बन्धी गतिविधिबारे जानकारी गराएको छ […]

बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर।  कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बाढीका कारण पशुचौपायामा संक्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै तत्काल रोकथाम तथा नियन्त्रणका उपाय अपनाउन पशु सेवा विभागलाई निर्देशन दिएकी छन्। बाढीपछि पशुचौपायाको आवतजावत र एकअर्कासँगको सम्पर्क बढ्न सक्ने भएकाले रोग संक्रमणको जोखिम पनि बढ्ने भन्दै मन्त्री चौधरीले पशु स्वास्थ्यमा विशेष निगरानी र सतर्कता अपनाउन निर्देशन […]

भारतद्वारा गहुँ निर्यातको प्रतिबन्ध फुकुवा

ललितपुर। भारत सरकारले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको लामो प्रतिबन्ध हटाएको छ। यसबाट किसानले आफ्नो उत्पादनको राम्रो मूल्य पाउने र आम्दानी बढ्ने अपेक्षा गरिएको छ। विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले जारी गरेको सूचनाअनुसार गहुँको निर्यात नीति तत्काल प्रभाव हुने गरी ‘प्रतिबन्धित’ बाट ‘स्वतन्त्र’ श्रेणीमा परिवर्तन गरिएको छ। यसअघि सन् २०२२ को मेमा घरेलु आपूर्ति […]