समाचार

भायानेटको ‘सुपरहिट इन्टरनेट प्याक’सार्वजनिक

ललितपुर। नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक गरेको छ। यो योजना उच्च गति, भरपर्दो तथा किफायती इन्टरनेट सेवाका लागि डिजाइन गरिएको हो। सुपरहिट इन्टरनेट प्याकअन्तर्गत भायानेटले १०० Mbps, २०० Mbps र ३०० Mbps इन्टरनेट योजना उपलब्ध गराएको छ, जसमा सबैभन्दा लोकप्रिय २०० Mbps वार्षिक प्याकेज अब रु. ११,२०० […]

सिन्धुलीको तिनकन्यामा ‘जुनार प्रवर्द्धन मेला’ हुने

सिन्धुली। सिन्धुलीको गोलञ्जोर गाउँपालिका -४, तिनकन्यामा यस वर्ष पनि ३ दिने ‘जुनार प्रवर्द्धन मेला’ आयोजना हुने भएको छ । ‘जुनारको राजधानी’ को रूपमा परिचित सिन्धुली जिल्लाका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउने उद्देश्यसहित मंसिर २३, २४ र २५ गते मेला सञ्चालन गरिने भएको हो । माझकुभिण्डे क्षेत्रलाई मेलास्थलका रूपमा चयन गरेर तयारी तीव्र पारिएको […]

कोशी प्रदेश कृषि निर्देशनालयद्वारा ‘Progress Report Compilation Software’ सञ्चालन सम्बन्धी दुई दिने तालिम सम्पन्न

विराटनगर। कृषि विकास निर्देशनालय, कोशी प्रदेश, विराटनगरद्वारा विकास गरिएको “Progress Report Compilation Software” सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुई (२) दिने तालिम तथा अभिमुखीकरण कार्यक्रम सोमबार २०८२ मंसिर ८ गते सफलतापूर्वक सम्पन्न भएको छ। नवीन रूपमा विकास गरिएको उक्त सफ्टवेयरमार्फत निर्देशनालय तथा मातहतका कार्यालयहरूले मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक प्रगतिविवरणका साथै कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न तथ्यांकहरू छिटो, […]

बढ्यो अण्डाको मूल्य, प्रति क्यारेट ठूलोलाई ५ सय २० रुपैयाँ

चितवन। अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको हो । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा […]

अब आलु खेतीको पनि बीमा

ललितपुर। अब आलु खेती पनि इन्स्योरेन्सको दायरामा आएको छ । नेपाल बीमा प्राधिकरणले तरकारी खेती बीमालेखको अनुसूचीमा आलु खेती पनि थप गरेको हो। प्राधिकरणले तरकारी बीमालेखमा आलु खेती छुट्न गएको भन्दै थप गरेको छ । यसै गरी प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई पत्रचार गर्दै बीमा लेख अनुसार आलु खेतीको बिमाङक निर्धारण गर्न भनेको छ ।  

नेपालमा कफी उत्पादन २८ प्रतिशतले वृद्धि

ललितपुर। नेपालमा कफी उत्पादन २८ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सोमवार २१ औँ राष्ट्रिय कफी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा कफी उत्पादन वृद्धि भएको जानकारी दिएको हो । बोर्डका कृषि विकास अधिकृत गौरव लुईटेलले आर्थिक वर्ष २०८१/८२ मा नेपालले ६ सय ४१ दशमलव ९ मेट्रिक टन ग्रीन बीन कफी […]

नेपाली वैज्ञानिकले विकसित गरे उच्च आइरनयुक्त ‘खुमल – १८’ धानको बीउ

ललितपुर। नेपाल सरकारले हालै ‘खुमल–१८’ नामक धानको नयाँ उन्नत जातलाई बीउ बिजन ऐन, २०४५ अन्तर्गत सूचित बीउ बिजनका रूपमा राजपत्रमा समावेश गरेको छ । यसलाई नेपालकै प्रथम ऐतिहासिक बायोफोर्टिफाइड धानका रूपमा दाबी गरिएको छ । जसमा फलाम (आइरन) को मात्रा अत्यधिक रहेको छ । ललितपुरको खुमलटारस्थित राष्ट्रिय धान बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्राविधिक […]

चितवन राइनोजको कनेक्टिभिटी पार्टनरमा भायानेट

ललितपुर। देशभरका लाखौं घरलाई इन्टरनेट सेवामार्फत जोडिरहेको भायानेट अब खेलकुद क्षेत्रमा पनि सक्रिय बनेको छ। कम्पनीले नेपाल प्रिमियर लिग (एनपिएल) का सहभागी टिम चितवन राइनोजसँग कनेक्टिभिटी पार्टनरको रूपमा सहकार्य गरेको हो। शुक्रबार आयोजित एक कार्यक्रमका बीच भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख साञ्चलन अधिकृत डा. आशिष खड्काले सम्झौतापत्रमा हस्ताक्षर […]

धान किसानलाई तत्काल राहत दिन राष्ट्रिय कृषक समूह महासङ्घको माग

ललितपुर। राष्ट्रिय कृषक समूह महासङ्घ नेपालले देशभर भएको बेमौसमी वर्षाले धानबालीमा पुर्‍याएको व्यापक क्षतिको तत्काल राहत र क्षतिपूर्तिको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घका अध्यक्ष पञ्चकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा विगत तीन चार दिनदेखि लगातार भइरहेको बेमौसमी वर्षाले भित्र्याउने बेलाको धानबालीमा ठुलो असर पारेको उल्लेख छ । किसानले खेतमा सुकाएका तथा काट्न ठिक्क भएका […]

Maize Storage Practices in Hilly Region of Far Western Nepal

Maize (Zea mays L.) is one of the principal staple crops cultivated in the hilly areas of Far Western Nepal, including Baitadi, Dadeldhura, Bajhang, and Darchula districts. The region’s rugged topography and monsoonal climate pose unique challenges for post- harvest storage. Farmers have developed traditional and climate-adapted storage techniques, among which the Thangro system remains […]