समाचार

उखु किसानको बक्यौता दशैँअघि नै भुक्तानी हुन्छ : सचिव मिश्र

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानहरुको बक्यौता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ । बिहीबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले सो कुराको जानकारी दिएका हुन् । सचिव मिश्रले उखु किसानको भुक्तानीलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताए । उनले भने, ‘बर्दिया र […]

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा

ललितपुर।  पशु आहार तथा औषधिको मूल्यवृद्धिका कारण उत्पादन लागत बढेको भन्दै चितवनका दुग्ध किसानहरूले दूधको खरिद मूल्य पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको टोलीले बुधबार काठमाडौं आएर कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र र कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीलाई […]

तीन लाख किसान सूचीकरणमा थपिए

ललितपुर। पछिल्लो समय करिब तीन लाख किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन् । योसँगै हालसम्म देशभर जम्मा २६ लाख ७९ हजार किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका छन् । किसानको वास्तविक पहिचान सुनिश्चित गर्दै कृषि क्षेत्रका कार्यक्रमलाई तथ्याङ्कमा आधारित बनाउन सूचीकरणलाई प्राथमिकतामा राखिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण कार्यालय, […]

मंसिर १ देखि उपत्यकामा मासु जाँच ऐन लागू गरिँदै

ललितपुर। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मंसिर १ गतेदेखि काठमाडौंमा पशु वधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने बताएकी छन् । मन्त्रालयले सोमबार आयोजना गरेको ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५ कार्यान्वयनको अवस्था र अबको कार्ययोजना’ सम्बन्धी उपत्यकाका स्थानीय जनप्रतिनिधिसँगको छलफलमा उनले उपभोक्तालाई स्वस्थ र सुरक्षित मासु उपलब्ध गराउन ऐनको अनिवार्य […]

३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

ललितपुर। कृषि सामग्री कम्पनी लिमिटेड (केएससीएल) ले ३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। कम्पनीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै युरिया ४६–०–० खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो। बोलपत्रमा सबै देशका योग्य आपूर्तिकर्ताले सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ। बोलपत्रअनुसार खरिद गरिने युरिया मल ३० […]

१० हजार मेट्रिक टन धान किन्दै आरजु राइस मिल

काठमाडौं। देशकै सबैभन्दा बढी धान उत्पादन गर्ने मधेश प्रदेशका किसानहरुलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउने उद्देश्यसहित आरजु राइस मिल प्रा.लि. ले मधेश प्रदेश विशेषगरी सर्लाही, रौतहटबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो जातका वर्षे धान खरिद गर्ने योजना अघि सारेको छ । प्रस्तावित खरिदको कुल मूल्य करिब ३९ करोड रुपैयाँ भन्दा बढी […]

फेरि बढ्यो अन्डाको मूल्य

ललितपुर।  बजारमा अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढेको बताएको छ । संघले जारी गरेको तथ्यांक अनुसार सबैभन्दा ठूलो (एक्सएल) अन्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ र ठूलो अन्डाको मूल्य प्रतिपेटी ४ हजार २०० रुपैयाँ तोकिएको छ […]

कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग

हेटौंडा ।  नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले कृषि यान्त्रीकरण तथा प्रविधिको विकास र प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारसँग ११ बुँदे माग राखेको छ । संघका अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार बागमती प्रदेश सरकारका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरलाई भेटेर ज्ञापनपत्र बुझाउँदै कृषि यान्त्रीकरणलाई कृषि क्षेत्रको महत्वपूर्ण लगानीका रूपमा स्थापित […]

रासायनिक मल खरिदका लागि १० अर्बको स्रोत सुनिश्चित

ललितपुर। आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्वतयारी तीव्र पारेको बताएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । मल खरिदका लागि अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबर स्रोत सुनिश्चितता (बजेट सहमति) प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ । […]

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि स्याउ टिप्ने र खाने उत्सव जारी छ। मुस्ताङमा कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ३ देखि १५ गतेसम्म स्याउ टिपेर खाने उत्सव सञ्चालन भएको हो। मुलुकमा रसिला र स्वादिला स्याउ उत्पादन गर्दै आएको हिमालपारिको जिल्ला मुस्ताङमा केन्द्रले स्याउ टिप्ने र खाने मेला आयोजना गरेको […]