समाचार

तीन अर्ब जनसंख्यालाई पुग्ने खाद्यान्न खाल्डोमा

एजेन्सी। एसिया-प्रशान्तीय क्षेत्रमा झण्डै ५० करोड मानिस भोकमरीको पीडामा छन्। जबकि, यहाँ उत्पादित फलफूल, तरकारी र अनाजमध्ये ४२ प्रतिशत खेर फाल्ने गरिएको छ। संयुक्त राष्ट्रसंघीय खाद्य विश्लेषकले खाद्यान्न खेर फालिने हुँदा एसियाली नागरिकमा भोकमरीले थप सताएको बताएका छन्। ‘उत्पादनपछिको फसल संकलन, प्रशोधन, भण्डारण (पोष्ट प्रोडक्सन हार्भेष्ट) मा प्राविधिक त्रुटिले यो क्षेत्रमा धेरै खाद्यान्न खेर जाने गरेको […]

घट्यो अण्डाको मूल्य

चितवन। नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य समायोजन गरेको छ । संघले प्रति क्रेट अण्डामा १० रुपैया मूल्य घटााएको छ । चर्को मूल्यमा अण्डा खरिद गर्दै आएका उपभोक्तालाई केही राहत दिन मूल्य समायोजन गरिएको संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिए । मंगलबारदेखि लागू हुनेगरी ठूलो अण्डाको फार्म मूल्य ३४५ र बिक्री मुल्य ३५० रुपैयाँ […]

भारतीय व्यापारीको बखेडाका कारण नेपाली किसान मारमा

पाँचथर। नेपाली उत्पादन गरेको अदुवा भारतीय व्यापारीले खरिद गर्ने गरेकोमा यस वर्ष भने भारती भारतीय व्यापारीले अदुवा खरिदमा बखेडा झिकेपछि नेपाली किसान चिन्तित बनेका छन् । भारतीय व्यापारीले अदुवाको उत्पादन र भण्डारणमा विषादी प्रयोग भएको भन्दै अदुवा खरिद गर्न मानेछका छैनन् । भारतीय व्यापारीले नेपाली अदुवा खरिद गर्न नमानेपछि अदुवाले अहिलेसम्म उचित मूल्य पाउन सकेको […]

मुहान दर्ता हुन नसक्दा करोडौँको खानेपानी योजना अलपत्र

रोल्पा। रोल्पाको सदरमुकाम लिवाङमा सञ्चालन गरिने भनिएको तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ परियोजना लामो समय बितिसक्दासमेत सञ्चालन हुन नसक्दा उपभोक्ता निरास भएका छन् । एसियाली विकास बंैकको सहयोगमा लिवाङ नगरपालिका–५, ६, ७ र ८ का झन्डै एक हजार चार सय बढी घरधुरीलाई स्वच्छ खानेपानी तथा सरसफाइको सुविधा दिने गरी परियोजना सुरु हुने भनिए पनि […]

न्यूनतम तापक्रम शून्यमा झर्‍यो, जाडो अझै बढ्ने

काठमाडौं। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्यमा झरेको छ । जसका करण शनिबार चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ । उपत्यकामा न्यूनतम तापक्रम घटेकाले यो वर्षकै बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ०.४ डिग्रीसेल्सियस रहेको छ, भने अधिकतम तापक्रम १६ डिग्रीसेल्सियस रहेको छ । अघिल्लो वर्ष पुस […]

उपत्यकाका विभिन्न स्थानमा विषादी परीक्षण सुरु

ललितपुर। किसानले विषादी हालेको तरकारी कालीमाटी बाहेक अरु बजारमा बिक्री गर्न थालेपछि बाली संरक्षण निर्देशनालयले उपत्यकाका अन्य स्थानमा समेत विषादी परीक्षण सुरु गरेको छ । उपत्यकामा तरकारी र फलफूल भित्रने नाकालाई लक्षित गरेर परीक्षण थालिएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले जानकारी दिए । थानकोट, फर्पिङ, बालाजु, जगातीलगायत उपत्यकामा तरकारी भित्रने नाका लक्षित गरेर […]

साना किसान विकास बैंकमा कर्मचारी माग

काठमाडौं ।  साना किसान विकास बैंकले ११ जना कर्मचारी माग गरेको छ । बैंकले उपत्यका भित्र र बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि सात जना सहायक र चार जना अधिकृत माग गरेको हो । आवेदन दिने म्याद माघ २५ गतेसम्म रहेको छ।

तटबन्ध बनाउन ६१ करोड सहयोग

काठमाडौँ।भारत सरकारले कमला, बागमती र लालबकैया नदीमा तटबन्ध निर्माण गर्न रु ६१ करोड ९६ लाख ३० हजार प्रदान गरेको छ । सिँचाइ मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा सिँचाइमन्त्री दीपक गिरीलाई नेपालका लागि भारतका राजदूत रणजित रायले उक्त राशिको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा मन्त्री गिरीले नेपाल भारत सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नदी […]

कृषि विभागले माग्यो १ हजार २२ जना कृषि प्राविधिक

काठमाडौं। सरकारले ल्याएको ‘एक गाउँ विकास समिति एक कृषि प्राविधिक कार्यक्रम’ अन्तर्गत देशका ७३ जिल्लामा १ हजार २२ जनाका लागि आवेदन माग गरेको छ। कृषि विकास मन्त्रालयको कृषि विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै देशका ७३ जिल्लाका जिल्ला कृषि बिकास कार्यलय मातहातमा गाउँ विकास समितिमा काम गर्ने गरी अस्थायी पदका लागि आवेदन माग गरेको हो। […]

एभोकाडोको एउटै बोटबाट ५० हजार आम्दानी

पोखरा। पोखरा उपमहानगरपालिका–१७ विरौटीकी विष्णुमाया शर्माले एभोकाडोको एउटा बोटबाट यस वर्ष ५० हजार आम्दानी गरेकी छन्। नौ वर्षअघि सोखले लगाएको एभोकाडोको बिरुवाले लगाएको पाँच वर्षपछि लगातार फल दिँदैआएको र यस वर्ष आफूले खाएर र इष्टमित्रलाई चखाएर दुई सय केजी फल बिक्री गरेको उनले बताइन्। “उत्पादन भएको फल बिक्री हुँदैन कि भन्नु पर्दैन, घरबाटै प्रतिकेजी  दुई सय […]