काठमाडौं । भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ ।

यसको असर ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपालले आयात गरिरहेको बिजुलीमा पनि पर्ने देखिएको छ । टनकपुरको पश्चिम नेपालको कोहलपुरसम्म आपूर्ति हुँदै आएको थियो ।

टनकपुरबाट बन्द भएपछि प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमार्फत अन्यत्र खपत हुने बिजुली त्यता पठाउँदा उपत्यकालगायत प्रमुख सहरमा लोडसेडिङ हुने सम्भावना बढेको छ ।

भारतको पीटीसीसित नेपाल विद्युत् प्राधिकरणले महाकाली सन्धिअन्तर्गत निःशुल्क पाउने १२ देखि १६ मेगावाटबाहेक थप ३० मेगावाट बिजुली व्यापारिक तवरमा खरिद गर्ने सम्झौता गरेको छ ।

तर, पीटीसीले टनकपुर विन्दुबाट नेपाललाई त्यहाँको श्री सिमेन्ट लिमिटेडबाट उत्पादित बिजुली दिएको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।