नयाँ वर्षको शुभकामना!
नयाँ वर्ष २०७४को उपलक्ष्यमा हाम्रा सम्पूर्ण पाठक, शुभेच्छुक र विज्ञापनदातालाई शुभकामना साथै २०७४ सालको बिहानीको पहिलो किरण संगै नेपाल कृषिबाटै आत्मनिर्भर बनोस सबैमा शुभ कामना ।
नयाँ वर्ष २०७४को उपलक्ष्यमा हाम्रा सम्पूर्ण पाठक, शुभेच्छुक र विज्ञापनदातालाई शुभकामना साथै २०७४ सालको बिहानीको पहिलो किरण संगै नेपाल कृषिबाटै आत्मनिर्भर बनोस सबैमा शुभ कामना ।
काठमाडौं । खाद्यन्नमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारी स्तरबाट गरिएको प्रयास असफल देखिएको छ । सरकारले कृषि विकास मन्त्रालयबाट खाद्यन्नमा नेपाललाई आत्मनिर्भर बनाउने प्रयास गरेपनि त्यो अपर्याप्त रहेको पाइएको हो । हालै मात्र सार्वजनिक गरिएको तथ्यांकमा, नेपालगन्ज भन्सार नाका हुँदै भारतबाट चालू आर्थिक वर्ष ०७३/७४ को आठ महिनाको अवधिमा मात्रै ६ अर्ब ६९ करोड ३५ लाख […]
नवलपरासी। उखु खेतीबाट दिक्क बनेका नवलपरासीका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका छन् । उखु खेती गरेर समयमा रकम र उचित मूल्य पाउनबाट वञ्चित जिल्लाको दक्षिण क्षेत्रका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका हुन् । उखु लगाउन दुई–तीन वर्षपछि उखुको भुक्तानी पाउन बाध्य किसान अहिले नगदे बालीका रुपमा केरा खेतीलाई लिएका हुन् । उखु खेती […]
चितवन । चितवनमा केराखेती फस्टाउँदै गएको छ । गत वर्ष जिल्लामा २०० बिघा बढीमा केराखेती विस्तार भएको हो। चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिघामा केराखेती गरिएकोमा अहिले यो दुई हजार ६२० बिघा पुगेको छ। ‘राज्यले खेतीयोग्य जमिनलाई प्लटिङबाट रोक्नुपर्छ, पन्तले भने– प्लटिङले केराखेती योग्य जमिन घटदै गएको।’ […]
काठमाण्डौ। भान्साका लागि बढी आवश्यक हरियो सागसब्जीको मूल्यमा अचाक्ली वृद्धि भएको छ । एकसाताको अवधिमै हरियो सागसब्जीको मूल्यमा करिब ३० प्रतिशतले भाउ बढिसकेको छ। केही सागसब्जीको मूल्यमा पनि गिरावट आएको छ । कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो समय दैनिकजसो काठमाण्डौबासीको चुुल्हो खर्च महंगिने क्रम बढिरहेको छ । दैनिक उपभोग्य वस्तुुमध्ये अत्यावश्यक […]
काठमाडौं । काठमाडौं उपत्यकामा रहेका सबै पशु बधस्थल उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको बताइएको छ । काठमाडौँ महानगरपालिकाले मङ्गलबार यहाँ आयोजना गरेको पशु बधशाला व्यवस्थापनसम्बन्धी कार्यशालाका सहभागीले उपत्यकामा रहेका सबै पशु बधशाला नियमविपरीत रहेकाले सञ्चालन गर्न रोक लगाइनुपर्नेमा जोड दिए । कामपाका कार्यकारी प्रमूख ईश्वरराज पौडेलले पशु बधस्थलको अनुगमन गरी योग्य र अयोग्य भनी स्टिकर […]
सुनसरी । जिल्ला कृषि विकास कार्यालय सुनसरीबाट चालु आर्थिक वर्ष २०७३।०७४ संचालन भएका अधिकाँश कृषि योजनामा व्यापक अनियमितता भएको रहस्य सार्वजानिक भएको छ । जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झा सहितको भ्रष्ट मानसिकता भएका कर्मचारीहरु विगत लामो समयदेखी कृषि कार्यालयमा सक्रिय रहेको कारण कार्यालयबाट चालु आर्थिकमा संचालन भएका अधिकाँश कृषि योजनाको नाममा व्यापक अनियमितता […]
लिबाङ। हजारौँ युवा बर्सेनि बेरोजगार भएको बहानामा विदेश पलायन भइरहेकै अवस्थामा पाछाबाङ–८, रोल्पाका २६ वर्षीय देवकुमार वलीले भने बरु स्वदेशमै कृषि कर्ममा लाग्ने तर जागिर पाएपनि नखाने बताउछन । “पढ्नु भनेको चरित्र निर्माण गर्नु हो त्यसैले समयले साथ दियो भने स्नात्तकोत्तर पूरा गर्ने रहर छ, तर अब योग्यता सुहाउँदो जागिर पाएपनि खाँदिन, बरु कृषि क्रान्ति […]
चितवन। कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कना अपनाइएको छ । यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै […]
भैरहवा। नेपाल प्राबिधिक बिध्यार्थी संघ पक्लिहवा क्याम्पस का बिध्यार्थीहरुले राष्ट्रिय एग्रो भेट हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएका छन् । कृषि क्षेत्रलाई बैज्ञानिक,व्यवहारीक र जनमूखी वनाई कृषिलाइ गा्रमिण जनजीवनसंग जोडदै दिगो कृषि विकासमा टेवा पु¥याउने उदेश्यले राष्ट्रिय एग्रो भेट हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्न लागीएको आयोजकले जानकारी दिएका छन् । सहभागी सम्पूर्ण समूहलाई प्रमाणपत्र एवम् प्रथम ,द्धितिय,तृतिय […]





