मल खरिदमा अनियमितता ! प्रांगारिक मलको नाममा छुट्टयाइएको २५ करोड रुपैयाँ बाँडीचँडी खाने योजना
काठमाडौं। मुख्य खाद्यान्न बालीमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत फेरि अर्को अनियमितता हुन लागेको छ । परियोजनाले डेढ साताभित्रमा खरिद गरी सोहीअवधिमा वितरण गरिसक्ने भनेर दुई हजार मेट्रिक टन भर्मिक कम्पोस्ट मल खरिद गर्न लागेको छ। परियोजनाले आफैं यो परिमाणमा मल खरिद गर्नुभन्दा कृषि सामग्री कम्पनीलाई खरिदको जिम्मेवारी सुम्पेको छ । […]





