काठमाडौं। पाकिस्तान र भारत बाट चिनी आयात हुन थालेपछि एक महिनामा चिनीको मूल्य १० रुपैंयाले घटेको छ । एक महिनामा ८५ रुपैंया रहेको चिनीको भाउ अहिले खुद्रा मूल्यमानै ७५ रुपैंयामा झरेको छ । भारत र पाकिस्तानबाट सहज रुपमा चिनीको आयात भैरहेकाले चिनीको मूल्य अझै घट्ने व्यावसायीहरुको भनाइ छ ।

उखु क्रसिङको सिजन भएकाले चिनीको मूल्य अझै घट्ने व्यावसायीहरुको बुझाइ छ ।बजारमा चिनीको मूल्य घटेपनि सरकारी स्वामित्वको साल्ट ट्रेडिङले भने मूल्य घटाएको छैन।