समाचार

हाइब्रिड धानमा समस्या

ललितपुर। धेरै उत्पादन लिनका लागि लगाएको हाइब्रिड धानमा विभिन्न समस्या आउँदा किसान हैरान छन् । छिमेकी मुलुकबाट भित्रने हाइब्रिड धानको बीउ यहाँको हावापानी र माटो अनुकूल नहुँदा बर्षेनी फरक–फरक समस्या आउने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कृषि विज्ञान महाशाखाले जनाएको छ । एक वर्ष बोट राम्रो भएर उत्पादन दिएको जात किसानले अर्को वर्ष […]

मूल्यवृद्धिले उपभोक्ता मारमा

काठमाडौं। बजेट भाषणको दुई साता बित्न नपाउँदै व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको भाउ मनपरी ढंगले ह्वात्तै बढाएका छन् । सरकारले बजेट भाषणमा करको दायरा बढाएको बहाना देखाउँदै व्यापारीले बेलगाम ढंगले दैनिक उपभोग्य वस्तुको भाउ बढाएका हुन् । वैज्ञानिक आधार र कारण नै नभइ मनलाग्दी ढंगले दैनिक उपभोग्य सामग्रीमा भाउ बढाएपछि उपभोक्ता भने मारमा परेका छन् । […]

प्रशोधन दूध उद्योगका ४२ ब्रान्डमध्ये ४० मा सोडा

काठमाडौं। उपत्यकाभित्र उपभोग हुने गरेको अधिकांश दूधमा मिसावट रहेको पाइएको छ । सरकारी अनुगमनको क्रममा उपत्यकाभित्र उपभोग हुँदै आएको दूधमध्ये ९५ प्रतिशतमा मिसावट भेटिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकामा उपभोग हुँदै आएको दूधको कुल ४२ वटा नमुना परीक्षण गरेको र त्यसमा ४० वटा नमुनामा कैफियत रहेको पाइएको हो । यो […]

तीन वर्षमा दूधमा आत्मनिर्भर

पोखरा। प्रदेश ४ लाई आगामी तीन वर्षभित्र दूधमा आत्मनिर्भर प्रदेश बनाउने योजना रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जनाएका छन् । उनले भने, ‘आगामी तीन वर्षमा सरकार दूधमा आत्मनिर्भर बन्ने र पाँच वर्षपछि दूध निर्यात गर्ने सरकारको योजना रहेको छ ।’ दूधसँगै मासु र अन्डामा पनि आत्मनिर्भर बन्ने योजना रहेको उनले बताए […]

व्यवसायिक खेती गर्ने किसानलाई हाते ट्याक्टर वितरण

धनकुटा। गोरु जोतेर गरिने परम्परागत कृषिलाई विस्थापित गर्दै व्यावसायिक कृषि प्रणाली सुरु गर्ने उद्देश्यसहित धनकुटा नगरपालिकाले व्यवसायिक खेती गर्ने किसानलाई हाते ट्याक्टर अर्थात मिनी टिलर वितरण गरेको छ । धनकुटा नगरपालिकाले कृषि तथा पशु विकास अनुदान साझेदारी कार्यक्रम अन्तर्गत ७ वटा कृषक समूहलाई एक÷एक वटा हाते ट्याक्टर वितरण गरेको हो । अनुदान कार्यक्रममा नगरपालिकाको ५ […]

एकिकृत नमुना तरकारी बजार परियोजनामा ८ अर्ब रुपैयाँ खर्च गर्दै सरकार

काठमाडौं । सरकारले एकिकृत नमुना बजार परियोजनामा ८ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । सरकारले पहिलो चरणमा २ अर्ब रुपैयाँ खर्चेर प्रदेश नम्बर ५ मा एकिकृत नमुना बजार बनाउन थाल्ने भएको छ । यस्तो परियोजना तत्कालै सुरु गर्न लागिएको कृषि, भुमी तथा सहकारी मन्त्री चक्रपाणी खनालले बताए । उनले प्रदेश नम्बर ५ मा नमुना […]

सहकारीबाट ऋण लिएर ३१ किसान गाईपालन गर्दै

स्याङ्जा। स्याङ्जाको भरकोट नगरपालिकाका विभिन्न स्थानका किसानले व्यावसायिकरुपमा गाई पालन गर्दै आएका छन् । भिरकोट–१ बयरघारीमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारीले संस्थामा आबद्ध शेयर सदस्यलाई गाई पाल्न प्रोत्साहन गर्दै समूहमार्फत रु ४० लाख बिना धितो ऋण उपलब्ध गराएपछि किसान यस पेशाप्रति आकर्षित भएका हुन् । “संस्थामा आबद्ध ३१ जना शेयर सदस्यले जर्सी र होलिस्टिन […]

तरकारी खेतीले फेरिएको मुहार

मकवानपुर। दुई वर्षअघिसम्म मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका नामटारकी चन्द्रकला रुम्बा घरायसी कामबाहेक अशिक्षाले गर्दा अरु कामधन्दा गर्न नजान्ने भएकीले घरमै सीमित हुन्थिन् । छोरीले पढ्न हुँदैन भन्ने सामाजिक अन्धविश्वास र घरको आर्थिक अवस्थाले गर्दा उनको विद्यालय जाने चाहना कहिल्यै पूरा भएन । सानो उमेरमै बिहे भएर अर्काको घरमा गएपछि त मेलापात, घरधन्दा र चुलोचौकामा नै […]

तरकारी फलाउँदै विद्यार्थी

बागलुङ। आर्जेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न यहाँको एक विद्यालयका विद्यार्थी तरकारी खेतीमा लागेका छन् । किताबी पढाइमा सीमित बनेका विद्यार्थीले कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा लिन थालेका हुन् । बागलुङ नगरपालिका–१० स्थित विश्वकर्मा माविले ‘लघु कृषि अभ्यास केन्द्र’ मार्फत विद्यार्थीलाई कृषिमा उत्प्रेरित गरेको हो । पाठ्यक्रमको आधारमा व्यावहारिक शिक्षा दिइएको विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद खनालले […]

गाई पाल्ने किसानलाई भत्ता दिईने

फुङ्लिङ। ताप्लेजुङमा सुत्केरी गाईलाई भत्ता दिईने भएको छ । जिल्लाको सिदिङवा गाउँपालिकामा सुत्केरी गाईलाई भत्ता दिईने व्यावस्था गरिएको गाँउपालिका अध्यक्ष नरबहादुर कडरियाले बताएका छन् । सिदिङवा गाँउपालिका साविक कालीखोला, सादेवा, सुरुमखिम, मेहेले, आङखोप, लिम्वुदिन र साब्लाखु गाविस मिलाएर बनाईएको हो । यो गाँपाललिकालाई दुधमा आत्मानिर्भर बनाउने उदेश्यले यस्तो ब्यबस्था गरिएको अध्यक्ष कडरियाको भनाइ छ । […]