डडेल्धुरा। डडेल्धुरामा पहिलो पटक निकै महंगो मानिने रुख अगरवूडको खेती गर्न शुरुवाति थालिएको छ । १० बर्षमा हुर्कने अगरवूड खेती गराउन यस बर्ष किसानलाई वोटविरुवा वितरण गरिएका छन ।

एक किसानलाई दुई विरवाका दरले यस बर्ष छ सय ४५ किसानलाई विरुवा वितरण गरिएको नेपाल अगरवूड परियोजना सञ्चालन गरेको एसोसियसन अफ एग्रीकल्चर नेपाल डडेल्धुराले जनाएको छ ।

अगरवूड रुख कस्मेटिकका सामाग्री बनाउन प्रयोग गरिन्छ । अगरवूडको पात, चोप, काठ देखि जरा सम्म औषधी, धार्मिक प्रयोग तथा पफर््युम देखि विभिन्न कस्मेटिकका सामन बनाउन प्रयोग गरिने भएकाले यसको मुल्य उच्च रहेको एसोसियसन अफ एग्रीकल्चर नेपाल डडेल्धुरा प्रमुख जयन्द्र सांकीले बताए ।

१० बर्ष पछी यसको बजार पनि आफैले बनाउने गरि किसानलाई पहिलो चरणमा अगरवूड लगायतका अन्य बोट विरुवा पनि वितरण गरिएको उनको भनाई छ । अगरवूडको एक विरुवा लाई पाँच सय बढी पर्ने गरेको उनले बताए ।सात वटै स्थानिय तहमा किसानका समुह बनाई अगरवूड खेती थालिएको हो ।

समुहमा आवद्ध किसान बाट पाँच सयका दरले फाराम शुल्क लिईएको छ भने विरुवाको उपचार तथा हेरचाह भनि अब १५ सय रुपैया संकलन गरिने शाखा प्रमुख सांकीले बताए । छ देखि १० बर्षमा बिक्रि गर्न मिल्ने अगरवूडको एउटै रुख पाँच देखि १० लाख सम्ममा बिक्रि हुन्छ, उनले भने यसको बजारीकरण पनि हामि आफैले गर्ने छौ ।

‘भारतको आसाम क्षेत्रमा अगरको नाम बाट प्रख्यात यो वृक्षको बजारीकरण गर्न कुनै समस्या छैन हामि आफैले यसको बजारको जिम्मा लिन्छौ’ सांकीको भनाई । नेपालको गुल्मि जिल्लामा गरिएको अगरवूड खेती डडेलधुरामा पनि थालिएको हो ।

सामान्य तया समुद्रि सतह देखि १८ सय मिटरको उचाई मध्य पाहाडि क्षेत्रको भिरालो जमिनमा उगरवूड खेती फस्टाउने भएकाले डडेल्धुरामा पनि यो खेती थालिएको उनि बताउछन ।

अगरवूड कम लगानीबाट कम श्रम प्रयोग गरी सजिलै हुर्काउन सकिने र आठ बर्षमा नै किसानले मनग्य आमदानि गर्न सकिने भएकाले यो अति महत्वपुर्ण वृक्ष मानिने एग्रीकल्चरको भनाई छ ।

६५ जिल्लामा शाखा विस्तार गरी एसोसियसन अफ एग्रीकल्चर नेपालले अगरवूड संगै मलेसियन साल तथा किसानले खोजेका आँप, अनार, कागती लगायतका अन्य बोट विरुवाहरु उपलब्ध गराउनुका साथै प्राबिधिक रुपमा सहयोग गर्दै आएको छ ।

पूर्वी भारत देखि जापान, मलेसिया, म्यानमार, ईन्डोनेसिया, कम्बोडिया, थाईल्याण्ड जस्ता देशहरुमा यो विरुवा पाईने एसोसियसन अफ एग्रीकल्चर नेपाल जनाएको छ ।