समाचार

गाई–गोरु मारे तीन वर्ष कैद, पशुलाई कुट्नु पनि अपराध

काठमाडौं। गाई गोरु मारेमा तीनबर्ष सम्म कैद हुने भएको छ । आगामी भदौ १ गते देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ ले धर्म परिवर्तन सम्बन्धी कसुरमा ५ बर्ष जेल हुने व्यबस्था गरेको हो । अपराध संहिताको दफा २८९ मा गाई गोरु मार्न या कुट्न नहुने उल्लेख छ । कसैले गाई वा गोरु मार्ने […]

मकैको साटो तेजपत्ता रोप्दै किसान

सन्धिखर्क। बादरले मकैबाली नष्ट गरेपछि अर्घाखाँचीका किसानले तेजपत्ता लगाउन सुरु गरेका छन् । अर्घाखाँचीका ६ वटै स्थानीय तहका किसानले मकै खेती छाड्दै गएका छन । तेजपत्ताबाट पनि राम्रो आम्दानी हुने भएपछि किसानले विकल्प खोजेका छन् । बाँदर लखेट्न बजेट छुट्याएका स्थानीय तहले यो वर्ष तेजपत्ता रोप्न बजेट बिनियोजन गरेका छन् । गएको वर्ष सन्धिखर्क नगरपालिका […]

च्याउले फेरिएको जीवन

बाँके। बाँके केगाउँका लालबहादुर सुनार ६ वर्ष कुवेतमा बसे । गोब्रे च्याउ र तरकारी खेती गर्ने उनको डिउटी थियो । मासिक ८२ हजारसम्म बुझ्थे । विदेश गएको दुई वर्ष पुग्दै गर्दा घरमा रहेकी श्रीमती अर्कैसँग हिडिन्, दुई वर्षको छोरीलाई माइतीमा छोडेर । श्रीमती त अर्कैसँग गइन्, उनले जादा जादै विदेशबाट पठाएको दुई लाख ८२ हजारसहित […]

गुणस्तरहीन खाद्यवस्तु बजारमा ल्याउने उद्योगलाई कडा कारबाही गर्ने सरकारको चेतावनी

ललितपुर। सरकारले गुणस्तरहीन खाद्य वस्तु बजारमा ल्याउने उद्योगमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ । कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गुणस्तरहीन खाद्य वस्तु बजारमा ल्याउने उद्योगलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो । विभागका महानिर्देशक संजीवकुमार कर्णले बजारमा खाद्य वस्तु गुणस्तरहीन आउन नदिने गरी […]

एउटै गाउँबाट डेढ करोडको काँक्रोको बीउ बिक्री

पर्वत । पर्वत जिल्लाको फलेबास नगरपालिका वडा नं ११ मा पर्छ एउटा सानो गाउँ कर्नास , यहाँका एक सय घर धुरीले एक दशक भन्दा पहिले देखि गाउँमै ‘सुन’ फलाउँदै आएका छन । सुन्दा अचम्म लागेपनि पँहेलपुर पाकेका काक्रोबाट यहाँका कृषकले यस बर्ष मात्रै गाउँमा डेढ करोड रुपैया भित्र्रयाएका छन । भक्तपुर लोकल जातको काक्रोको बीउ […]

वातावरण विनास कसुर जरिवानामा भारी वृद्धि

काठमाडौं। सरकारले वातावरण विनाशको कसुरमा गरिने दण्ड जरिवानालाई भारी मात्रामा वृद्धि गरेको छ। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सबै नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकारलाई सुनिश्चित गर्न भन्दै वातावरणमा प्रतिकुल असर पार्ने कार्य गर्ने व्यक्ति वा संस्थालाई गरिने दण्ड जरिवानामा भारी वृद्धि भएको बताएका छन्। वन तथा वातावरण मन्त्रालयले नयाँ व्यवस्था सहित […]

जसले २० बोटमा फलेको एवोकाडो बिक्रि गरी २ लाख कमाए

धनकुटा। एवोकार्डोको धनकुटामा व्यवसायीक रुपमै खेति सुरु गरिएको छ । घर कम्पाउण्ड र करेसाबारी भीत्र कतैकतै सौखका लागि एकदुई बोट रोपेको देखिने घिउ फल पनि भनिने एबोकाडोमा ब्यबशायीक भबिष्य देखेका किसान यसतर्फ आकर्षित भएका हुन् । धनकुटा तीन कागतेका दामोदर वाग्लेले करेसाबारीमा हुर्किएका २० बोटबाट गत सिजनमा दुईलाख रुपैयाँको एवोकाडो बिक्रि गरे । राम्रो बजार […]

कृषि विश्वविद्यालय नियमित सञ्चालनमा

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ। विश्वविद्यालयले ८ वटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको पठनपाठन बन्द गराएका थिए। विश्वविद्यालयको उक्त निर्णय सरकारले खारेज गरेपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन फिर्ता लिएसँगै पठनपाठन नियमित सञ्चालन भएको हो। विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले प्रशासन र पठनपाठन नियमित सञ्चालनमा आएको बताए। विश्वविद्यालयको […]

प्रदेश दुग्ध विकास बोर्ड स्थापना विधेयक पारित

पोखरा। गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । ‘विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस्’ भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले गर्नुभएको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । यसअघि विधेयक माथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले बोर्डको आवश्यकतालगायत विषयमा आ–आफ्ना धारण […]

गुठीका जग्गाको खोजी

ललितपुर । जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक गुठीका नाममा रहेको जग्गाको खोजी शुरु भएको छ । गुठीका सम्पत्ति कति छ, भन्ने समेत यकिन नभएपछि खोजी शुरु भएको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । गुठीका नाममा धेरै जग्गा भए पनि कतिपय जग्गा दर्ताको प्रक्रियामा छ भने कतिपय कहाँ छ भन्ने पत्तो छैन । […]