समाचार

जग्गा कारोबारीको सम्पत्ति छानबिन हुने

काठमाडौँ। सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला परामर्श शुरु गरेको छ। खेतीयोग्य जमिनलाई भू–माफियाले टुक्रा टुक्रामा विभाजन गर्ने र चर्को मूल्यमा घडेरीका नाममा पल्टिङ गरी बिक्री वितरण गरेका कारण जग्गाको वर्गिकरण गरी जमिनलाई बाँझो रहन र खण्डीकरण हुनबाट रोक्न गोप्य परामर्श गर्नुपरेको अधिकारीहरु […]

हिमाली जिल्लामा खाद्यान्न अभावसँगै मूल्य वृद्धि

सोलुखुम्बु। ढुवानी समस्याका कारण सगरमाथा अञ्चलको तीन जिल्लामा खाद्यन्न तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ। खाद्यन्न र खाना पकाउने ग्यासमा मूल्यवृद्धि भएको छ भने ढुवानीमा अवरोध भएको कारण देखाएर केही व्यापारीले कालाबजारी गर्न थालेको उपभोक्ताको आरोप छ। थुलुङ दूधकोशी गाउँपालिका स्थित लोखीमका सिंहबहादुर तामाङले एक हजार नौ सय रुपैयाँमा किनेको चामलको मूल्य वृद्धि भएर […]

घरको भूँइतलामा पसल राख्न नदिने सरकारको तयारी

काठमाडौं। तपाँईले आफ्नो घरको भूँइतलामा सटर बनाइ पसल थाप्नु भएको छ भने एक पटक सोच्ने बेला आएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले घरको भूँइतलामा पसल राख्न नदिने तयारी गरिरेको छ । मन्त्रालयले तयार पारेको भूमि नीतिको मस्यौदामाथिको छलफलको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रापाणी खनालले अब सरकारले अव्यवस्थित सहरीकरण रोक्ने बताए […]

अहिलेको वर्षे पानीमा राजस्थानको बालुवा र धुलो

काठमाडौं। राजधानी काठमाडौं उपत्यका सहित देशैभर पानीसँगै लेदो माटो खसेको छ । शुक्रबार राति परेको पानीसँगै लेदो माटो खसेको हो । काठमाडौंका घरका छतहरुमा लेदो माटो भेटिएको छ भने बिराटनगर, झापा, दाङ, बिरगञ्ज, नेपालगञ्ज, पोखरा लगायतका ठाउँमा पानीसँगै लेदो माटो खसेको जल तथा मौसम विज्ञान विभागका मौसम विद सुवास रिमालले जानकारी दिए । राजस्थानको मरुभूमीमा […]

दुई वर्षमै तरकारी खेतीबाट चन्द्रकला बनिन् लखपति

मकवानपुर। दुई वर्षअघिसम्म मकवानपुरको भीमफेदी गाउँपालिका नामटारकी चन्द्रकला रुम्बा घरायसी कामबाहेक अरु केही गर्दैन थिइन्। छोरीले पढ्न हुँदैन भन्ने सामाजिक अन्धविश्वास र घरको आर्थिक अवस्थाले गर्दा उनको विद्यालय जाने चाहना कहिल्यै पूरा भएन। सानो उमेरमै बिहे भएर अर्काको घरमा गएपछि त मेलापात, घरधन्दा र चुलोचौकामा नै आधा जीवन बित्यो। आफ्नो पर्याप्त जग्गा नभएकाले अर्काको जग्गा […]

नापीका भ्रष्ट कर्मचारीको सूची तयार हुँदै

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले नापी कार्यालयमा सुधारको प्रयास गरिएको दाबी गरेका छन्। भूमि नीति तर्जुमाका लागि सरोकारवालासँग काठमाडौंमा भएको परामर्श गोष्ठीमा बोल्दै मन्त्री खनालले मालपोत र नापी कार्यालयमा बिचौलियासँग घाँटी जोड्ने भ्रष्ट कर्मचारीको गोप्य सूची तयार गरिरहेको बताए। ‘अब गलत गतिविधि गर्ने कसैले पनि उन्मुक्ति पाउँदैन, सरकारले कानुनी दायरामा ल्याएर […]

मापदण्ड नभएको डेरीलाई कारबाही शुरु

काठमाडौं। मापदण्ड अनुरुप दूध उत्पादन नगरेका डेरी उद्योगहरुलाई सरकारले प्रचलित खाद्य ऐन अनुसार कानूनी कारवाहीको प्रक्रिया अगाडी बढाएको छ । सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालको नेतृत्वमा राजधानीमा गरिएको अनुगमनमा २५ दूध प्रशोधन उद्योगका ४२ ब्राण्डका दूधका नमुना संकलन गरी केन्द्रीय खाद्य प्रयोगशाला परीक्षण गरिएको थियो । परिक्षणको क्रममा १७ नमूनामा चिल्लो […]

आज सातै प्रदेशले बजेट ल्याउँदै,कृषि र पर्यटन प्राथमिकता

ललितपुर। देशका सात वटै प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि आज बजेट सार्वजनिक गर्दै छन्। सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले दिउँसो प्रदेशसभा बैठकमा बजेट पेस गर्ने छन्। असार १ गतेभित्र आगामी वर्षको अनुमानित बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले सोही अनुरुप आज सात वटै प्रदेशमा बजेट प्रस्तुत हुन लागेको हो। केन्द्र सरकाले यही […]

उपभोग्य वस्तुको मूल्यसूची अनिवार्य राख्न खुद्रा व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्य अनिवार्य रुपमा सूचीबद्ध गरी बिक्रीस्थलमा राख्न खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ। विभागका महानिर्देशक योगेन्द्र गौचनले बजेट जारी भएपछि व्यवसायीले विभिन्न वस्तुमा आफूखुसी मूल्य वृद्धि तथा वस्तुको कृत्रिम अभाव गरेको उजुरी आएको भन्दै मूल्यसूची अनिवार्य राख्न निर्देशन दिएको जानकारी दिए। ुव्यापारीले मूल्यसूचीका साथै बिल बिजक जारी […]

‘थोपा सिँचाइ’ प्रणालीबाट केराखेती

कञ्चनपुर।  कञ्चनपुरमा नयाँ प्रविधि ‘थोपा सिँचाइ’ प्रणालीबाट केराखेती सुरु गरिएको छ । केरा उत्पादन तथा प्रवद्र्धन कृषि सहकारी संस्थाले जमिन भाडामा लिएर नयाँ प्रविधिबाट केराखेती सुरु गरेको हो । भीमदत्त नगरपालिका–३ नौलाखेतमा ५ बिघा जमिन भाडामा लिएर नयाँ प्रविधिबाट इजरायली ‘जी–९’ जातको केराखेती सुरु गर्न लागेको केरा उत्पादन तथा प्रवद्र्धन कृषि सहकारी संस्था कञ्चनपुरका अध्यक्ष पूर्णसिंह साउदले […]