समाचार

दिसा गरेको सूचना दिनेलाई २ सय ५० रुपैयाँ पुरस्कार !

वीरगञ्ज। छिपहर माई गाउँपालिका वडा नम्बर ५ ले वडा सरसफाइसम्बन्धी १३ बुँदे आचारसंहिता जारी गर्दै खुला ठाउँमा दिसा गरेको सूचना दिने व्यक्तिलाई २ सय ५० रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । सो आचारसंहिताको बुँदा नम्बर ४ मा कुनै व्यक्तिले खुला ठाउँमा दिसा गरेको पाइएमा ५ सय रुपैयाँ जरिवाना गरिने र सूचना दिने व्यक्तिलाई सो […]

जमिनको वर्गिकरण गछौँ : मन्त्री खनाल

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले केही समयपछि जमिनको वर्गिकरण योजना लागू गरिने बताउनुभएको छ । नेपाल कृषि पत्रकार प्रतिष्ठान ९जोना० र राष्ट्रिय कृषि समूह महासंघले मंगलबार संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै मन्त्री खनालले खेतीयोग्य, व्यावसायिक र आवास गरी तीन भागमा जग्गाको वर्गिकरण गरी लालपूर्जा वितरण गरिने बताउनुभयो । […]

मनसुन पूर्णसक्रिय हुन ‘अझै केही दिन लाग्ने’

काठमाडौं। नेपालमा मनसुन प्रवेशको घोषणा गरेको पाँच दिन बितिसक्दा पनि अझै मनसुन पूर्णरुपमा सक्रिय भएको छैन । जल तथा मौसम विज्ञान विभागले यही जेठ २५ गते (जुन ८, २०१८ मा) नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो । अहिले पूर्व र मध्यका केही क्षेत्रमा सक्रिय भएको मनसुन पश्चिमसम्म फैलन अझै केही दिन लाग्ने मौसमविद् वरुण […]

चिनी उद्योगले किसानको पचास करोड दिएनन्

नवलपरासी। पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब ५० करोड भुक्तानी पाएका छैनन्। जिल्लाका तीनवटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्ने भुक्तानी पाउन बाँकी छ । उखु उत्पादन कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार चिनी उद्योगले हालसम्म करीब २५ करोड भुक्तानी गरेका छन्। पश्चिम नवलपरासीका किसानले भुक्तानी नपाए पूर्व–पश्चिम राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् । […]

बर्डफ्लु नियन्त्रणपछि कुखुरा तथा अण्डाको मूल्य बढ्न थाल्यो

चितवन। जिल्लामा कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रणमा आएसँगै कुखुराजन्य पदार्थको मूल्य बढ्न थालेको छ। कुखुराजन्य क्षेत्रमा देशभरमा गरिएको लगानीको झण्डै आधा लगानी भएको यहाँको तीन ठाउँका फर्मका कुखुरा र हाँसमा बर्डफ्लु प्रमाणित भएको थियो। पछिल्लोपटक जेठ ११ गते नारायणगढको तरकारी बजारमा बर्डफ्लु भएका कुखुरा र हाँस नष्ट गरिएको थियो । देवनगरको एक रेष्टुरेन्टमा पालिएका हाँस र […]

साउनेवासीको आम्दानीको मुख्य स्रोत केरा

उदयपुर। त्रियुगा नगरपालिका–१५ साउनेका बासिन्दाको आम्दानीको मुख्य स्रोत केरा खेती बन्न पुगेको छ । व्यावसायिक रुपमा केरा खेती गर्दै आएका साउनेवासी पारिवारिक समृद्धितर्फ अगाडि बढ्न थालेका छन् । उक्त गाउँमा करीब पँैतीस घरपरिवारको बसोबास रहेको छ । “हाम्रो आयआर्जनको मूल स्रोत नै केरा खेती हो,” स्थानीयवासी मोहन केपीछाकी मगर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भिरालो पाखोबारी […]

प्रदेश नम्बर ७ को नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं। कृषि, पर्यटन, जलस्रोत र जडिबुटी तथा उपलब्ध स्रोत साधनको उचित व्यवस्थापन र परिचालन गरी विकास र समृद्धिको मार्गचित्र कोर्ने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख मोहनराज मल्लले स्थानीय स्रोत साधनको अधिकतम उपयोगबाट समाजवाद उन्मुख अर्थतन्त्रको स्थापनाको लक्ष्य राखिएको बताउनुभयो। सुदृढ अर्थतन्त्र निर्माणका लागि सार्वजनिक, निजी, सहकारी तथा […]

अलैंचीको मूल्य निर्धारण

लमजुङ । अलैंची नर्सरी बिरुवा रोप्ने सिजन सुरु भएपछि लमजुङमा बिरुवाको मूल्य निर्धारण गरिएको छ । नेपाल अलैंची व्यवसायी महासंघ लमजुङ शाखा, अलैंची नर्सरी धनी, अलैंची कृषकहरू, अलैंची व्यवसायीहरूबीच बसेको बैठकले अलैंची नर्सरी बिरुवाको मूल्य निर्धारण गरेको हो । यस वर्ष सबै जातका अलैंची नर्सरी बिरुवाको मूल्यबराबर गरेको नेपाल अलैंची व्यवसायी महासंघ लमजुङ, शाखाका अध्यक्ष अजय […]

मन्त्रीले गरे डेरी उद्योगको निरीक्षण,४ गोदाममा सिलबन्दी

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने कुनै पनि डेरी उद्योगलाई सरकारले नछाड्ने चेतावनी दिएको छ । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको आधुनिक डेरी प्रोडक्ट उत्पादन केन्द्र र डिडिसी उत्पादन केन्द्रमा निरीक्षण गर्दै मन्त्री खनालले केही डेरी उद्योगले जनस्वास्थ्यमाथि खेलबाड गरेको बताए । डेरी उद्योगको निरीक्षणका क्रममा उद्योगभित्र फोहोर मैला […]

ताजा तरकारी भन्दा बासी तरकारीमा बिषादीको मात्रा कम

ललितपुर। ताजा हरियो तरकारीको माग मात्र होइन, मूल्य पनि बढी हुन्छ । जति महँगो परे पनि ताजा नै किन्ने र तत्काल पकाइहाल्ने आम उपभोक्ताको बानी छ । तर, त्यस्ता ताजा र चिल्लो देखिएका तरकारीमा विषादीको मात्रा उच्च हुने विज्ञहरू बताउँछन् । उच्च विषादीयुक्त तरकारी तत्काल पकाएर खाँदा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने तथा दीर्घकालमा क्यान्सरसमेत निम्त्याउन सक्ने चिकित्सकको भनाइ […]