समाचार

लौ है जग्गाको न्यूनतम मूल्य तोकियो, तपाइको जग्गा कति रुपैयाँको भयो ?

ललितपुर। देशका विभिन्न २० मालपोत कार्यालयले जिल्लामा रहेका जमिनको न्यूनतम मूल्याङ्कन तोकेको छ । मालपोत कार्यलयले गरेको मूल्याङ्कन गत वर्षको भन्दा बढेको मालपोत कार्यलयले जनाएको छ । अर्घाखाँची : अर्घाखाँची मालपोत कार्यालयले जग्गाको न्यूनतम मूल्याङ्कन सार्वजनिक गरेको छ । प्रति वर्गफिट ६ सय रुपैयाँदेखि २४ हजार रुपैयाँसम्म न्यूनतम मूल्याङ्कन तोकिएको छ । सिन्धुखर्कमा ६ सय […]

जग्गा सम्बन्धि जानकारी एउटै एपमा

ललितपुर। सरकारले भूमिसम्बन्धि सम्पूर्ण जानकारी दिने मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’  नामको एप्स प्रयोगमा ल्याएको हो । यस एपलाई नक्सा नामक कम्पनीले डेभलप गरेको हो । एप्समा मन्त्रालयका भूमिसम्बन्धि सेवाहरुको सम्पूर्ण जानकारी उपलब्ध हुने छ । भूमिसम्बन्धि कानुनसमेत एप्समा समेटिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव […]

किसानद्वारा दूध बाँडेर विरोध

चितवन। दूधको मूल्य समायोजनको माग गर्दै दुग्ध किसानले आज दूध बाँडेर प्रदर्शन गरेका छन्। दूधको अतिरिक्त मूल्य घटाएको विरोधमा यसअघि सडकमा दूध पोखेर आन्दोलन गर्दै आएका किसानले रत्ननगरस्थित पूर्व–पश्चिम राजमार्गको बकुलहर चोकमा दूध बाँडेर विरोध प्रदर्शन गरेका हुन् । दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोपमा उनीहरु गएको शुक्रबारदेखि आन्दोलनमा थिए । […]

प्रदेश ७ मा कमजोर मनसुनले धानबाली सुक्न थाले

धनगढी। यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो । रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न थालेको स्थानीय किसान जंगवीर चौधरीले बताउनुभयो । “बोरिङबाट पानी […]

मूल्य घटाएको विरोधमा दूध पोखेर प्रदर्शन

चितवन। दूधको मूल्य घटाएको विरोधमा चितवन राप्ती नगरपालिकाका किसानले सडकमा दूध पोखेर प्रदर्शन गरेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको भण्डारा बजारमा उनीहरुले सडकमा दूध पोखेर विरोध जनाएका हुन् । दुग्ध विकास संस्था (डिडिसी) र डेरी उद्योगले प्रतिलिटर करीब रु तीन दूधको मूल्य घटाएको किसानको आरोप छ । राप्ती नगरपालिकाको दुग्ध उत्पादक सहकारी संस्था नगर […]

पर्याप्त वर्षा नहुँदा सप्तरीका किसान समस्यामा

सप्तरी। पर्याप्त वर्षा नहुँदा सप्तरीका किसानलाई अहिले धान रोपाइँका लागि समस्या भएको छ । समस्या समाधानका लागि सिंचाइ व्यवस्थापन गर्न यतिखेर नहरमा पानी छाडिएको छ । असार १५ गतेबाट धान रोपाइँ शुरु भए पनि आकासेपानी नपरेपछि जिल्लामा उत्साहजनक रुपमा धान रोपाइँ हुनसकेको थिएन । रोपाइँ भएका धान पनि सुक्न थालेपछि अहिले सिँचाइका लागि नहरमा पानी […]

मुलकभर ७२.५ प्रतिशत धान रोपाई सम्पन्न

काठमाडौं। मुलकभर ७२.५ प्रतिशत धान रोपाई भएको छ। बिहीबारसम्ममा मुलुकभर उक्त परिमाणमा धान रोपाई भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रलयले जनाएको छ। मुलुकभर १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म ११ लाख १८ हजार ६२६ हेक्टर क्षेत्रफलमा धान रोपाई भइसकिएको छ। रोपाई भएको मध्ये सबैभन्दा बढी नेपालको उच्च पहाडमा […]

आन्दोलनले खानेपानीको हाहाकार

भक्तपुर। चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा उत्पादन हुने जार तथा बोतलका खानेपानीमा कर लगाएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएपछि भक्तपुरमा खानेपानीको हाहाकार भएको छ । नेपाल बोतल वाटर उद्योग संघ क्षेत्रीय समिति भक्तपुरले जार र बोतलको पानीमा पटके कर लगाएको भन्दै विरोध गर्दै पानी उत्पादन र वितरण बन्द गरेपछि खानेपानीको हाहाकार भएको हो । चाँगुनारायण नगरपालिकाले पानीको […]

च्याउ किसानको अनुदान रकम अन्यत्र लगाइएको आरोप

इटहरी। मोरङ जिल्लाको बूढीगंगगा गाउँपालिका क्षेत्रका व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकम व्यापक अनियमितता र विषयान्तर गरेर भ्रष्टाचार गरिएको आरोप लगाएका छन् । व्यावसायिक च्याउखेती गर्दै आएका किसानले शुक्रबार पत्रकार सम्मेलन गरी परियोजनाअन्तर्गत किसानको हितमा आएको रकम गाउँपालिकाले दुरुपयोग गरी किसानप्रति उपेक्षित नीति लिएको आरोप लगाए । किसानको हितका लागि निकासा […]

खोटो बेचेर लाखौँ आम्दानी

बागलुङ। बहुउपयोगी सल्लाको खोटो बेचेर यहाँका सामुदायिक वनका उपभोक्ता समूहरूले लाखौँ आम्दानी गर्दै आएका छन्। वर्षेनि खोटो संकलन र निर्यात गर्दै आएका बुर्तिबाङको टाकुरा, सल्लेरीपानी, सल्लेरी र माडे सावउसका वन उपभोक्ता समूहले गत आवमा संकलित छ हजार १७५ केजी खोटोबाट सात लाख ६७ हजार ९३४ आम्दानी गरेका हुन्। खोटोबाट ९९ हजार ८३४ राजश्व र स्थानीय […]