समाचार

११ प्रकारका जमिनलाई ४ मा झारिँदै

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खालको नीति ल्याउने अन्तिम तयारी भैरहेको बताएका छन् । शनिबार राजधानीमा आयोजीत एक कार्यक्रममा उनले भने,‘सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खाले नीति ल्याउने अन्तिम तयारीमा छौं । खेतियोग्य जग्गामा भएको खण्डीकरण रोक्ने र सुरक्षित बसोवासको […]

कालीमाटी तरकारी बजारमा खुलेआम लुट, सटर भाडा मात्रै तीन लाख

काठमाडौं।  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको सिण्डीकेट तोड्ने घोषणा गरेका छन् । कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेपछि पत्रकारसँग बोल्दै मन्त्री खनालले कालिमाटीभित्र बजार र स्टल (पसल) कब्जा गरेर मापदण्ड विपरित काम गरिरहेकालाई कारवाही गरिने बताए । ‘बजार र स्टल कब्जा गर्ने, एउटा स्टलको […]

जंगली च्याउ खाँदा तीनजना सिकिस्त

पाँचथर। जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका तीनजना सिकिस्त बिरामी परेका छन् । बिरामी पर्नेमा ६२ वर्षीय बिर्खबहादुर खजुम, उनका छोरा ४४ वर्षीय भवानी खजुम, उनकी श्रीमती ४० वर्षीया राजकुमारी खजुम रहेका छन् । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि अहिले धरान सिफारिस गरी पठाएको जिल्ला प्रहरी […]

बजारमा भित्रियो साङ्लोको दुध !

एजेन्सी। बजारमा अब साङ्लोको दुध पनि भित्रिएको छ । यसलाई अनुसन्धानकर्ताले ‘सुपरफुड’ को सूचीमा समावेश गरेका छन् । साङ्लाले आफ्नो भ्रुणलाई ख्वाउनका लागि जुन ‘मिल्क क्रिस्टल’ उत्पादन गर्छन् त्यसमा अत्यधिक पौष्टिक तत्व पाइने अनुसन्धानकर्ताको दाबी छ । डेरी प्रोडक्टको एलर्जी हुनेहरुका लागि यो राम्रो विकल्प हुनसक्ने इन्डिपेन्ड डट को डट युकेले बताएको छ । इन्स्टिच्युट […]

१८ औं अन्तर्राष्ट्रिय दूध दिवस मनाइयो

ललितपुर। १८ औं विश्व दूध दिवस विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइएको छ । दुग्ध क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले दुग्ध विकास बोर्डको संयोजकत्वमा ‘पालौं पशु कमाऔं धन, शुद्ध दूध स्वस्थ जीवन’ भन्ने नाराका साथ दिवस मनाईएको हो। नेपालमा भने यो दिवस मनाउन थालिएको आठौं वर्ष हो । संयुक्त राष्ट्र संघ कृषि तथा खाद्य संगठन एफएओको संयोजकत्वमा […]

खाद्य वस्तुको भाउ बढ्ने

काठमाडौं। सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने बताइरहँदा दैनिक उपभोग्य वस्तुको भाउ बढ्ने भएको छ । आर्थिक वर्ष ०७५/६५को बजेटमा खाद्य वस्तुको आयातमा लाग्ने करको दायरा बढाए पछि व्यापारीले दाल, चामल र खाने तेलको भाउ बढाउने तयारी गरेका छन्। मुलुक खाद्य वस्तुमा आत्मनिर्भर नभएको अवस्थामा सरकारले ल्याएको बजेटमा तोरी, दाल तथा गेडागुडीमा लगाउँदै आएको भन्सार महसुल बढाएपछि […]

अलैंची नीति घोषणा गर्न माग

पोखरा।  व्यवसायीले राष्ट्रिय अलैंचीनीति ल्याउन सरकारसँग माग गरेका छन्। नेपालको प्रमुुख निकासीजन्य नगदेबालीका रूपमा रहेको अलैंचीको निर्यात सहजताका लागि नीतिको माग गरेका हुुन्। अलैंची व्यवसायी महासंघको पोखरामा सम्पन्न पाँचौं साधारणसभाले नीति बनाउन माग गरेको हो। सरकारले अलैंचीनीति ल्याउने तयारी थालेको वर्षौं बिते पनि नीति बनाउन नसक्दा कृषक र व्यावसायी दुुवै मारमा परेको महासंघका अध्यक्ष निर्मल […]

उखु किसानलाई उत्पादनको आधारमा अनुदान

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि, भूमि व्यवस्था तथा सहकारी क्षेत्रका लागि ४० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले आगामाी आर्थिक वर्ष २०७५-७६ को बजेट ४० अर्ब १४ करोड ५ रुपैयाँ विनियोजन गरेको हो । बजेटमा अर्थमन्त्री युवराज खतिवडाले कृषिलाई गरिबी निवारण, बेरोजगारी अन्त्य र खाद्य सुरक्षाको आधारका रूपमा […]

चामल तेल दाल उद्योग संघद्धारा सरकारलाई च्यालेन्ज

काठमाडौं। नेपाल चामल तेल दाल उद्योग संघले एक प्रेस बिज्ञप्ती जारी गदै सरकारद्धारा भर्खरै ल्याएको बजेट माथी टिप्पणी गर्दै सरकारलाई सजग तुल्याएको छ । सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटमा आर्थिक समृद्धिलाई जोड दिई स्वदेशी उद्योगको संरक्षण गर्ने भन्दै दैनिक उपभोग्य खाद्य बस्तुहरु चामल, तेल र दालसँग आबद्ध शत प्रतिशत कृषीमा आधारित स्वदेशी उद्योगमा […]

पाँच वर्षभित्र खेतीयोग्य जमीनमा बाह्रै महिना सिँचाइ सुविधा

काठमाडौँ। सरकारले खेतीयोग्य जमीनमा आगामी पाँच वर्षभित्र सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ ।त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा करीब रु ११ अर्ब बजेट विनियोजन गरेको छ । निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गर्ने र थप आयोजनासमेत अगाडि बढाउने लक्ष्यका साथ सरकारले बजेट विनियोजन गरेको हो । सरकारले विशेषगरी राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन, रानी जमरा, […]